काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ । एमाले महाधिवेशन यही मंसिर २६ गते हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय एमालेले गरेको छ ।
महाधिवेशन तयारी सचिवालयको आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले महाधिवेशन हुने स्थान र मुख्य नारा तय गरेको एमाले नेता डा. भिष्म अधिकारीले जानकारी दिए ।
एमाले गएको भदौमा सम्पन्न विधान महाधिवेशनको नारालाई नै महाधिवेशनको नारा बनाउने निर्णय गरेको छ । महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय भएको अधिकारीले जनाए ।
बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएका थिए ।
एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने
आज विवाहमञ्चमी, सीता र रामको पूजा गरिँदै
काठमाण्डौं । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मंगलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए ।
शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ ।
त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च गयो एमाले
काठमाडौं । नेकपा (एमाले) प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च अदालत गएको छ ।
असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन लिएर एमाले अदालत गएको हो ।
एमाले विघटित संसदीय दलका तर्फबाट मंगलबार रिट अदालतमा पेस गरिएको नेता महेश बर्तौलाले जानकारी दिए ।
एमाले विघटित संसदीय दलको बैठकबाट रिट लिएर जाने जिम्मेवारी दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई दिइएको थियो ।
एनपीएलमा आज काठमाडौं र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ ।
टीयू क्रिकेट मैदानमा दिउँसो ४ बजे हुन लागेको खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्न लागेको हो ।
जारी एनपीएलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं तीन खेलमा एक जित र दुई हार बेहोरेको छ ।
रोहित पौडेलको कप्तानी लुम्बिनीले दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै घटनामा आइतबार तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
आइतबार दिउँसो कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जेन्जी मुभमेन्ट नेपालले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ ।
सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो ।
जेन्जी मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरो लगाएको छ ।
प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणविना सम्भव नहुने’ भन्दै राजीनामा माग गरिएको छ ।
साथै सुशीला कार्की नेतृत्वको सरकारको ‘राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको भन्दै उसले सार्वजनिक अवज्ञा गर्न सबैलाई आह्वान गरेको छ ।
एनपीएलमा आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छ भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।
जनकपुर र विराटनगर गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।
दुई, दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छ ।
प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। हालसम्म जनकपुरले एक खेल मात्र खेलेको छ ।
कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।
हालसम्म ८ खेल सम्पन्न भएका छन् जसमा जनकपुरले १ खेल खेल्दा काठमाडौं गोर्खाजले ३ खेल खेलेको छ भने बाँकी सबै टिमले २–२ खेल खेलेका छन् ।
२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् । जनकपुर बोल्ट्स भने सातौं स्थानमा रहँदा २ खेलमा पराजित भएको पोखरा एभेन्जर्स आठौं स्थानमा छ ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेको छ ।
पत्रकार दिपेन्द्र खनिंया मृत अवस्थामा फेला
काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । उनी बानेश्वरस्थित घरमै मृत फेला परेका हुन् ।
घरमा कोही नभएको बेला आफ्नै घरको भर्याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।
उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । उनका श्रीमती र एक छोरी छिन् । उनी हास्यव्यंग्य रेडियो ‘रेडियो अडियो’ का सञ्चालक थिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
काठमाण्डौं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार सहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
आईतबार काठमाण्डौंको राष्ट्रिय सभागृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।
घोषणा कार्यक्रममा बोल्दै नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको जनाए । उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको जनाएका हुन् ।
‘जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौंपुस्तालाई हामीले छोड्दाखेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौ २३ र २४ गतेको आन्दोलनले प्रमाणित गरेको छ ।’
उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रिक, प्रगतिशीलहरू र राष्ट्रको चिन्ता गर्नेहरू एकठाउँमा आउने दिन भएको जनाए ।
उनले भने, ‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र होइन । यो संकटको घडीमा सबै लोकतान्त्रिक, प्रगतिशीलहरू र यो राष्ट्रको चिन्ता गर्नेहरू र राष्ट्र बचाउनुपर्छ भन्नेहरू एकठाउँमा आउने दिन हो ।’
उनले संविधानप्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको जनाउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठूलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनले जनाए ।
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीविरूद्वको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले जवाफ मागेको छ ।
राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश अवज्ञा गरेपछि कार्कीविरूद्व अवहेलना मुद्दा दर्ता भएको थियो ।
न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलास आइतबार कार्कीसहित विपक्षीसँग लिखित जवाफ माग गर्ने आदेश जारी गरेको हो।
















