काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार तल झरेसँगै कारोबार रकम पनि ५ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२२ अंकले घटेको हो । ०.३३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७५७.९७ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि आज निर्जीवन बीमा समूह ०.१४ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भए ।
आज ३१९ कम्पनीका १ करोड ६८ लाख ५५ हजार ९ सय ६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड १ लाख ४ हजार ८ सय १६.५५ रुपियाँ बराबरको कारोबार भएको छ ।
हिजो जस्तै आज पनि विकास हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाए ।
त्यस्तै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६५ प्रतिशतले नाफा कमाएका छन् ।
आज हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ९ लाख ५० हजार ३ सय १.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार २७.१४ अंकले घट्दा ७ अर्ब ७३ करोड ५१ लख १९ हजार ९४.६३ रुपियाँ, सोमबार ९.१६ अंकले बढ्दा अर्ब १७ करोड ९८ लाख ५५ हजार २ सय ९.५२ रुपियाँ, मंगलबार ६.५१ अंकले बजार बढ्दा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपियाँ र हिजो बुधबार ९.७० अंकले बजार घट्दा ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८ सय ६८.०२ रुपियाँ बराबरको कारोबार भएको थियो ।