Page 5

सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।
उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप थियो । विशेष अदालतको आदेशका कारण मात्रै उनी थुनामुक्त हुन पाउने छैनन् किनभने यसअघिका अरु भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउन आदेश भएको छ ।

प्रधानमन्त्री हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जाने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जाने तय भएको छ ।
भदौ १४ गते (अगस्त ३०) चीन भ्रमणमा जान लागेका ओली काठमाण्डौंबाट सोझै तियानजिन शहर जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
चीनमा प्रधानमन्त्री ओलीले संघाइ अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । शिखर सम्मेलन अगस्त ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा हुँदैछ ।
नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदारको रूपमा रहँदै आएको छ । एससीओको शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक उच्चस्तरको सहभागिता हुन लागेको छ ।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र सचिव अमृत बहादुर राई, चीन महाशाखा हेर्ने सहसचिव भृगु ढुंगाना, चिफ अफ प्रोटोकल सहसचिव कुमार खरेल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, सुरक्षाकर्मी रहने स्रोतले जनाएको छ । चीन भ्रमणमा सानो टीम जाने तय भएको जनाइएको छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध, पूर्वाधार विकास र क्षेत्रीय सहकार्यका विषयमा उच्चस्तरीय वार्ता गर्ने सम्भावना छ ।
यसअघि प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीनको ४ दिने औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा २ देशबीच महत्वपूर्ण सम्झौता पनि भएको थियो ।

संविधान घोषणाको दशकलाई विशेष रुपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

काठमाडौं । नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।
नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवसथासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको दस वर्ष पुगेकाले यस वर्षको दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले आगामी असोज २, ३ र ४ गते नेपलाभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी त्रिदिवसीयरुपमा दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्री र राज्यमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ ।
दिवसका क्रममा असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा सर्वसाधारणसमेतको उपस्थितिमा मूल समारोह हुनेछ भने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु प्रस्ताव गरिएको छ । यस्तै दिवसको अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस (नेशनल डे कन्सर्ट) आयोजना, जनस्तरका झाँकीहरु प्रदर्शनी आदि कार्यक्रम प्रस्ताव गरिएको छ ।
दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहित पक्षहरुमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणा दस वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेषरुपमा मनाउन आग्रह गर्दै संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तिकरण, समावेशीताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने जनाएका छन् । उनले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिकरुपमा जनतालाई संविधानको उपलब्धि र महत्वसँग एकाकार गराउन आग्रह गरे ।

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कुस्मा नगरपालिका वडा नं १० पर्वतका धुर्वराज रेग्मीको ग्यास लिक भएर भएको दुर्घटनामा मृत्यु भएपछि बीमितको परिवारलाई बीमा दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले कृषि बीमा निर्देशिका अनुसार मृत्तककी पत्नी तिला शर्मा रेग्मीलाइ दुई लाख बराबरको चेक औपचारिक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । दाबी भक्तानी कार्यक्रमका प्रमुख अतिथी कुस्मा नगरपालिका–१० का वडा अध्यक्ष रामचन्द्र सुवेदी तथा राजनैतिक दलका प्रतिनिधी, कुस्मा नगरपालिका पशुसेवा शाखाकाका अधिकृत छैटौ राजेन्द्र सुवेदी, वडा सचिव नारायण लामिछाने, कम्पनीका पर्वत शाखा अन्डर्राटिङ सन्जीव पौडेल, पशु प्रााबिधिक गणेश पौडेल र स्थानिय सरोेकार निकायको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष सुवेदीले बीमा दावी रकमले तत्कालको लागि राहत पुगेको जनाए । साथै वडा बासिलाइ बीमामा सहभागी हुन आग्रह गर्दै दिवङ्गत प्रती श्रद्धाञ्जली अर्पण गर्दै चेक हस्तान्तरण गरेक थिए ।
कार्यक्रमको सन्चालन यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाले गरेका छन् । उनले सन्क्षिप्त मन्तब्य दिदै भने, ‘बीमा केवल बित्तिय कारेवार मात्र नभइ जीवनलाइ सुरक्षीत गर्ने ,जोखीम कम गर्ने र संकटको घडिमा परिवारलाइ आधार दिने सुरक्षा कवज हो।’
कम्पनीले यस अघिपनि निर्जीवन बीमा अन्तर्गत मोटर बीमा दाबी, पशु बीमा दाबी, सम्पति बीमा दाबी समयमै भुक्तानी गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि छिटो, सहज र पारदर्शी तरिकाले दावी भुक्तानी गर्ने प्रतिवद्दता गरेको छ ।

राष्ट्रिय वाणिज्य बैँकद्वारा कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक, घर किन्न ५ करोडसम्म दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ ।
बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने उल्लेख छ ।
यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ ।
बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले जनाए ।

हिमालयन लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका शाखा प्रमुख तथा नेपाल बीमा प्राधिकरणका उपनिर्देक पदम सोडारीले सम्पत्ति शुद्धीकरण निवारणको लागि जीवन बीमा कम्पनीले निर्वाह गर्नु पर्ने विविध पक्षहरुको बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा निर्देशक लामिछानेले नेपाल बीमा प्राधिकरणबाट बीमा कम्पनीहरुको लागि हालै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२ जारी भएको र सो निर्देशिकाले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी बिषयहरुलाई स्पष्ट पारेको जानकारी गराउँदै सो निर्देशिकाको कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । साथै हिमालयन लाइफले सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा गरेका कार्यहरु प्रशंसनिय रहेका भन्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा कार्य गर्न सुझाव दिए ।
कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष शुलभ अग्रवालले कम्पनीमा सम्पत्ति शुद्धीकरण निवारणको बिषयमा प्रभावकारी रुपमा कार्य गर्ने व्यवस्था मिलाईएको जानकारी गराउँदै नेपाल बीमा प्राधिकरणको नीति नियमहरुलाई कम्पनीले अक्षरश पालना गर्ने जानकारी गराए । सो अवसरमा संचालक समिति सदस्य प्रमिला के.सी. र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्पत्ति शुद्धीकरणको बिषयमा कम्पनी गम्भिर रहेको जनाए ।
कार्यक्रममा कम्पनीका संचालक समितिका समितिका पदाधिकारीहरु, शेयरधनीहरु तथा उच्च ब्यवस्थापकिय पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा. लि..बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार हात्तीसार, काठमाडौं स्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो।
विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ। जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ।
विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन।
यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउनेगरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो। यद्यपि पारित भने हुन सकेको थिएन।
शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन्।
पारित विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए। उनका अनुसार उक्त विधेयक समितिमा करिव ९ महिना अघि २०८१ मंसिरमा आएको थियो।
त्यस्तै माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने फरक मत पेश गरेका छन्।

म एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु ः विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको जनाएकी छन् । उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि जनाईन।
बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उनले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत जनाईन ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो ।
पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो । फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो । यसपल्टको संस्करण पनि सोही मैदानमा हुने लामाले जानकारी दिएका छन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...