काठमाडौँ । १ लाख ३६ हजार ६० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि आयोगले कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ ।
जसअनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
तीमध्ये ६ हजार चार ६१ पुरुष र ४ हजार सात सय ४३ जना महिला छन् । ुअन्यु दुई जनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८ सय ६४ पुगेको छ भने ५४ हजार एक सय ७८ पुगेको छ । अन्य १८ जना पुगेको आयोगले जनाएको छ ।
थपिए १ लाख ३६ हजार नयाँ मतदाता
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन् ।
उनले भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’
प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने समेत जनाएकी छन् ।
उनले भनिन्, ‘तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ ।’
सुशीला नेतृत्वको सरकार हावाको भरमा बनेको ओलीको आरोप
काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे ।
उनले भने, ‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन । मानव अधिकार आयोगबाहेक कुनै पनि जागिरमा पूर्व प्रधानन्यायाधीश जान मिल्दैन । तर जानीजानी संविधान मिचेर प्रधानमन्त्री बनेको यो सरकार प्रष्ट रूपमा प्रतिगामी हो ।’
ओलीले सरकार ‘हावाको भरमा बनेको’ भन्दै व्यंग्य पनि गरे । उनले भने, ‘शासनमा डिस्कर्डबाट पुगेको अरे दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छ ? २–३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भएर भोटिङ गरेको रे कसले गन्यो त्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्यो अमेरिकामा जस्तो ? यस्तो हावाको भरमा बनेको सरकार हो यो ।’
त्यसैगरी, ओलीले पार्टीभित्रका असन्तुष्ट प्रवृत्तिमाथि पनि कटाक्ष गरे । उनले कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रियावादीहरूले गर्ने गरेको जनाए ।
उनले भने, ‘कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रयावादीहरुले आफ्नो पार्टीलाई गाली गर्छन् र छोड्छन् । यति सेन्टीमेण्टल नहुनुपथ्र्यो । तर कोही कोही मान्छे भएको देखियो । यस्तो चाँडो तात्ने र सेलाउने आल्मोनियम पनि गर्दैन । आल्मोनियम भन्दा पनि पातलो आल्मोनियम जस्तो छिट्टै तात्ने, छिट्टै सेलाउने हामीले गर्नु हुँदैन । हामी एउटा महान उदेश्य लिएर जन्मिएका हौं । हाम्रो आन्दोलन,हाम्रो पार्टी महान आन्दोलन लिएर जन्मिएको हो ।’
ओलीले एमालेलाई महान आन्दोलनबाट जन्मिएको पार्टी भन्दै संगठनभित्र अनुशासन र धैर्यको आवश्यकता दोहोर्याए। साथै उनले सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा रहेकाले नेकपा एमाले निराश हुन नजान्ने बताए ।
उनले भने, ‘यी सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ । नेकपा एमाले निराश हुन जान्दैन । हतोत्साही हुन जान्दैन । यसले समाज विज्ञानलाई बुझेको छ । समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ । समाज पछाडि फर्कंदैन,’ ओलीले भने ।
३ महिनामा सबैभन्दा बढी नाफा गर्ने ग्लोबल आईएमई बैंकको यस्तो छ वित्तीय विवरण
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी नाफा गरेको हो । बैंकले आव २०८१, ८२ को पहिलो ३ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको थियो ।
खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन आम्दानी सामान्य बढ्दा तथा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम थोरै घट्दा बैंकको नाफा बढेको हो । ३ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार ग्लोबल आईएमई सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ ।
बैंकले ३ महिनामा ४ अर्ब १३ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा र ९० करोड ७६ लाख खुद फि एन्ड कमिसन आम्दानी गरेको छ । यसैगरी १ अर्ब १ करोड प्रोभिजन गरेको छ ।
