Page 9

नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।
उनलाई आइतबार उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका हुन् ।
उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा कार्य गरेका थिए ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु, तीनजना घाइते

काठमाण्डौं । काठमाण्डौंको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् ।
सोमबार राति पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको हो ।
दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए । उनीहरूलाई उपचारका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिरहाका २९ वर्षीय भोला थापा र परिचय खुल्न बाँकी रहेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन घाइतेको उपचार जारी छ ।

टप टी–२० सिरिजमा आज मेलबर्न स्टार्ससँग भिड्दै नेपाल

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलबर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ ।
नेपाली समयअनुसार आज बिहान ७ः१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्ने लागेको हो ।
नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ ।
लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औं स्थानमा छ ।

सरकार विपिनका परिवारको साथमा रहेको प्रधानमन्त्रीको दाबी

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनको परिवारको साथमा सरकार सदैव रहेको दाबी गरेका छन्। विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दे उनले यसतर्फ सरकार निरन्तर लागिरहेको जनाएका छन्।
‘विपिनका परिवारको साथमा सरकार छ,’ प्रधानमन्त्रीले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो।’
प्रधानमन्त्री ओलीले इजरायलस्थित दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले त्यहाँका महामहिम राष्ट्रपति र संसद् अध्यक्षसँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गरेको प्रसङ्ग पनि उल्लेख गरेका छन्।
‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ।’

 

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको निम्तो

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।
आज बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् ।
प्रधानमन्त्री ओलीले निमन्त्रणका लागि मिश्रीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा जाँदैछन् ।
सोही भ्रमणको औपचारिक निमन्त्रणका लागि मिश्री आज काठमाडौं आएका हुन् ।

लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट पारेका छन् ।
मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा जोड दिए ।
‘हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेको छ । धेरै विधेयकहरू संसद्को यसै अधिवेशनमा ल्याएका छौँ । यो शिलशिला अगाडि बढिरहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी केवल राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकन्त्रका पक्षमा छौँ । यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचोका कुराहरूलाई मानिँदैन ।’
उनले अगाडि भने, ‘मुलुकी संहितामा देखिएका कमीकमजोरीलाई संशोधन गर्नुपर्छ तर यहाँ बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरू पनि छन् । यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न सकिन्न । त्यसकारण लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैन । जनतालाई कसरी छिटो र सही न्याय दिने भन्नेमा हामी सबैको प्रयास हुनुपर्छ । सरकारका तर्फबाट यसमा पूराका पूरा साथ रहन्छ ।”
प्रधानमन्त्री ओलीले न्यायालयको स्वतन्त्र भूमिकालाई सम्मानसहित मान्ने कुरामा कार्यकारिणीका तर्फबाट पूरै साथ रहने स्पष्ट गर्दै तर सम्मान भनेको पञ्चायतकाली जस्तो जयजयकार मात्रै नहुने जनाए ।
उनले समाजलाई सच्चरित्रमा विकसित गर्दै आग्रहहीन ढंगले कानुनको कार्यान्वयन र व्याख्या गर्न लाग्नुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिवबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आजै भेट्ने कार्यतालिका छ।
भदौ २ गते सचिव मिस्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २१ अर्ब ४७ करोड बीमाशुल्क संकलन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१, ८२ को चौथो त्रैमाससम्ममा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा घटेको देखिए पनि कम्पनीको बीमा व्यवसायमा भने उल्लेख्य मात्रामा वृद्धि देखिएको छ । अघिल्लो आवको अन्त्यसम्म २० अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवको अन्त्यसम्म ७ प्रतिशतले वृद्धि गर्दै २१ अर्ब ४७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमाकोष अघिल्लो वर्ष ७९ अर्ब १ करोड रुपैयाँ रहेकोमा चालु आवको अन्त्यसम्ममा १३।८० प्रतिशतले बढेर ८९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
बीमितप्रति उत्तरदायी रहने प्रतिबद्धता स्वरूप कम्पनीले दाबी भुक्तानीमा समेत उल्लेख्य वृद्धि गरेको छ । अघिल्लो वर्ष ८ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले गत आवमा ३२.९४ प्रतिशतले बढाएर ११ अर्ब ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । साथै, कम्पनीको कुल आम्दानी पनि वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष २७ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ६ प्रतिशतले वृद्धि गर्दै २८ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको छ । तर आम्दानीसँगै खर्च पनि ९.१० प्रतिशतले बढेर २७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २५ अर्ब १४ करोड रुपैयाँ थियो ।
कम्पनीले अभिकर्तालाई प्रोत्साहनस्वरूप दिने कमिशनमा पनि वृद्धि गरेको छ । अघिल्लो वर्ष १ करोड ६८ लाख रुपैयाँ कमिशन दिएकोमा यसपालि २९.४० प्रतिशतले बढाएर २ करोड १८ लाख रुपैयाँ कमिशन वितरण गरिएको छ ।
वित्तीय विवरण अनुसार, कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १८.८१ रुपैयाँबाट घटेर ७.९२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ कायम रहेको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँबाट ९.२० प्रतिशतले बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । महाविपत्ति कोषमा कम्पनीसँग ६६ करोड ७२ लाख रुपैयाँ, शेयर प्रिमियम २७ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ५१ करोड रुपैयाँ रहेको उल्लेख छ ।

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्युरोडको जोय स्टोरमा सामान किन्दा छुट

काठमाडौं । काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान किन्दा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने भएका छन्।
बैंकका अनुसार कर्मचारी र ग्राहकले जोय स्टोरमा आईफोन र म्याकबुक किन्दा ५ प्रतिशत र आईफोन र म्याकबुकको अन्य सामग्रीहरू किन्दा २० प्रतिशत छुट पाउनेछन्। साथै क्रेडिटकार्ड होल्डरहरूले इन्स्ट्रापे स्कीमबाट किस्ताबन्धी सुविधा पनि पाउनेछन्।
यस छुट सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिंग अफिसर रमेश कुमार श्रेष्ठ र जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्माले संयुक्त हस्ताक्षर गरेका छन्।
‘बैंक अफ द इयर २०२३’ को उमाधिबाट सम्मानित प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, २८६ एटीएम ६८ एक्सटेन्सन काउन्टर मार्पmत करीब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिंग सेवा दिंदै आइरहेको छ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।
ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रोपटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।
यसअघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रुपमा सम्मानित भएको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...