हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँसहित कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङलाई शपथ गराएका छन् ।
अधिकारी विना विभागीय र तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनेका छन् ।
मंगलबार एमालेका ६ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । एमालेका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बागमती सरकारमा १४ मन्त्रालय रहेको एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ७ मन्त्री रहेका छन् ।