एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ । एमाले महाधिवेशन यही मंसिर २६ गते हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय एमालेले गरेको छ ।
महाधिवेशन तयारी सचिवालयको आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले महाधिवेशन हुने स्थान र मुख्य नारा तय गरेको एमाले नेता डा. भिष्म अधिकारीले जानकारी दिए ।
एमाले गएको भदौमा सम्पन्न विधान महाधिवेशनको नारालाई नै महाधिवेशनको नारा बनाउने निर्णय गरेको छ । महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय भएको अधिकारीले जनाए ।
बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY