Page 15

मेयर बालेन साहविरुद्ध जाहेरी दिँदै युवा संघ

काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरूद्व जाहेरी दिने भएको छ ।
युवा संघले आज बालेनको एउटा स्टाटसलाई लिएर प्रहरीमा जाहेरी दिन लागेको हो । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन लागिएको जनाईएको छ ।
बालेनले दुई दिनअघि अश्लील शब्द प्रयोग गर्दै दलहरूलाई गालीगलौज गर्दै स्टाटस लेखेका थिए ।

सामसङको ग्यालेक्सी एम १७ ५जी नेपाली बजारमा

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम १७ ५ जी सार्वजनिक गरेको छ ।
प्रिमियम डिजाइन, मजबुत टिकाउ र अत्याधुनिक एआई प्रविधियुक्त क्यामेरा फिचरसहित आएको यो फोनले आफ्नै सेग्मेन्टमा पहिलोपटक अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
यसमार्फत प्रयोगकर्ताले स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सक्नेछन् । एम १७ ५जीले एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पु¥याउने जनाईएको छ । ६.७ इन्चको एपएचठी प्लस सुपर एमोलेड डिस्प्ले रहेको यस स्मार्टफोनमा धूलो र पानीबाट सुरक्षा दिने सुविधा पनि समावेश गरिएको छ ।
नेपालमा दुई भेरियन्टमा उपलब्ध यो फोनमध्ये ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २५ हजार ९९९ रुपैयाँ राखिएको छ भने ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
किफायती मूल्यमा समेत उच्च प्रदर्शन र आधुनिक प्रविधि उपलब्ध गराइएको ग्यालेक्सी एम १७ ५जीले नेपाली बजारमा नयाँ आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

कृषि विकास बैंकले कुल १३ प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंकले कुल १३ प्रतिशत लाभांशको घोषणा गरेको छ । बुधबार बैंकले धितोपत्र बोर्डलाई पठाएको पत्रमा लाभांशबारे निर्णय भएको जनाईएको छ ।
बुधबार नै बसेको बैंक सञ्चालक समितिको ११८७औं बैठकले साधारण चुक्ता पुँजीको ३.२५ प्रतिशतले हुने बोनस शेयर लाभांश र लाभांशमा लाग्ने कर समेतको ९.७५ प्रतिशतले हुने नगद लाभांशसहित गरेर कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले सरकारको हाल काम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको जनाईएको छ ।

नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा, खराब कर्जामा सुधार

काठमाडौं । खुद ब्याज आम्दानी र इम्पेरमेन्ट चार्ज घट्दा नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । बैंकले जारी गरेको त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले यो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतको नाफा घटाएको हो ।
चालू आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ ।
चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.९७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.४२ प्रतिशत थियो ।

नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी लगायत दशवटा दल मिलेर नयाँ गठन भएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन दिएको छ ।
पार्टीले निर्वाचन आयोगमा हिजो (बुधबार) निवेदन दिएको हो ।
नयाँ पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने सहसंयोजक माधव नेपाल रहेका छन् ।

एसवाई प्यानलको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयरमार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ । यसअघि कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत ९२ लाख ६१ हजार ६२७ कित्ता० उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएकोमध्येबाट १० प्रतिशत (४ लाख ९७ हजार ९२ कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको थियो ।

नेपालमा सामसङ ग्यालेक्सी एम–१७ ५जी सार्वजनिक, यस्तो छ मूल्य फिचर

काठमाडौं । सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम शृङ्खलाको नयाँ सदस्य ग्यालेक्सी एम–१७ ५जी सार्वजनिक गरेको छ ।
आकर्षक डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक कृत्रिम बुद्धिमत्तायुक्त सुविधासहित आएको यो स्मार्टफोनले आफ्नो वर्गमै पहिलो पटक अप्टिकल इमेज स्थिरीकरण अर्थात् ‘अस्थिरता–रहित क्यामेरा’ प्रविधि प्रस्तुत गरेको हो ।
यस प्रविधिबाट अब जहाँ भए पनि स्थिर र स्पष्ट तस्बिर तथा भिडियो कैद गर्न सकिनेछ । यो मोबाइल त्यस्ता प्रयोगकर्ताका लागि उपयुक्त बनेको छ, जसले आफ्नो प्रत्येक क्षणलाई ‘पेशागत स्तरको’ गुणस्तरमा कैद गर्न चाहन्छन् ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एम–१७ ५जी मार्फत हामी कृत्रिम बुद्धिमत्ता र उत्कृष्ट क्यामेरा प्रविधिलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँदैछौँ । अस्थिरता–रहित क्यामेरा’सहितका नयाँ सुविधाहरूले दैनिक जीवनलाई अझ बुद्धिमानीपूर्ण, सहज र रमाइलो बनाउनेछ। यो फोन ती युवाका लागि डिजाइन गरिएको हो, जो निडर, सिर्जनशील र सधैं सक्रिय रहन चाहन्छन्।’
कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित ग्यालेक्सी एम–१७ ५जीमा ‘गुगलसँग खोज्नका लागि घेरो बनाउने सुविधा’ र ‘प्रत्यक्ष समय सहायक’ जस्ता फिचरहरू समावेश छन्, जसले खोज, बहुउपयोग (मल्टिटास्किङ) र संवादलाई अझ सहज बनाउँछ ।
६ न्यानोमिटर प्रविधिमा निर्मित एक्सिनोस १३३० प्रोसेसरले उत्पादकता, खेलकुद (गेमिङ) र चलचित्ररसङ्गीत प्रवाह (स्ट्रिमिङ) मा तीव्र र उर्जा–सक्षम कार्यसम्पादन प्रदान गर्छ ।
मोबाइलका मुख्य विशेषताः
६.७ इन्चको पूर्ण उच्च–गुणस्तर सुपर एमोलिड पर्दा (डिस्प्ले)
कोर्निङ गोरोला ग्लास भिक्टस द्वारा सुरक्षित
आईपी–५४ प्रमाणपत्र सहित धूलो र पानीबाट सुरक्षा
यी सबै सुविधाले ग्यालेक्सी एम–१७ ५जीलाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथीसँग तुल्याउँछ।
मूल्य र प्रस्ताव ग्यालेक्सी एम–१७ ५जी (४ जिबी–१२८ जिबी) को मूल्य २५ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एम–१७ ५जी (६ जिबी–१२८ जिबी) को मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी एम–१७ ५जी अब देशभर रहेका सामसङ अधिकृत खुद्रा बिक्री केन्द्रहरू, सामसङ प्लाजा, र मुख्य अनलाइन व्यापारिक प्लेटफर्महरूमा उपलब्ध छ। उपभोक्ताहरूले आफ्नो नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन माध्यमबाट यस नयाँ मोबाइल खरिद गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ्ग सेवा, डिजिटल नविनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न विषयमा छलफल गरेको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । साथै, बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको जानकारी दिए ।
बैंक र नास–आईटीबीचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मकवानपुरको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ ।
थाहा नगरपालिका–९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा मंगलबार टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै यहाँ आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।
टेलिकमका अनुसार ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रक्रिया अगाडि बढिसकेको छ । हाल रेडियो ब्याकहलबाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर ब्याकहलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...