Page 15

सानिमा रिलायन्स लाइफको ‘ब्राभो एनुअल कन्केभ २०८२’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘ब्राभो एनुअल कन्केभ २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागितामा पोखराको पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका सञ्चालक, उच्च तहका व्यवस्थापकसहित देशभरीका ब्रान्च म्यानेजरको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने जनाए । आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन हाम्रो परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे । उनले ब्रान्च म्यानेजरको कार्यसम्पादनको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनीको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने जनाए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे ।
गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन तथा लक्ष्य हासिल गरेका विभिन्न शाखा कार्यालयहरुलाई सम्मान गरिएको छ । तिनदिनसम्म सञ्चालन भएको कार्यक्रममा ब्रान्च म्यानेजरहरुले विभिन्न अवार्डहरु हासिल गर्नुका साथै हौसला समेत पाएका छन् ।
कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डे, सिनियर डेपुटी सीईओ राकेश पोखरेल, डेपुटी सीईओ निराजन कडेल, चिफ बिजनेश अफिसर गुणराज श्रेष्ठ, सूर्यप्रसाद गुप्ता लगायत उत्कृष्ट ब्रान्च म्यानेजरहरुको सहभागिता रहेको थियो ।

 

एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै एनआईसी एशिया बैंकका ग्राहकहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ।
२५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गरिनेछ। यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ।
‘एनआई ३१ योजना’ले पूजिंबजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ।
यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।

यू–२० महिला एसियन कप छनोट खेलमा नेपाल र भुटान भिड्दै

काठमाण्डौं । नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्न लागेको छ ।
भुटानको थिम्पुमा बुधबारदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ए सुरु हुँदै छ। समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली भुटानविरूद्धको खेलबाट सुरू गर्दैछ
खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ। प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको जनाए।
यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन्। उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो। सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।
३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ।
दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो।

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
बुधबार बिहान १० बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल गरिने कार्यसूची रहेको छ ।
यस्तै, बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल गरिँदैछ ।
यसैगरी, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिने कार्यसूची रहेको छ ।
आज दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।

 

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
अन्तरराष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

भारतको उत्तरकाशीमा बाढी, करिब ५० सर्वसाधारण र १० सैनिक बेपत्ता

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार दिउँसो बाढी आउँदा करिब ५० सर्वसाधारण र १० सैनिक बेपत्ता भएका छन् ।
भारतीय सेनाको क्याम्पभन्दा करिब ४ किलोमिटर टाढा धराली गाउँमा बाढी आएको हो । उद्धारकर्मीका अनुसार चार जनाको मृत्यु भएको छ भने करिब ५० सर्वसाधारण बेपत्ता छन् ।
बाढी आउँदा धरालीमा स्थानीयवासी र पर्यटक गरी करिब दुई सय जना रहेको जनाइएको छ । स्थानीयले बजारदेखि लिएर धरालीका अधिकांश घरमा क्षति भएको जनाएका छन् ।
बाढीले सेनाको क्याम्पमा समेत क्षति पुगेको जनाइएको छ । हर्षिलस्थित नदी छेउमा बनाइएको हेलिप्याडमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

बागमतीका नवनियुक्त मुख्यमन्त्रीसहित ८ मन्त्रीद्वारा शपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँसहित कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङलाई शपथ गराएका छन् ।
अधिकारी विना विभागीय र तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनेका छन् ।
मंगलबार एमालेका ६ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । एमालेका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बागमती सरकारमा १४ मन्त्रालय रहेको एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ७ मन्त्री रहेका छन् ।

प्रधानमन्त्री र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्षबीच भेटवार्ता

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरुको भेटवार्तामा दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको हो ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

सूर्यज्योति लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा नगरकोटमा रहेको होटल माइस्टिक माउण्टेनमा साउन १८–१९ गतेसहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कम्पनी सञ्चालक समिती केशव भट्टराईले अभिकर्ताहरुको क्षमता र उनीको उत्कृष्ट कार्यसम्पादनको उच्च कदरको लागि कम्पनी सधै अग्रसर रहेको जनाए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र– अभिकर्ताहरूले आफ्नो टिम विस्तार गर्नु, कर्मचारीहरूले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बीमितहरूका लागि दरिलो विश्वास दिलाएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने जनाए ।
बीमितहरूको सहजताका लागि नयाँ–नयाँ प्रविधिमैत्री सेवा विस्तार गर्दै लगेको र यसैअन्तर्गतको ‘मोबाइल एप’ अभिकर्ता र बीमितहरूका लागि एकदमै उपयोगी भएको उनले जनाए ।
आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कारोबार गर्न सफल भएका अभिकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । गत आवमा उत्कृष्ट व्यवसाय गरी यो पटकसहित लगातार आठौ पटकसम्म सबैभन्दा बढी व्यवसाय गर्न सफल बुटवल पाल्पा शाखाका कमल प्रसाद घिमिरे तथा दोस्रो स्थानमा रहेका नेपालगंज शाखाका गौरब कुमार शाही र बनेपा शाखाका दिपक सापकोटासहित देशभरीका सर्वोत्कृष्ट एजेन्सीको सहगागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष केशव भट्राई, प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री, चिफ बिजनेश अफिसर फर्सुराम मरासीनी, उत्कृष्ट अभिकर्ता लगायत कम्पनीका उच्च व्यवस्थापक समुहका कर्मचारीको सहभागिता रहेको थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...