Page 17

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२, ०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्नुहुने कार्यसूची छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

नेपाल लाओससँग पराजित

काठमाडौं । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा लाओससँग पराजित भएको छ ।
आज लाओसको न्यु लाओस स्टेडियममा भएको खेलमा नेपाल २, १ गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल खाएको हो ।
नेपालले दोस्रो हाफमा एक गोल मात्रै फर्काउन सक्यो ।

सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन् ।
न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो ।

सर्वोच्चद्वारा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग

काठमाण्डौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग लिखित जवाफ मागेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने आदेश गरेको छ ।
अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि इजलासले गरेको छ । २०७८ सालको बजेटमा खानीजन्य वस्तुको निकासी खोल्ने व्यवस्था सर्वोच्चले खारेज गरिदिएको थियो । विगतमा खारेज भएको त्यहीँ प्रावधान आगामी आर्थिक वर्षको बजेटमा राखिएपछि त्रिपाठीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई विपक्षी बनाएर अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
त्रिपाठीले अहिलेको व्यवस्था विगतमा अदालतले गरेको परमादेशको खिलाफमा रहेको भन्दै अवहेलना मुद्दा दायर गरेका छन् । उनले २४ घण्टाभित्र प्रधानमन्त्री र अर्थमन्त्रीलाई अदालतमा उपस्थित गराएर बयान लिन र बजेटको बुँदा कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।
रिटमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानासहित भविष्यमा सार्वजनिक पद धारणका निम्ति अयोग्य घोषित गर्न पनि माग गरिएको छ ।

आईओई र डब्ल्यूटीओसँग बहुपक्षिय व्यापार प्रणाली र साना अर्थतन्त्रको बजार पहुँचबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहँुचका विषयमा अन्तरराष्ट्रिय संस्थाहरुसंग छलफल गरेका छन् । स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आईओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेसँग भएको छुट्टाछुट्टै भेटवार्ताका क्रममा अध्यक्ष ढकालले यस्तो जनाएका हुन् ।
उक्त भेटका क्रममा उनले नेपाल भित्र भएका लगानीका सभावना र दुवै संस्थाहरुसंगको सहकार्य तथा नेपालको अपेक्षाका बारेमा आफ्ना धारणा राखे ।
आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा उनले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे ।
अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान प्रदान गर्न सक्ने विचार व्यक्त गरे ।
उनले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधि जस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँगको आग्रह समेत गरे ।
‘नेपालमा लगानीका पर्याप्त सम्भावना छन् । भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरूबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु’ उनले भने ।
अध्यक्ष ढकालले आईओई र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनले आईओईसँगको सहकार्यले नेपाली रोजगारदाताहरुलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गरे ।
सो अवसरमा बोल्दै आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आईओईको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तराष्ट्रिय स्तरका निर्वाह गरेको भूमिका र सहकार्यको प्रसंशा समेत गरे । उनले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आईओई सधैं तयार रहेको जनाए।
यसैगरी सम्मेलनको क्रममा महासंघका अध्यक्ष ढकालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेसँग भेट गर्दै नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे अवगत गराए ।
सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटा मुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरे। तर, उनले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध समेत गरे ।

हिमालयन बैंकको गौंडा शाखा दूधपोखरीमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका वडा नं. ५, जोर्ने लमजुङबाट सोमबारदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको छ ।
शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।
हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पीओएस टर्मिनल्स र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ ।
यहीँ जेठ २१ गते बुधबार देखि जेठ २४ गते शनिबार (चार दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंकहरु तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गर्भनर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका हुन् ।
उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंक लि।का अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंक लिमिटेडका विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ।सि।एफ।सि।फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भए ।

अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुँदै

काठमाडौं । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो ।
महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार आज बिहान ८ बजे बन्दसत्रको बैठक सुरु गरेर निर्वाचन प्रक्रिया अघि बढाइनेछ । अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।
यसैगरी, यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारीसहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।
अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने भएका छन् ।

लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन् ः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने जनाएका छन् । लोकतन्त्रमा शक्तिका श्रोत जनता हुने कुरा बिर्सन नहुने उनको धारणा छ ।
लोकतन्त्रमा जनताको हित गर्नु राज्यको दायित्व र कर्तव्य भएको महासचिव पोखरेलले प्रष्ट पारेका छन् । लोकतान्त्रिक व्यवस्थामा जनता शक्ति श्रोत हुन् भन्ने कुरा बिर्सिएर जनताको हित विपरीत चिन्तन र व्यवहार गर्न नहुने जनाए । यदि त्यस्तो चिन्तन र व्यवहार गरियो भने त्यो अलोकतान्त्रिक हुने उनको धारणा छ ।
‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, जनताको हित नै राज्यको कर्तव्य हो, त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक हुन्’, सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन् ।

आइसिसी विश्वकप लिग–२ मा नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् ।
खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको थियो ।
हालसम्म सिरिजमा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबार भने २ रनको हार व्यहोरेको थियो । यता नेदरल्याण्ड्स भने सिरिजमा जितविहीन छ ।
लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...