काठमाडौं । दराज नेपालले ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचरसहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधिभर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्यास सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्यास सेल सेक्सन नियमित हेर्न ग्राहकहरूलाई विशेष अनुरोध गरेको छ । साथै, बेस्ट प्राइस ट्यागसहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यदी कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारितभन्दा सस्तो मूल्यमा फेला पार्छन् भने सम्बन्धित सर्तहरू पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने जनाएको छ ।
कम्पनीका अनुसार ५.५ को अर्को विशेष पक्ष भनेको ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँ खर्च गरी चुनिएका बिक्रेताहरुबाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधापनि प्राप्त गर्न सक्नेछन् । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सकिने कम्पनीले जनाएको छ ।
यस अभियानमार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।