नाफा बढ्दा बैंकको ईपीएस पनि १६ रुपैयाँ ७४ पैसाबाट बढेर १९ रुपैयाँ ७४ पैसा पुगेको छ ।
असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशत छ जुन गत आवको असोज मसान्तको तुलनामा थोरै बढेको हो । निष्क्रिय कर्जा बढे तापनि बैंकको प्रोभिजन रकम गत आवको सोही अवको तुलनामा कम छ । यता खुद निष्क्रिय कर्जा भने ०.९५ प्रतिशत मात्र छ ।
बैंकले हालसम्म ५ खर्ब ८२ अर्ब २५ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ महिनामा बैंकको निक्षेप ३२ अर्बले बढ्दा कर्जा ११ अर्बले विस्तार भएको छ । बैंकको निक्षेप कर्जा अनुपात ७३.३४ प्रतिशत छ ।
असोज मसान्तको तथ्यअनुसार बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ, आरओई ११.०१ प्रतिशत, स्प्रेड दर ३.४८ प्रतिशत र पीई रेसियो १२.१० छ ।
यस अवधिमा बैंकको बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति दुबै बढ्दा ३ महिनाको नाफा १ अर्ब ८५ करोड रुपैयाँमध्ये ७९ करोड ४६ लाख रुपैयाँमात्र सेयरधनीलाई बाँड्न मिल्ने देखिन्छ ।
एसवाई प्यानलको आईपीओ भर्ने आइतबार अन्तिम दिन
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गते बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओ भर्ने अन्तिम दिन २३ गते आइतबार हो ।
आइतबार कार्यालय समयभित्र उक्त कम्पनीको आईपीओ भर्न पाइने छ ।
यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
सर्वसाधारणका लागि कम्पनीले प्रतिशेयर १०० रुपियाँँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपियाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको हो ।
उक्त शेयर ४ लाख ७ हजार ६ सय ९ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीयका लागि कुल दुई लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर जारी गरेको थियो । त्यस्तै, कम्पनीले चार लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्ना कर्मचारीहरुको लागि एक लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ ।
एक हजार रुपियाँका ४३ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमडौं । एक हजार रुपियाँका ४३ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ ।
राष्ट्र बैंकको आजको पत्र अनुसार १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेगरी चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो ।
यसअघि ५ रूपियाँ, १० रूपियाँ, ५० रूपियाँ १०० रूपियाँ र ५०० रूपियाँ दरका नेपाली नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीलाई दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
लक्ष्मी सनराइज क्यापिटलको रु.७.७२ करोड नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको १५औं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१–०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ।व। २०८२–०८३ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परीक्षक एन.बि.एस.एम एण्ड एशोसिएट्स लाइ नै निरन्तरता दिने निर्णय गरियो ।
साथै, असार मसान्त २०८२ को वासलात बमोजिम प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् रु.७.७२ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो ।
नेपालको पूँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले महव्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
कम्पनीले करिब ६ अर्व बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा छ वटै म्युचुअल फण्डले आ।व। २०८१–०८२ को मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको छ । साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत एक अरब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्ने उद्देश्य राखेको छ ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता भएका छन् ।
