महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा कर्मचारी सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१औँ वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरेको छ।
बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकताका साथ २० वर्षसम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पुर्‍याए बापत ३६ जना कर्मचारीलाई सम्मान गरेको हो।
विभिन्न शाखासहित केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरूलाई काठमाडौं बोलाएर एक कार्यक्रमका बीच बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य तथा सीईओले सम्मान गरेका हुन्।
कार्यक्रममा संचालक समिति सदस्य, बैंकका उच्च पदस्थ अधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, काठमाण्डौं उपत्यकाका शाखा प्रबन्धक लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
साथै उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लबमार्फत बैकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य सहित गठन गरिएको बैंकले जनाएको छ।
जेठ महीनाभरी बैंकले ३१औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न गरेको छ।

LEAVE A REPLY