Page 13

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
आइतबारको बैठकमा संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको थियो।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरे।
त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ टेबुल भयो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२, ०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरे।
आजको बैठकमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनु पर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका थिए।
अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।

‘ग्लोबल आइएमई समुन्न योजना–२’ असार २२ गतेदेखि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘ग्लोबल आइएमई समुन्न योजना–२’ असार २२ गतेदेखि बिक्रीमा आउने भएको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गतको यो योजनाको आकार १ अर्ब २० करोड रूपियाँको छ । जसअनुसार प्रतिइकाइ १० अंकित दरका १२ करोड इकाइ निष्कासन हुनेछ ।
जसमध्ये १८ लाख इकाइ योजना व्यवस्थापक ग्लोबल आइएमई बैंकलाई र कोष प्रवर्द्धक ग्लोबल आइएमई क्यापिटललाई १ करोड ६२ लाख इकाइ सुरक्षित गरिनेछ ।
यसरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउनेछन् ।
बन्दमुखी यस योजनाको कुल निष्कासनमध्ये बिक्री अवधिभर न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री हुनुपर्नेछ । बिक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ ।​
इकाइ निष्कासन बन्द छिटोमा असार २५ र ढिलोमा साउन ४ गते बन्द हुनेछ ।

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल स्थित उक्त होटलमा छुट दिने सम्झौता भएको हो ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन ।
सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेल को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा कर्मचारी सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१औँ वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरेको छ।
बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकताका साथ २० वर्षसम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पुर्‍याए बापत ३६ जना कर्मचारीलाई सम्मान गरेको हो।
विभिन्न शाखासहित केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरूलाई काठमाडौं बोलाएर एक कार्यक्रमका बीच बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य तथा सीईओले सम्मान गरेका हुन्।
कार्यक्रममा संचालक समिति सदस्य, बैंकका उच्च पदस्थ अधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, काठमाण्डौं उपत्यकाका शाखा प्रबन्धक लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
साथै उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लबमार्फत बैकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य सहित गठन गरिएको बैंकले जनाएको छ।
जेठ महीनाभरी बैंकले ३१औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न गरेको छ।

सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण पर्दैछ ग्राहकको रोजाइमा

काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चितता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरुबाट आर्थिक सुरक्षा र निश्चितता भएर रहनको लागि जीवन बीमा महत्वपूर्ण छनौट हुन सक्छ ।
नेपाली बजारमा ग्राहकको आवश्यकतालाई मध्यजनर गरेर विभिन्न बीमा कम्पनीहरूले नयाँनयाँ योजनाहरू ल्याएका छन् । सानिमा रिलायन्स लाइफले पनि बजारमा विभिन्न बीमा योजनाहरू सञ्चालन गरिरहेको छ । तीमध्येको एक हो ‘सानिमा रिलायन्स दम्पती जीवन बीमा’ योजना ।
यसकारण लोकप्रिय ‘दम्पती जीवन बीमा’ योजना
यो जीवन बीमा योजना नेपाली सामाजिक संरचनासँग मेल खान्छ । हाम्रो समाजमा दम्पती मिलेर जीवन चलाउने, घर बनाउने, छोराछोरी हुर्काउने, पढाउने र भविष्य बनाउने परम्परा छ । त्यसैले ऋण, पारिवारिक खर्चजस्ता संयुक्त दायित्व भएका दम्पतीको लागि यो बीमा योजना निकै नै महत्वपूर्ण रहेको छ । यो बीमा योजनाले दुईमध्ये कुनै एकजना वा दुवैलाई केही भएको खण्डमा उनीहरूलाई आर्थिक रूपमा सुरक्षित राख्ने कुराको सुनिश्चिता गर्दछ ।
एक आपसमा आर्थिक उत्तरदायित्व बहन गर्ने, एक अर्का र आश्रित को सुरक्षा गर्न चाहने विवाहित दम्पतीहरूको लागि यो बीमालेख उपयुक्त छनोट हुन सक्ने छ । यो योजनाले दम्पतीको जोखिम बहन गर्नुका साथै सम्बन्ध प्रगाढ बनाई भविष्यको लागि बचत गर्नसमेत मद्दत गर्दछ ।
योजनाको प्रमुख विशेषता
यो योजना खरिद गर्ने बीमितले विभिन्न सुविधा पाउनेछन् । यो बीमालेख अन्र्तगत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण गरी चार सुविधा पाउने छ ।
उदाहरणको लागि ३२ वर्षकी लक्ष्मी र उनका ३५ वर्षको श्रीमान हरि कुबेर दम्पतीले २५ लाखको बीमा दम्पती जीवन बीमा योजना खरिद गरेका छन् । कुबेर दम्पतीले खरिद गरेको पोलिसी अवधि २१ वर्षको रहेको छ । उनीहरूले प्रत्येक वर्ष एक लाख ६५ हजार २ सय ५० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।
परिपक्ताको हकमा
अब बीमालेख परिपक्कताको हकमा कुनै एक वा दुवै जना बीमित जीवित रहेमा बीमा अवधिको समाप्तिमा बीमांक रकम र आर्जित बोनस एक मुष्ठ भुक्तानी हुनेछ ।
पूर्ण स्थायी अशक्तता
बीमा अवधिभित्र बीमाालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एक वा दुवै पूर्ण स्थायी अशक्तता भएमा बीमा शुल्क भुक्तानीमा पूर्ण छुट रहेको छ । साथै बीमालेखमा उल्लेखित सर्तअनुसारको पूर्ण स्थायी अशक्तता सुविधा प्रदान हुनेछ ।
दुर्घटनाका कारण कुनै एक बीमितको पूर्ण स्थायी अशक्ततापछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बीमितको पनि पूर्ण स्थायी अशक्तता भएको अवस्थामा बीमितको पूर्ण स्थायी अशक्तता सुविधा बीमितलाई भुक्तान गरिने छ ।
दुर्घटना मृत्यु
बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एकजनाको मृत्यु भएमा दुई गुणा सम्म बिमांक जीवत बीमितलाई एकमुष्ट प्रदान गर्नेछ । बीमालेख अन्र्तगतको बाँकी प्रिमिय शुल्कमा छुटसमेत रहेको छ । बीमा समाप्तिमा पुनः बीमांक र आर्जित बोनस एकमुष्ठ भुक्तानी हुनेछ ।
दुर्घटनाका कारण कुनै एक बीमितको मृत्युपछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बीमितको पनि मृत्यु भएको अवस्थामा बीमितको दुर्घटना सुविधा नजिकको कानुनी हकवालालाई भुक्तान गरिने छ ।
प्राकृतिक मृत्यु
बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितको प्राकृतिक मृत्यु भएमा पहिलो मृत्युबापत बिमांक र दोस्रो मृत्युबापत बिमांक र आर्जित बोनस एकमुष्ट पाउनेछन् ।
घातक रोग सुविधा बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितलाई घातक रोग अन्र्तगत १८ मध्ये कुनै एक घातक रोग लागेको अवस्थामा र चिकित्सकीय रूपमा प्रमाणित भएको अवस्थामा एक जना वा दुवैलाई उपचारको लागि जनही २५ लाख रुपैयाँ भुक्तानी हुने छ ।
बीमा योजना खरिद गर्नको लागि योग्यता
यो बीमा योजना न्यूनतम २१ वर्ष पूरा भएका र अधिकतम ५० वर्ष उमेर समूहका दम्पतीले खरिद गर्न सक्नेछन् । यो योजनामा श्रीमान, श्रीमतीको उमेरअन्तर ७ वर्षसम्मको मात्रै मान्य हुने छ । बीमा योजनाको अवधि न्यूनतम १५ वर्षदेखि अधिकतम ३० वर्षसम्मको रहेको छ । यो बीमा योजना अन्र्तगत बीमितले आफ्नो आर्थिक हैसियत अनुसार खरिद गर्न सक्नेछन् ।बीमितले न्यूनतम ५० हजारदेखि अधिकतम जति पनि रकमको बीमालेख खरिद गर्न सक्नेछन् ।
प्रिमियम भुक्तानी गर्ने तरिका
यो योजना खरिद गर्ने बीमितलाई प्रिमियम रकम भुक्तानी गर्ने तरिका लचिलो छ । बीमतले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
जुनबेला पनि खरिद गर्न सकिने
जीवनमा अप्ठ्यारो स्थिति जुनसुकै बेलामा पर्न सक्ने हुनाले दम्पतीले यो पोलिसी होस् या जुनसुकै पोलिसी खरिद गर्नको लागि कुनै विशेष समय कुनुपर्ने आवश्यता छैन । बीमितले जतिबेला पनि खरिद गर्न सकिने छ । दम्पती जीवन बीमाको हकमा
दम्पती जीवन बीमा विवाह गर्नेबितिकै गर्नु उचित हुन्छ । एउटै बीमालेखमा श्रीमान्श्री, मतीको बचत तथा जोखिम बहन हुने भएकाले ढिलाइ नगरी यो बीमा खरिद गरियो भने निकै फाइदाजक हुन्छ ।
यदि प्रत्येक एकल पुरुष र महिलाले जस्तै जीवन बीमाको महत्व सबै श्रीमान् र श्रीमतीहरूले बुझ्ने हो भने दम्पती जीवन बीमा योजना सबै विवाहित दम्पतीहरूको पहिलो रोजाइ पर्न जान्छ ।
सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बीमालेखहरू प्रदान गर्दैै आइरहेको छ । कम्पनीले नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरू पस्कन सफल र सक्षम रहेको छ । आर्थिक रूपमा सुदृढ, सम्पन्न साथै कम्पनीको वित्तिय अवस्था सबल रहेको छ।

आज देशैभरि वर्षा हुने

काठमाण्डौं । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाकोअनुरोध छ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

काठमाण्डौं । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२—८३ को बजेट आइतबार ल्याउँदै छन् ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले आर्थिक वर्ष २०८२–८३को आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत सम्बन्धित प्रदेशसभामा प्रस्तुत गर्दैछन् ।
केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१, ८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१, ८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।
यसैगरी लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१, ८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो ।
बाग्मती प्रदेशले ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१, ८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।
यस्तै, मधेश प्रदेशले आर्थिक वर्ष २०८२, ०८३ का लागि करिब ४५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।आर्थिक वर्ष २०८१–८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।
कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।

बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

बागलुङ । शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइते भएकी ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्तालमा सामान्य उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने सोही वडाकी ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।
दुर्घटनामा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर घाइते घाइते छन् ।
घाइतेहरुलाई मणिपाल अस्पताल पोखरा र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको उनले जानकारी दिए । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो भने गाडीमा १६ जना सवार थिए ।

इजरायल र इरानलाई तनाव रोकेर शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् ।
‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् ।
युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको जनाएकी छन् ।
उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्‍याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ। तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’
उर्सुला भोन डर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेकी छन्।
शुक्रबार इसराइलले इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि इरानले जवाफमा इसराइलतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसयता दुवै देशबीचको तनाव तीव्र बन्दै गएको छ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...