आज साँझ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरे ।
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए ।
उनले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरे ।
साथै उनले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण, गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गरेका थिए ।
राष्ट्रपति पौडेलले मङ्गलबारनै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए । पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए ।
यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ ।राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ ।
सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए ।
बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै बुटवलका सानिमा रिलायन्सका एजेन्सी म्यानेजर सुवास रिजाल
काठमाडौं। नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो।
यसले आकस्मिक जोखिमका बेला आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका
खेल्दछ। यही चेतनालाई आत्मसात् गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा
अगाडि बढाइरहेका छन्।
बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन्। कपिलबस्तुमा
१० सन्तानमध्ये नवौ सन्तानका रुपमा जन्मिएका रिजालले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।
कपिलबस्तुबाट माध्यमक, प्लस टु पोखरा, स्नातक पोखरा र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा
स्नातकोत्तर गरेका हुन्।
अध्ययन पश्चात कोरियामा ५ वर्ष काम गरेर फर्किएका उनले बीमा अभिकर्ताको पेशालाई व्यवसायिक
रुपमा अगाडी बढाइरहेका छन्। उनको बीमामा लाग्नुको पृष्ठभूमी भने मार्मिक छ। आज भन्दा ७ वर्ष
अगाडी पाल्पाको सिद्धबाबा नजिकै ठुलो पहिरो गएको दिन उनि पनि यात्रामा थिए। यस क्रममा एक
जना डाक्टर र उनको श्रीमतिको घटनास्थलमै मृत्यु भयो। उनलाई यस घटनाले रातभर निन्द्रा लाग्न
सकेन। उनलाई जीवन अनिश्चित रहेको अनुभुति भयो। यस्तो अनिश्चितालाई रोक्न त सकिदैन तर
यसबाट हुने जोखिमको न्युनिकरण भने गर्न सकिन्छ भनेर उनि सानिमा रिलायन्सको बुटवल शाखामा
गएर आफ्नो एक वर्षको बाबु, श्रीमति र आफ्नै बीमा गरेर यस पेशामा प्रवेश गरे।
यस क्रममा कम्पनीको क्षेत्रिय कार्यालय बुटललका क्षेत्रिय प्रवन्धक जयदेव गौतम तथा शाखा प्रमुख
प्रकाश गौतम सँग बीमाको विषयमा धेरै बुझ्ने र सिक्ने मौका पाए। कोभिड १९ भन्दा ठिक अगाडीको
समय थियो। उनि करिव एक महिनाको आउने जाने क्रममा आफ्नो बीमा मात्रै गरेनन् अभिकर्ता बनेर
व्यवसायिक रुपमा अगाडी बढ्न समेत प्रोत्साहित भए।
यस पछि उनि बीमा अभिकर्ता पेशा एउटा सामाजिक काम हो यसमा लाग्छु भन्ने भनेर दृढताका लागि
लागि परे। यस २०,२५ दिनको उक्त बसाइले रिजालाई बीमा अभिकर्ता पेशालाई अंगालेर अगाडी बढ्ने
हौसला मिल्यो।
उनलाई अभिकर्ता पेशा अन्य पेशा व्यवसाय जस्तै उत्तीकै महत्वपुर्ण लाग्छ। कसैले एउटा सामान ६ सयमा
खरिद गरेर एक हजारमा बिक्री गर्यो भने त्यसमा भएको नाफालाई टिकाटिप्पणी गर्दैनन् तर अभिकर्ता
पेशा व्यवसायमा भने नियम अनुसार पाउने कमिशन जस्ता कुरामा हुने आलोचना प्रति भने उनलाई
एकदमै दुख लाग्छ। राति दिन असिमित समय दिएर बीमा गर्न उत्प्रेरित गर्दा पनि समय र विभिन्न स्रोत
साधनको खर्च हुने उनि बताउछन्। सुरुवाति चरणमा उनले बुटवलका ठुला ठुला व्यक्तित्व भएका
व्यक्तिको ठुलो ठुलो बीमा गराए। तर उनलाई क्षेत्रिय तथा शाखा प्रमुखले यदि तपाईलाई समाजमा
चिनिनु छ र साच्चिकै समाजसेवा गर्नु छ भने ग्रामिण बस्तिका व्यक्तिलाई बीमा गराउनुस्। यसले
तपाईको पुण्यको काम हुन्छ यस पछि उनि आफु जन्मिएको कपिलबस्तुको ग्रामिण बस्तिमा गए।
