काभ्रेपलाञ्चोक । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो।
यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ।
बीपी राजमार्गमा असार पहिलो हप्तादेखि रातिको समयमा गाडी आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो।
आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।
बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।
त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।
कार्यालयद्वारा जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।
मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो ।
कार्यालयले पटकपटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाए ।
उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो ।
यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पु¥याएको थियो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् ।
भारतमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते
काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका.४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।
प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो ।
घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ । भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले जनाएका छन् ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ । यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।
त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
असोज १ मा शोक बिदा
काठमाडौं। सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय गरेको हो ।
जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पु¥याउने निर्णय गरेको हो ।
यस्तै सरकारले आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने भएको छ । साथै १ असोजमा शोक बिदा दिने निर्णय भएको छ ।
नयाँ सरकार बनेपछि राजीनामा दिँदै संवैधानिक आयोगका पदाधिकारी, राष्ट्रपतिबाट स्वीकृत
काठमाण्डौं । जेनजी आन्दोलनको जगमा नयाँ सरकार बनेपछि संवैधानिक आयोगका पदाधिकारीले राजीनामा दिन थालेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रिय मानव अधिकार आयोग र मधेशी आयोगका सदस्यहरूले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
मधेशी आयोगका माननीय सदस्य विजय कुमार गुप्ताले राजीनामा दिएका हुन् । मधेशी आयोग ऐन २०७४ को दफा ४(क) बमोजिम प्रस्तुत गरिएको राजीनामालाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुङ्गेलले दिएको राजीनामा समेत राष्ट्रपतिले स्वीकृत गरेका छन् । नेपालको संविधानको धारा २४८ (५) (क) बमोजिम ढुङ्गेलले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सागर डिष्टिलरीको आइपीओ खुला
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणसका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपीओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो । कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर बन्द हुने मिति छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
सागर डिष्टिलरीको देवचुली नगरपालिका–१ नवलपरासीमा रजिष्टर्ड कार्यालय रहेको छ भने काठमाडौं महनगरपालिका–१ मा कर्पोरेट कार्यालय रहेको छ ।
सेयर बजार पर्सि बुधबारदेखि खुल्ने
काठमाडौं । पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो । ‘सबै पक्षसँग छलफल र परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निर्णय गरिएको छ’ बोर्डका एक उच्च अधिकारीले भने ।
उनका अनुसार यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।
भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो । एक साता बजार बन्द भयो । विगतमा पनि भूकम्प तथा कोरोनाका बेला लामो समय बजार बन्द भएको थियो ।
सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक शेयरधनीहरुका लागि १५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र शेयर संख्या खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको टंगालमा रहेको प्रधन कार्यालयमा आवेदन दिनुपर्नेछ।