Page 20

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज (आईतबार) पनि छलफलका लागि बैठक बोलाएका हुन् ।
बैठक मध्यान्ह १२ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानबाट पछि हटेर उच्चस्तरीय न्यायिक समिति वा संसदीय समिति गठन हुनेबारे सत्ता पक्षले सदनलाई जानकारी दिए संसद्को अवरोध हटाउने जनाएका छन् । यद्यपि विपक्षीको अडान यथावत् रहेका परियारले जनाए । भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद् लगातार अवरोध हुँदै आएको छ ।

माधव नेपालसहितका नेतामाथिको मुद्दा नियमित प्रक्रिया हो ः सञ्चारमन्त्री

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन पारित गरिने स्पष्ट पारेका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित गरिने जनाएका हुन ।
राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित केही नेतामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दा नियमित प्रकृयाअनुसार भएको मन्त्री गुरुङको भनाइ छ ।
गृहमन्त्री रमेश लेखकविरुद्ध विपक्षीले उठाएको राजीनामाको मागप्रति असहमति जनाउँदै मन्त्री गुरुङले राजनीतिक प्रतिसोधस्वरूप यस्तो माग गरिएको टिप्पणी गरे ।

प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आएको प्रचण्डको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँधेको आरोप लगाएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको जनाए ।
मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गरेको र अदालतले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गरे । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको उनको भनाइ छ । कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने जनाए ।
ूमाधवजीको विषयमा स्वयं उहाँ नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ । अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिटै सफाइ पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु । तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ,ू उनले भने ।
उनले नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानबिनको दायराभित्र आउने जनाए ।

आज पनि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएको गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर संसद बन्धक बनेको छ ।
विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिनै पर्ने र सत्तापक्षले दिनुनपर्ने अडान कायमै राख्दा संसद बन्धक बनेको हो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति माग गरिरहेका छन् ।

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी किन्दा १.७५ लाखसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकले नान्सी अटोमोबाइल्स प्राइभेट लिमिटेडबाट सुजुकी गाडी किन्दा छुट पाउने भएका छन्।
बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नान्सी अटोमाबाइल्सका प्रबन्ध निर्देश मधुकर शाहले एक सम्झौतामा हस्ताक्षर गरेर यो छु्ट सुविधा लागू गरेका हुन्।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र यस बैंकमा खाता भएका ग्राहकले सुजुकी गाडीको अधिकृत बिक्रेता नान्सी अटोमोबाइल्सबाट गाडी किन्दा छुट पाउनेछन्।
यसरी सुजुकी ब्राण्डका विभिन्न मोडेलका गाडी किन्दा कम्पनीले आफ्नो तर्फबाट दिने छुटबाहेक अतिरिक्त ३० हजार रूपैयाँदेखि १ लाख ७५ हजारसम्म छुट पाउनेछन्।

आइएमई लाइफका इन्स्योेन्स र इला होटल एन्ड रिर्सोटबीच संझौता

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो ।
सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।
इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट, बाग्लुङ स्थित इला कम्फर्ट र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटि एण्ड होटल अन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटिहरु रहेका छन ।
उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्समा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्स प्रालि, कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट, क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (त्तच् क्अबल) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए।टि।एम। संजालहरु संचालनमा रहेका छन् ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापी वृहत् बृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा १,००० कागतीका विरुवा रोपण गरेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय नागरिक लगायत बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो ।
त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको हो ।
बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक बन) लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २,०८६ विरुवा रोपण सुरु गरेको छ।
बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा स्थानीय महानुभावहरुको उल्लासमय उपस्थिति रहेको थियो ।
बैंकले बृक्षारोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक बन, विद्यायल, अस्पताल परिसरहरु तथा सार्वजनिक स्थानहरु छनौट गरेको छ ।
उक्त बृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

अमेरिकाले नेपालीलाई दिंदै आएको टीपीएस खारेज

काठमाण्डौं । अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ ।
अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकाल्दै सो अनुमति खारेज गरेको हो ।
मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न पनि भनेको छ ।
नेपालीको लागि टीपीएस हैसियत सूचना प्रकाशित भएको ६० दिनपछि अर्थात् २०२५ मा अगस्ट ५ राति ११ ः ५९ बजे समाप्त हुने छ ।
अमेरिकी मन्त्रालयको सूचना अनुसार टीपीएस सुविधामा अमेरिकामा बसिरहेका नेपालीले अबको दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने हुन्छ । चार वर्षअघि सन् २०२१ को अन्त्यसम्ममा १४ हजार पाँच सय ५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए ।

 

फ्रान्स माथि स्पेनको सानदार जित

काठमाडौं । स्पेन यूइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ । गएराति जर्मनीको एमएचपी एरिनमा दोस्रो सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले पराजित गर्दै स्पेन फाइनल पुगेको हो । स्पेन अब उपाधिका लागि पोर्चुगलसँग भिड्ने छ । फाइनल आइतबार हुने छ । फ्रान्स र जर्मनीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
१७ वर्षीय फरवार्ड लामिन यमलले स्पेनका लागि २ गोल गरे । निको विलियम्सले २२औं र मिकेल मेरिनोकाले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० ले शुरूआती अग्रता दिएका थिए । ५४ औं मिनेटमा यमलले पेनाल्टीमा गोल गरे । ५५औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल गरेपछि ५९औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए ।
तर, यमलले ६७औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको चौथो गोल गोल गरेपछि खेल लगभग सकिएजस्तो देखिएको थियो । तर, फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्यूमा एमबाप्पेको पास समातेर शानदार गोल गरे ।
स्पेनी डिफेन्डर डानी भिभियनले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बनेको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले खेललाई ५–४ को रोमाञ्चक अवस्थामा पुर्‍याए । तर फ्रान्सले बराबरी गोल गर्न नसकेपछि स्पेन फाइनलमा पुगेको हो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...