Page 2

कार दुर्घटनामा चिकित्सकको मृत्यु

काठमाण्डौं । चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. विप्लब भट्टको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका डा. भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

 

पूर्वराष्ट्रपति विद्यादेबी भण्डारीलाई ५१ किलोको माला

बारा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बाराको सिमरामा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थल आइपुगेकी भण्डारीलाई ५१ किलोको मालाले स्वागत गरिएको हो ।
पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा (एमाले) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
भण्डारीले विमानस्थलको बाहिरसम्म लामबद्ध भएर बसेका नेता कार्यकर्ता र स्थानीयसँग भेट गरेकी थिइन् ।

 

उखु किसानद्वारा भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्दको घोषणा

काठमाडौं । आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्।
शनिवार उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागी थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारबाट अनिश्चितकालिन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ।’

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार देशका पहाडी भू भागका केही स्थानहरू र बाँकी तराई भू भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।
सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानुअघि त्यसबारेमा प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् ।
प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजेदेखि सरुु हुनेछ ।
आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, आज सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, व्यवस्थापन कार्य अन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने तथा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

५ प्रदेशको अधिकांश स्थानमा भारी वर्षा हुने

काठमाण्डौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी, राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।

डडेल्धुरामा जिप दुुर्घटना हुँदा ४ जनाको मृत्यु

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको परिचय खुलेको छैन।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ।

ऋषिपञ्चमी व्रत कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीक हो ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले ऋषिपञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको जनाए ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी । हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ । मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना ।’

सुशासन समितिको सभापतिमा न्यौपाने सर्वसम्मत निर्वाचित

काठमाण्डौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा समितिकी सदस्य ईश्वरी देवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन् ।
बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्रनाथ सुक्लाले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम ४ बमोजिम सदस्य ईश्वरी देवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम ४ बमोजिम सदस्य ईश्वरी देवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
समितिका निवर्तमान सभापति रामहरि खतिवडाले ईश्वरी देवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
खतिवडाले भने, ‘समितिका माननीय सदस्य श्री ईश्वरी देवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु ।’
समिति सदस्य कृष्ण गोपाल श्रेष्ठले प्रस्तावको समर्थन गरेका छन् । उनले भने, ‘ईश्वरी देवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको समर्थन गर्दछु ।’
यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी उनले राजीनामा दिएर सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएकी थिइन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...