सहमा ठुला ठुला बीमा गराउदै आएका रिजाल गरिव भन्दा गरिव मानिसका छोराछोरीको बीमा गराउन
पुगे। तत्कालिन अवस्थामा उनि साविक सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्ने भित्र परे।
यसरी उनले बीमालाई अभियानका रुपमा अगाडी बढाए। यसै क्रममा उनका धेरै तिता मिठा अनुभवहरु
पनि रह्यो। उनको नजिकका एक जना आफन्तलाई कोभिड १९ भन्दा अगाडी बीमाको लागि प्रस्ताव
गरेका थिए। उहाँले बीमा गर्न मान्नु भएन। पछि कोभिड १९ का कारण मृत्यु भयो। यस पछि उनलाई
बीमामा लाग्नु पर्छ भन्ने प्रेरणा जाग्यो। उनले बीमाको प्रस्ताव गरेका व्यक्तिको कोभिड १९को उपचारका
क्रममा २०,३० लाख खर्च पनि भयो र ज्यान पनि गयो।
उनि बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष थिए। जहाँ ऋण समितिको एक
जना सदश्यको काकीको दम्पत्तीलाई बीमाको लागि प्रस्ताव गरेका थिए। तर उनले केहि दिन पर्खन
अनुरोध गरे। दुर्भाग्य बुटवलबाट भैरहवा जाने क्रममा दुर्घटनामा परेर मृत्यु भयो। त्यस्तै एक जना
साथिलाई यस्तै गरि ५० लाखको बीमाको प्रस्ताव गरेका थिए। उनले आफु सँग प्रसस्त सम्पत्ती छ मलाई
बीमाको आवश्यक छैन भनेका थिए। जाड रक्सी चुरोट केहि पनि सेवन नगर्ने उनको मृगौला फेल भयो।
अहिले उपचारका क्रममा उनको ठुलो सम्पत्ती सकियो। अहिले उनै साथि बीमा गर्न नमानेकोमा पछुतो
मानिरहेको उनि जनाउँछन।
यसरी बीमा गराउदै हिड्ने क्रममा कोही विरामी भएको, कसैको मृत्यु भएको, कसैको दुर्घटना भएका
घटनाले उनलाई यस पेशाबाट कहिल्यै पनि बिमुख नगाराउने उनि जनाउँछन। उनि भन्छन् किड्नी फेल
भएर बाटा बाटामा मागेको हिडिरहेको देख्दा उनलाई यदि ति व्यक्तिलाई समयमा बीमा गराउन सकिएको
भए आज यो दिन भोग्नु पर्दैन थियो भन्ने लाग्छ।
तराइ समुदायमा प्रायः मानिसहरुको दैनिक १५,२० वटा भोला खान्छन्। पान चुरोट रक्सी खाने चलन धेरै
छ। यदि कसैले भोला खाने पैसा मात्रै बचाउन सक्यो भने ५ लाखको बीमा हुने उनको विश्लेषण छ। उनले
यहि कुरा गाउँ गाउँमा गएर चेतना फैलाइरहेका छन्। उनि अर्घाखाचीका पहाडी भुभागमा पनि गए। गाइ
बाख्रा पालन गर्ने खेती किसानी गर्नेलाई पनि एउटा बाख्राको रकम बराबरको बीमा गराउन सुझाउने गर्छन्।
जुन रकमले भोलि गएर उक्त बालबालिकाको उच्च शिक्षा सहज हुने भन्दै उनि गाउँ गाउँ पुगे।
यहि अभियानका क्रममा उनले गाउँ गाउँकै बीमा गराएका छन्। उनिले आफु मात्रै अभिकर्ता बनेर काम
गरेका छैनन् जुन जुन गाउँ गाउँमा पुग्छन् त्यहाँ अभिकर्ता बनाएर ठुलो ठुलो टिम पनि निर्माण गरिरहेका
छन्। यसरी हजारौ संख्यामा बीमा गराइसकेका उनले सयौको संख्यामा अभिकर्ता पनि निर्माण गरेका
छन्।
यस क्रममा उनि २०२२ का लागि एमडिआरटी क्वालिफायर्ड पनि भए। उनि मात्रै यस पेशामा छैनन्
श्रीमतिलाई पनि सँग सँगै अगाडी बढाएका छन्। २०२३ मा उनको श्रीमति राधिका पोखरेल पनि
एमडिआरटी क्वालिफायर्ड भइसकेकी छिन्।
उनले यतिधेरै संख्यामा बीमा गराउदै गर्दा अहिलेसम्म एउटा पनि पोलिसीमा दाबी परेको छैन। यसले यस
वर्ष एक जनालाई एजेन्सी म्यानेजर बनाउने प्रण लिएका छन्। उनि आफु सँगै टिम निर्माण गरेर टिममा
काम गर्ने उद्देश्यका साथ अगाडी बढेका छन्। यसरी उनको यो त्याग तपस्याबाट मासिक ४,५ लाखको
आम्दानी गर्न सक्ने अवस्था निर्माण गरिसकेका छन्। ५ वर्ष कोरियमा काम गरेर फर्किएका उनले
कोरियामा भन्दा नेपालमा राम्रो आम्दानी गरिरहेका छन्। यसले पनि नउलाई बीमा क्षेत्रमा अझ लामो
समय बसिरहन हौसला मिलेको छ।
बीमाको महत्व
उनले सहरी भुभागदेखि ग्रामिण क्षेत्रमा एजेन्सी निर्माण गरिसकेका छन्। उनले पुरै नेपालभर एजेन्सी
निर्माण गर्ने लक्ष्य बोकेका छन्। यस अभियानमा हिड्दै गर्दा उनले मानिसहरुले फजुल खर्च अत्याधिक
गर्ने तर बीमा गरौन भने पैसा छैन भन्ने प्रवृत्ती धेरै पाए। उनि भन्छन् मानिसहरुले खर्च गरेको देख्दा
यहाँ कोहि पनि गरिव छैन जस्तो लाग्छ। सानो खुसियाली तथा जमघटमा कुखुरा काट्ने, खसि काट्ने
जाड रक्सी पिउने, भोला चुरोट खाएकै छ पान पनि चपाएकै छ। तर बीमा गर्ने कुरा गर्यो भने भिजेको
बिरालो झै गरिहाल्ने।
यसमा केहि व्यक्तिको गलत ब्रिफिङले पनि मानिसहरु डिमोटिभेट भएको उनि बताउछन्। सुरु सुरुमा
जतिवेला बीमा कम्पनीहरु अहिलेको जस्तो गाउँ गाउँमा पुगेका थिएनन्। सहर सहरमा शाखा कार्यालयहरु
थिएनन् त्यतिवेला बीमितले अभिकर्तालाई बीमा शुल्क बुझाइदिने र अभिकर्ताले उक्त रकम बीमा कम्पनी
समक्ष नपुर्याउदा बीमिहरुको पैसा विचैमा हराएको धेरै घटना उनले सुन्नमा पाए। यसले गर्दा धेरै
मानिसहरु त्यहि घटनालाई आधार मानेर बीमा प्रति नकारात्मक बनेको उनले पाए।
बीमाका लागि गाउँ गाउँमा पुग्दा उनलाई केहि बीमितले घर्न पुगे। उनि भन्छन् कतिपय अवस्थामा अरुले
गरेका गल्तिलाई समेत आफुले सहन गरेर जवाफ दिनु पर्यो। गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउन
पर्यो।
उनले गाउँ गाउँमा जादा हिजो हजुरबुबा बुबा छोरा नातीसम्म भरिया बनेर बसेको देख्दा यसबाट
रुपान्तरण हुने एकमात्र विकल्प बीमा रहेको उनि जनाउँछन। कतिपय परिवारमा ५ कक्षा भन्दा माथि
नपढेको उनले पाए। अभिकर्ता नै बनाउछु भन्दा योग्यता नपुग्ने अवस्था पाए। यसरी बीमा गर्ने गराउने
मात्रै नभएर बीमाको आफ्नो महाअभियान मार्फत सबै मानिसहरुलाई बीमाको दायरामा ल्याउने र
उनिहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्ने उनले प्रण गरेका छन्। यस क्रममा उनि विभिन्न
विद्यालय क्लब समुहरुमा पुग्छन्। उनि आफै सँग बीमा गर्नै पर्छ भन्ने मान्यता राख्दैनन्। बरु उनिहरुले
रोजेको व्यक्तिलाई अभिकर्ता बनाएरै बीमा गराउछन्। अर्को तर्फ यस विचमा सहकारी पनि डुबेको र बचत
समुहले पनि व्यवस्थापन गर्न नसकेको कारण बीमा शुल्क बुझाउने जस्तो कुरामा संयमित भएको पाइएको
छ। यहाँ आफ्नो परिवारका सदश्य विरामी हुँदा चन्दा उठाएर हिड्नु पर्ने तर बीमा गरेर उक्त जोखिमलाई
बीमाको दायरामा लाउन भने तयार नहुने अवस्थाले गर्दा यसलाई चिर्न उनको यो महाअभियान जारी छ।
यहाँ क्षमता हुँदा हुँदै पनि मानिसहरुले बीमा नगर्दा भोलि परिवार सडकमा आउने अवस्था रहेको र यस्तो
अवस्थालाई रोक्नु पर्ने उनि बताउछन्। यदि सबैको बीमा गर्ने हो भने समाजमा क्रान्ति आउने उनको
विश्लेषण। यदि समयमा बीमा गर्ने हो भने मानिसको बचत गर्ने क्षमता पनि बढ्ने र बीमा गर्नका लागि
जसरी पनि बीमा शुल्क जुटाउनु पर्ने भए पछि मानिसहरु पनि ६ घण्टा काम गर्नेले ७,८ घण्टा काम गर्न
पुग्ने उनको तर्क छ। यहाँ मानिसहरु कमाएको पैसा बचत नगरेर धेरै खर्च गरेर गरिव भएका हुन्, उनको
विश्लेषण छ। उनले भने यदि कमाएको निश्चित रकम बीमा मार्फत बचत गर्ने हो भने गरिव हुने दरमै
यसले घटाउछ। यसैले हामी गरिव गरिव बस्तिमा छाप्रा छाप्रामा हामि पुग्न जरुरी छ। यसलाई
महाअभियानका रुपमा म अगाडी बढाइरहेको छु।
निर्वाचन आयोग पुग्यो नेपाली कम्युनिस्ट पार्टी दर्ताको निवेदन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीु दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । पार्टी दर्ताका लागि बुधबार नै निवेदन दिइएको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० घटकले एकता घोषणा गरेका थिए । नवगठित पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् ।
सह–संयोजक माधवकुमार नेपाल राखिएका छन् । पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।
दर्ताका लागि केही डकुमेन्टपछि दिने गरी पार्टीको नाम, चिह्न, संयोजक, सह–संयोजकलगायतको विवरण आयोगमा बुझाइएको छ । बाँकी विवरण छिट्टै बुझाइने ज्वालाले जनाए ।
“दल दर्ताको निवेदन दिइसकेका छौँ । बाँकी विवरणहरू छिट्टै बुझाउँछौँ,” ज्वालाले भने ।
















