काठमाण्डौं । जेनजी आन्दोलनको जगमा नयाँ सरकार बनेपछि संवैधानिक आयोगका पदाधिकारीले राजीनामा दिन थालेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रिय मानव अधिकार आयोग र मधेशी आयोगका सदस्यहरूले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
मधेशी आयोगका माननीय सदस्य विजय कुमार गुप्ताले राजीनामा दिएका हुन् । मधेशी आयोग ऐन २०७४ को दफा ४(क) बमोजिम प्रस्तुत गरिएको राजीनामालाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुङ्गेलले दिएको राजीनामा समेत राष्ट्रपतिले स्वीकृत गरेका छन् । नेपालको संविधानको धारा २४८ (५) (क) बमोजिम ढुङ्गेलले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।