शेयर बजारमा १११ अंकको उछाल, निर्जीवन बीमा कम्पनीको शेयरमा उच्च गिरावट

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि रोकिएको बजार गत असोज २ गते खुल्दा तेस्रो पटक नेगेटिभ सर्किट लागेर बन्द भएको थियो ।
साताको पहिलो दिन आज आइतबार भने १११.७० अंकले बजार बढेको हो । ४.४४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६२३.६२ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी क्रमशः ०.७१ र ४.०२ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहमा भने हरियाली छाएको छ ।
जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको ठूला रकम बीमा दाबी भए पछि निर्जीवन बीमा कम्पनीको शेयरमा आज भारी गिरावट आएको हो ।
आज २ करोड ३२ हजार २ सय २४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९.९६ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ९ वटा कम्पनीको शेयर मूल्य बढ्दा अरु २१ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ७.६४ प्रतिशतले घाटा व्यहोरेका छन् । आज विभिन्न ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८३ करोड १३ लाख ५५ हजार ९ सय १०.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY