Page 2

विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय

0

काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आइतबार मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको ।
रास्वपा केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठकले असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको ‘उच्च संवाद समिति’लाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरुप पार्टी सचिवालयले गठन गरेको संयन्त्र– सङ्घीय नेतृत्व मञ्च अनुमोदित गरेको छ ।

लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै

0

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लयान्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।
सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा फर्केको संकेत गरेको छ ।
लुम्बिनीले भने पहिलो खेल जितेपछि लगातार तीन खेलमा हार बेहोरिसकेको छ । त्यसैले आजको खेलमा त्यो हारको यात्रा ब्रेक गर्न चाहन्छ ।
लुम्बिनी र पोखराको समान २ अंक छ । तर, लुम्बिनीले चार खेल खेलिसक्दा पोखराले ३ खेल मात्र खेलेको छ ।

एमालेको ११ औं महाधिवशेनका लागि आज प्रतिनिधि छनोट हुँदै

0

काठमाडौं । एघारौं महाधिवेशनका लागि नेकपा (एमाले) ले आज देशैभरि प्रतिनिधि छनोट गर्दैछ ।
एमाले केन्द्रीय कार्यालयका अनुसार अस्ती ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरुमा आज बिहान ८ बजे देखि निर्वाचन हुँदैछ । निर्वाचनको समय अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ ।
विभिन्न जिल्लाहरुले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरुसहित करिब २ हजार प्रतिनिधि छनोट हुँदैछन् ।
यस्तै, प्रवास, जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन् । मनोनितसहित गरेर एमालेको ११ औं महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।
एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ ।
यस्तै, प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए । दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ । ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ । महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ ।
विभाग र कार्यालयबाट एकएक जनाको प्रतिनिधित्व रहनेछ । प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ ।
केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
त्यस्तै, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहनेछन् । पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ ।
यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । तर सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुनेगरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनोटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ ।
एमालेको एघारौं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

‘हर्ष’को प्रिमियर ः शिव रेग्मीको शैली झल्किने फिल्म भन्दै प्रशंसा

0

काठमाण्डौं । स्व. निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । वंश (उत्तराधिकारी) को विषयलाई मुख्य कथावस्तु बनाइएको यो फिल्मको बुधबार साँझ ललितपुरको लबिम हलमा प्रिमियर आयोजना गरिएको थियो, जहाँ उपस्थित सबैले कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा गरे ।
लामो समयपछि प्रिमियरमा उपस्थित भएकी अभिनेत्री निरुता सिंहले एकताले पहिलो फिल्मबाट नै निर्देशनमा राम्रो सम्भावना देखाएको जनाईन । फिल्मको सुरुमा नै शिव रेग्मीको तस्वीर देख्दा आफू भावुक भएको जनाउँदै उनले भनिन्, ‘फिल्म सन्देशमुलक बनेको छ । यसमा उठाइएको विषय एकदमै सान्दर्भिक छ । त्यसैले एकपटक यो फिल्म सबैले गर्नुपर्छ ।’
निर्देशक रेग्मी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन् । उनले भनिन्, ‘१२ वर्षपछि खोला पनि फर्किन्छ भनेजस्तै हाम्रो परिवारमा पनि आज त्यस्तै भएको छ । १२ वर्षपछि भान्जीले फिल्म निर्देशन गर्ने आँट गरेकी छन् । एकदमै खुशी लागेको छ । मलाई फिल्म धेरै नै मनपर्‍यो ।’
अभिनेता समेत रहेका व्यावसायी संजोग कोइरालाले ‘हर्ष’ एउटा फरक अनुभव दिने पारिवारिक फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्ममा सम्बन्धको कथा एकदमै गहिरोसँग भनिएको छ । शिव रेग्मीको ‘इसेन्स’ उहाँ (निर्देशक) ले पनि छाड्नु भएको छैन । भावनात्मक रुपमा एकदमै ‘कनेक्ट’ हुने फिल्म बनेको छ ।’ उनले परिवारसहित फिल्म हेर्न दर्शकलाई आग्रह गरे ।
अभिनेता जयकिशन बस्नेतले कलाकारहरूको अभिनयको प्रशंसा गर्दै फिल्मको कथावस्तु मनछुने रहेको धारणा व्यक्त गरे । पारिवारिक फिल्म मन पराउने दर्शकले ‘हर्ष’ छुटाउनै नहुने उनले बताए । निर्माता द्वय सुनिल कुमार थापा, रोहित अधिकारी, नृत्य निर्देशक सुनिल क्षेत्री, वितरक करण श्रेष्ठ लगायतले पनि फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए ।
प्रिमियरमा मिलेको प्रतिक्रियाले प्रफुलित देखिएकी निर्देशक पौडेलले बच्चादेखि फिल्म निर्देशन गर्ने सपना साकार हुँदा खुसी लागेको जनाईन । ‘प्रिमियरमा फिल्म हेर्नु भएका सबैले मामाको झल्को दिन सफल भएकी छौ भन्नुभएको छ । त्यसले पनि आगामी दिनमा अझै राम्रा फिल्म निर्माण गर्नुपर्ने चुनौती थपिएको महसुस गरेकी छु,’ उनले भनिन् ।
यस फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापा, सिर्जना नापित, रेनु प्रधान, बाल कलाकार साइमन वादी लगायतको अभिनय रहेको छ । फिल्ममा सबै कलाकारमाथि साइमन हावी देखिएका छन् । उनको अभिनयले फिल्ममा भावनात्मक प्रभाव थपेको छ ।

विशालकी पूर्वपत्नीमाथि साम्राज्ञीको आरोप, ‘उनले मलाई धेरैपटक ब्ल्याकमेल गरिन्’

0

काठमाण्डौं । अभिनेत्री साम्राज्ञी आरएल शाहले विशाल खरेलसँग इन्गेजमेन्ट गरेपछि यतिबेला उनको व्यापक आलोचना भइरहेको छ । विशाल पहिल्यै विवाहित र एक बच्चाको बाबु समेत रहेको थाहा हुँदाहुँदै सम्बन्ध अघि बढाएको, अरुको परिवार तोड्ने काम गरेको जस्ता आरोप उनीमाथि लागेका छन् । यसबारे उनले बुधबार इन्स्टाग्राममा एक पोस्टमार्फत स्पष्टीकरण दिइसकेकी छन् ।
उनले विशालसँग विवाह गर्ने निर्णयको बचाउ गर्दै इन्गेजमेन्ट गरेकोमा पछुतो नभएको जनाएकी छिन् । कसैको परिवार तोड्ने काम आफूबाट नहुने जनाउँदै उनले विशाल पहिले नै धेरै अगाडि बढिसकेकाले आफूहरूले इन्गेजमेन्ट गरेको स्पष्ट पारेकी छन् । उनले कानुनी रूपमा आफूहरू मंगेतरको रूपमा दर्ता भइसकेकाले प्रेमको रक्षा गर्ने वाचा गरेकी छन् ।
साम्राज्ञीले बिहीबार पनि एक पोस्ट लेख्दै विशालको पहिला विवाह नै नभएको दाबी गरेकी छन् । उनले लेखेकी छन्, ‘उसले मलाई स्पष्ट रुपमा भनिसकेको थियो कि उसको पूर्वप्रेमिकाबाट एक छोरा छ । उनीहरू कहिल्यै विवाहित थिएनन्, अनि कसरी सम्बन्ध विच्छेद भयो ? मान्छेहरू सधैं भावनात्मक रूपमा हेरफेर गरिएका कुरा र प्रमाण बिनाका गलत कुराहरूमा बढी विश्वास गर्छन् ।’
उनले विशालकी पूर्वपत्नी सरिता सुब्बा (मुनु) प्रति लक्षित गर्दै आफूलाई धेरैपटक ब्ल्याकमेल गरेको समेत आरोप लगाएकी छन् । उनी अगाडि लेख्छिन्, ‘झूटमाथि झूट । म उनीसँग कहिल्यै संलग्न हुने थिइनँ । यद्यपि, उनले मलाई धेरैपटक ब्ल्याकमेल गरिन् । उनी अझै पनि उसलाई बढी पैसाको लागि ब्ल्याकमेल गर्छिन्, यो दुर्व्यवहार हो ।’
विशालकी पूर्वपत्नी सुब्बाले पनि बुधबार एक भिडियो सन्देशमार्फत आफूहरू विवाहित रहेको र बच्चा पनि छ भन्ने थाहा हुँदाहुँदै साम्राज्ञीले आफ्नो पूर्वश्रीमानसँग सम्बन्ध राखेको दाबी गरेकी थिइन् । थाइल्यान्डमा गीतको छायांकनको क्रममा साम्राज्ञीसँग ‘बेड सेयर’ गरेको पुष्टि श्रीमानले नै गरेपछि आफूले अलगिने निर्णय गरेको उनले भिडियोमा भनेकी छन् ।

