काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । हिजो झिनो सुधार देखिएको बजार आज बढेर २९ सय अंक नजिक पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.७६ अंकले बढेको हो । ०.७६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८९२.७२ अंकमा उक्लिएको हो ।
बजार उचालिएसँग आज सबै समूहमा हरियाली छाएको छ ।
आज ३११ कम्पनकिा ३ करोड ५६ लाख ४९ हजार २ सय ११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लख १५ हजार २ सय ३८.९९ रुपियाँ बराबरको कारोबार भएको हो ।
थ्री स्टार हाइड्रो, ट्रेड टावर, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९८, ९.९८ र ९.४० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७५ करोड ६६ लाख ४६ हजार ३ सय ७.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ०.३२ अंकले बढ्दा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १ सय ३३.०२ रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।