Page 7

आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने ओलीको दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी (२०८४) सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।
‘पार्टीमा एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो। एकताबद्ध भएर अघि बढ्दा २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन’, बैठकमा ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले देखेकै हो सुनेकै हो केपी ओली बिनाको एमाले, एमाले विनाको नेपाल बनाउँछौ भनेकै थिए तर अहिले पनि सरकारको नेतृत्व गरेका छौ। १३ महिना भइसक्यो सरकारको नेतृत्व गरेको।’

जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ।
यसैक्रममा, कंचनपुर पुनर्बास नगरपालिका–९ बस्ने नैनसरा सार्कीले छोराको जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यालय आइबिआरडिबाट ६ लाख बीमाङ्कको शुलभ जीवन बीमा पोलिसि खरिद गरेकी हुन् ।
छोराको जन्मदिनको उत्सव पारेर छोराको सुरुक्षित भबिष्य लागि छोरालाई सरप्राइज गिफ्ट प्रदान आमाले छोराको भविष्य सुरुक्षित सँग–सँगै बचतका लागि भन्दै उनले उक्त बीमा लिएकी हुन् ।
उक्त बीमालेख कम्पनी आइबिआरडी शाखा प्रमुख शंकर जैशी र सिनियर एजेन्सी म्यानेजर लक्ष्मी भाट क्षेत्रीले संयुक्त रुपमा आमा नैनसरा सार्कीलाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए ।

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीनदिन म्याद थप

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीन दिन म्याद थप गरिएको छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई आजै टोखाबाट पक्राउ गरेको थियो ।
ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगत्तै उनीविरुद्ध ३ दिन म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए ।

एनआईसी एशिया बैंक र एएसजी आई केयरबीच संझौता

काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच यस बैंकका ग्राहक महानुभावहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरुले सर्जरीमा १५ प्रतिशत वा बढीमा १० हजार रुपियाँसम्म, माइनर इन्भेस्टिगेशन, अप्टिकल–लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहक महानुभावहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्ने छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

शेयर बजारमा २१.७६ अंकको सुधार, १६ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । हिजो झिनो सुधार देखिएको बजार आज बढेर २९ सय अंक नजिक पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.७६ अंकले बढेको हो । ०.७६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८९२.७२ अंकमा उक्लिएको हो ।
बजार उचालिएसँग आज सबै समूहमा हरियाली छाएको छ ।
आज ३११ कम्पनकिा ३ करोड ५६ लाख ४९ हजार २ सय ११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लख १५ हजार २ सय ३८.९९ रुपियाँ बराबरको कारोबार भएको हो ।
थ्री स्टार हाइड्रो, ट्रेड टावर, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९८, ९.९८ र ९.४० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७५ करोड ६६ लाख ४६ हजार ३ सय ७.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ०.३२ अंकले बढ्दा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १ सय ३३.०२ रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।

भदौ ३१ मा प्रधानमन्त्री ओली नयाँ दिल्ली जाने

काठमाण्डौं । भारतको निमन्त्रणामा २ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते नयाँ दिल्ली जाने भएका छन् । नयाँ सरकार बनेको १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भदौ ३१ गते नयाँ दिल्ली गएर भोलिपल्टै स्वदेश फर्किने गरी कार्यक्रम तय भएको छ ।
‘प्रधानमन्त्रीबाट भारतको औपचारिक भ्रमण हुने तय भएको छ, केही दिनमा औपचारिक घोषणा हुन्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
भ्रमणको क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
पछिल्लो पटक प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच गत अप्रिल ४ मा थाइल्याण्डको राजधानी बैंककमा बिमस्टेक समिटका क्रममा साइडलाइन भेट भएको थियो । त्यसअघि गत सेप्टेम्बर २३ मा अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको थियो ।
२०८१ असार ३१ गते कांग्रेस–एमालेबीच नयाँ गठबन्धन सरकार बनेको लामो समयसम्म नेपालका प्रधानमन्त्रीबाट भारतको भ्रमण हुन सकेको थिएन ।

भेटवार्ता सकाएर निस्किए प्रधानमन्त्री ओली र भण्डारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सकिएको छ ।
ओली र भण्डारीबीच एमालेको मुख्यालय च्यासलमा भेटवार्ता भएको हो । भेटपछि दुवैजना खुशी मुद्रामा कार्यालयबाट बाहिरिएका छन् । भण्डारीले एमालेको राजनीतिमा पुनरागमन गरेपछि ओली र भण्डारीबीच टकराब सुरू भएको भनिएतापनि आजको भेटले यसलाई चिर्दैै सकारात्मक वार्ता भएको संकेत गरेको छ ।
च्यासलबाट निस्किँदै गर्दा पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक विषयमा मात्रै कुराकानी भएको जानकारी दिइन् । भण्डारीले भनिन्,’राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउँछ ।’
अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उन्हिरूबीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग पुग्ने ठानिएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले शनिबारको पोलिटब्यूरो बैठकमा दिएको जानकारी बमोजिम पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको र यो सकारात्मक रहेको पत्रकारहरूलाई जनाए । एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि हुने भएकाले पनि त्यसको अघिल्लो दिन भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । अहिराज यौन दुर्व्यवहार कसुरमा आइतबार पक्राउ परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार अहिराजमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशन लगायतका संचार उद्दममा जोडिएका थिए ।
तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ ।
आइक्यानले आर्थिक वर्ष २०२३.२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२, २३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थिए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माननीय महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट’ योजना

काठमाडौं । जलवायु परिवर्तन र जोखिम न्यूनिकरणका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ कार्यक्रम अन्तर्गतको ‘ग्रीन फाइनान्सिङ्’ लाई कार्यन्वयनका लागि भन्दै बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहक माझ ल्याएको छ ।
जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने उद्देश्य सहित नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो । उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ‘ग्रीन फाइनान्सिङ्’ का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना ग्राहक माझ ल्याएको हो ।
उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्याउन पुग्दछन् । त्यसका लागि बेष्ट फाइनान्सले हरेक ग्राहकका तर्फबाट एक वटा बिरुवा रोपिदिने व्यवस्था मिलाएको छ ।
स्थानीय निकायहरुसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने तथा उक्त बिरुवा रोपेर हुर्र्काउने र ५ बर्ष पछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी समेत गरेको छ ।
उक्त साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौं) को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका वडा नं. १ स्थित बेष्ट फाइनान्स र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नं. १ गोदामचौंर स्थित खाली जग्गामा पाच सय थान बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।
उक्त बृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नंं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डां रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा कर्मचारीहरु, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायत लायन्सका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।
उक्त बृक्षारोपण कार्यक्रमलाई लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढी क्लबहरुले ऐक्यबद्धता जनाएका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...