कीर्तिमानी निर्देशक पौडेलले फिल्म ‘सिन्दुरे जात्रा’ बनाउने

0

काठमाण्डौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्मको घोषणा गरेका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘सिन्दुरे जात्रा’ राखिएको छ । बिहीबार युट्युबमार्फत टाइटल टिजर सार्वजनिक गर्दै उक्त फिल्मको निर्माण घोषणा गरिएको हो । शीर्षकले पौराणिक कथावस्तुमा फिल्म आधारित रहने संकेत गर्छ ।
सिन्दुरे जात्रा नुवाकोटमा मनाइने चर्चित जात्रा हो । यसलाई देवी जात्रा पनि भन्ने गरिन्छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन यो जात्रा मनाइन्छ । सोही जात्राको नाममा निर्माण हुन लागेको फिल्मले कस्तो कथा पस्किनेछ भन्नेबारे प्रष्ट पारिएको छैन । यद्यपि, फिल्मले जात्राको सांस्कृतिक र धार्मिक महत्वलाई कथामा समेट्ने अनुमान गर्न सकिन्छ ।
सारंगी फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्मको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । निर्देशक पौडेल स्वयंको कथा लेखन रहेको फिल्ममा कलाकारहरू तय भएका छैनन् । आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । फिल्मको छायांकन मिति र प्रदर्शन मितिबारे केही दिनमा जानकारी गराइने निर्माता श्रेष्ठले जनाए ।
गत भदौमा निर्देशक पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । तर, दोस्रो सातामै जेनजी पुस्ताको आन्दोलनका कारण फिल्मको प्रदर्शन नै प्रभावित भयो । यद्यपि, यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । पाँचौं फिल्मको रुपमा ‘सिन्दुरे जात्रा’ बनाउन लागेका पौडेललाई ‘पूर्णबहादुरको सारङ्गी’ले कायम गरेको उच्च मानकको ठूलो दबाब छ ।

अमेरिकाले १९ देशका ग्रीन कार्ड धारकहरूको पुनः जाँच गर्ने

0

काठमाण्डौं । अमेरिकाले १९ देशबाट अमेरिका आउने मानिसहरूलाई जारी गरिएको ग्रीन कार्डको पुनः समीक्षा गर्ने भएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ देशका नागरिकहरूको ग्रीन कार्डको पूर्ण र कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएको जनाएका छन्।
बीबीसीले उल्लेख गरेअनुसार सूचीमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान, टोगो र टर्की समावेश छ।
बुधबार वाशिंगटन डीसीमा दुई राष्ट्रिय गार्डमाथि अफगानी नागरिकले गोली चलाएको आरोप लागेपछि ट्रम्प प्रशासनले यो घोषणा गरेको हो। गोली लागेर एक राष्ट्रिय गार्डको मृत्यु भएको छ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रम अन्तर्गत संदिग्ध रहमानुल्लाह लकनवाल २०२१ मा अमेरिका आएका थिए।

एनपीएलमा आज पनि दुई खेल ः चितवन र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

0

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा दुई अङ्क मात्र बटुलेको छ ।
तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

0

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृत प्रदान गरेका छन् ।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका हुन् ।
राष्ट्रपति पौडेलले आज मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच छलफल

0

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र नेकपा (एमाले) का नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी भएको थिए ।
एमाले वर्तमान सरकारप्रति असन्तुष्ट छ भने संसद पनुर्स्थापनाको माग पनि गरिरहेको छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...