Page 3

सानिमा बैंकद्वारा ७.३६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समिति बैठकले आज २०८१–८२ को नाफाबाट शेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनी सचिव रुद्र बञ्जाराले जनाएका छन् ।
सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।
बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपियाँ छ ।

शेयर बजारमा १११ अंकको उछाल, निर्जीवन बीमा कम्पनीको शेयरमा उच्च गिरावट

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि रोकिएको बजार गत असोज २ गते खुल्दा तेस्रो पटक नेगेटिभ सर्किट लागेर बन्द भएको थियो ।
साताको पहिलो दिन आज आइतबार भने १११.७० अंकले बजार बढेको हो । ४.४४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६२३.६२ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी क्रमशः ०.७१ र ४.०२ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहमा भने हरियाली छाएको छ ।
जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको ठूला रकम बीमा दाबी भए पछि निर्जीवन बीमा कम्पनीको शेयरमा आज भारी गिरावट आएको हो ।
आज २ करोड ३२ हजार २ सय २४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९.९६ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ९ वटा कम्पनीको शेयर मूल्य बढ्दा अरु २१ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ७.६४ प्रतिशतले घाटा व्यहोरेका छन् । आज विभिन्न ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८३ करोड १३ लाख ५५ हजार ९ सय १०.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सोह्र श्राद्ध आज समापन हुँदै

काठमाण्डौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आइतबार समापन गर्न हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँसीका दिन श्राद्ध गरिन्छ ।
पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्व पितृ मोक्ष औँसीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ । दसैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।
सोह्र श्राद्धको अन्तिम दिन सर्व पितृ मोक्ष औँसीलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ । यो औँसीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरू महान् चाड बडादसैँको तयारीमा लाग्ने गर्छन् ।

अझै खुलेन नारायणगढ–मुग्लिन सडक, यात्रुहरू अलपत्र

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् ।
आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन् । माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो ।
शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडकखण्ड बन्द भएको थियो । बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

 

माओवादीको पदाधिकारी बैठक १ बजे बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।
आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक आह्वान भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए ।

 

दशैं बजारको चहलपहल ः भीड बढ्यो, व्यापार बढेन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदै छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।
हिन्दुहरुको महान पर्व दशैं नजिकिँदै गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौं उपत्यका भित्रका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दशैंको किनमेल गर्नको लागि मानिसको भीड बढ्न थालेको छ ।
न्यूरोडकी कपडा व्यापारी सोनु गुप्ताले बजारमा भीड बढेपनि सोचेजस्तो व्यापार हुन नसकेको बताइन् । साथै, व्यापार पहिला जस्तो नभएको र हरेक वर्ष घट्दै गएको पनि उनको भनाइ छ ।
उनले भनिन्, ‘बजारमा भीड बढेको छ नभएको होइन तर व्यापार भने सोचेको जस्तो भएको छैन् । अहिलेको अवस्थामा मान्छेले चाहिने सामान मात्र खरिद गर्ने भएकाले अति आवश्यक सामानको बिक्री मात्र भइरहेको छ । हामीले भारतबाट सामान ल्याउने भएको हुनाले केही समस्या भने भएको छैन् । हरेक वर्ष व्यापार घट्दै गएको छ, पहिला जस्तो व्यापार भने छैन् ।’
असन क्षेत्रकै अर्का व्यापारी प्रभा श्रेष्ठले पनि अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार अलि कम नै भइरहेको सुनाउँदै भनिन्, ‘अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार कम छ । हिजोबाट भर्खर चहलपहल हुन थालेको छ । अब फूलपातीसम्म व्यापार कस्तो हुन्छ हेर्नैपर्छ । यसपालि पहिला भन्दा कम नै छ ।’
न्यूरोडमा भर्खरै व्यापार सुरु गरेका व्यापारी रमेश श्रेष्ठले आन्दोलनका कारणले गर्दा सामान्य व्यापारीहरुलाई धेरै नै समस्या परेको गुनासो गरे । उनले भने, ‘बाहिर बजारमा त व्यापार होला तर भित्रि बजारमा छैन् । आन्दोलनको कारणले सामान्य व्यापारीलाई भने धेरै नै समस्या परेको छ । हामीले त यही व्यापारबाट खानेबस्ने हो । विगत वर्षको भन्दा आफ्नै व्यापार खस्किएको छ ।’
आन्दोलनले गर्दा बजारमा नकारात्मक प्रभाव परेको र व्यापार घटेको अवस्थामा कुनै स्थानमा भने व्यापार बढिरहेको पनि छ । न्यूरोडकै अर्का व्यापारी रेखा पौडेल श्रेष्ठले दशैँको बेला व्यापार सामान्य भइरहेको र पसलहरु भरिभराउ नै रहेको बताइन् । यसको साथै, सामान किन्न भनेर आएकी ग्राहक विपना प्याकुरेलले आन्दोलनले गर्दा पहिलाको भन्दा सामानको मूल्य बढेको सुनाइन् ।
उनले भनिन्, ‘अहिले आन्दोलनले गर्दा हो कि सामान पनि त्यस्तो राम्रो छैन् र पहिलाको भन्दा मूल्य पनि बढेकै छ । पाँच सयदेखि, हजार रुपैंयाँसम्म बढेको छ ।’ साथै, अर्का ग्राहक बिमल गिरीले पनि मन्दीका बेला मौका छोप्ने र सामानको मूल्य बढाउने गरेकाले व्यापारमा फाइदा नहुने जनाए ।

महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ ।
साथै बैंकको सम्पुर्ण सेवाहरु पुर्ण रुपमा सञ्चालनमा आईसकेको तथा डिजिटल बैकिङ्ग सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको व्यहोरा समेत जानकारी गराईन्छ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको लेकसाईड शाखा बाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड ः तुइन खोलाको पहिरो पन्छाउने काम जारी

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।
शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभातकुमार झाले जनाएका छन् । उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ ।
पहिरोका कारण गत रातिदेखि सयौं सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले जनाएका छन् ।

भारतीय दूतावासको ट्राभल एडभाइजरी ः अझै सतर्क रहन आग्रह

काठमाण्डौं । नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपालमा रहेका तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूलाई लक्षित गर्दै नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ।
दूतावासले जारी गरेको एडभाइजरीमा पछिल्लो एक सातायता नेपालमा अवस्था उल्लेख्य सुधार भएको उल्लेख छ। सडक यातायात तथा हवाई उडानहरू नियमित रूपमा सञ्चालनमा आइसकेको जानकारी दिँदै दूतावासले भारतीय नागरिकलाई नेपाल आउन कुनै अवरोध नरहेको जनाएको छ।
तर पनि, अझै सतर्कता अपनाउन आग्रह गर्दै दूतावासले भनेको छ, “नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूले दूतावास वा नेपाल सरकारका सम्बन्धित निकायले समय–समयमा जारी गर्ने सूचना र निर्देशनलाई पालना गर्नु जरुरी छ।”

जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाएकी छन् ।
शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको जनाईन ।
उनले भनिन्, ‘सूचना प्रविधिमा भएको विकास, अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ।’
यस्तै, उनले शासकीय आकांक्षा बोकेर, कुनै पदको लोभ लिएर प्रधानमन्त्री नभएको भन्दै देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको जनाईन ।
उनले भनिन्, ‘शासकीय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होइन । देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो ।’ समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुने हुदाँ जनताको अपेक्षा अनुसार राज्य क्रियाशिल हुँदै सुधारको बाटोमा हिँड्नु पर्ने पनि उनको भनाई छ ।
उनले संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणाम पनि वर्तमान अवस्था भएको भन्दै जनताको भावना संविधानका अक्षरभन्दा बढी बहुआयामिक हुने जनाईन ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...