Page 8

सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सहकार्य

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ ।
प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
कम्पनीका अनुसार, “‘वान मिलियन ट्रीज क्याम्पेन’ ले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुर्‍याउने छ। एक मिलियन रूख लगाउने लक्ष्य नै आफैँमा वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फको महत्वपूर्ण कदम हो। यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिई दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा छ ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरिबाट १४८ वटा शाखा तथा उप शाखा बाट सेवा सुविधा दिंदै आइरहेको जनाएको छ ।

कामना सेवा विकास बैक र होटल सब्रिनाबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।

मंसिर महिनामा थप घट्यो वाणिज्य बैंकहरुको ब्याज दर

काठमाडौं । वाणिज्य बैंकहरुको ब्याज दर मंसिर महिनामा थप घटेको छ ।
२० वाणिज्य बैंक मध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर स्थिर राख्दा १० वटाले भने घटाएका छन् । बैंकहरुको नयाँ ब्याजदर भोलि मंसिर १ गतेबाट लागू हुनेछ ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज स्थिर राखेका छन् ।
यता, कुमारी बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्शियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् ।
वाणिज्य बैंकहरूको ब्याज दर कात्तिकको तुलनामा मंसिरमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.१६ प्रतिशत विन्दुले घटेको छ ।
मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले तोकेको अधिकतम ब्याजदर औसतमा ५.०४ प्रतिशत रहेको छ । ग्लोबल आईएमई बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत प्रस्ताव गरेको छ ।
बैंकहरूको ब्याज दर असोजको तुलनामा कात्तिकमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२६३ प्रतिशत विन्दुले घटेको थियो ।
बैंकहरुले मंसिरको लागि तोकेको संस्थागत निक्षेपतर्फको अधिकतम औसत ब्याज भने ३.५८ प्रतिशत रहेको छ । कात्तिक महिनाको लागि ५.२० प्रतिशत कायम भएको थियो ।

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ ।
बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको जनाए । उनले भने, ‘बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।’
मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको जनाए । मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ ।
नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।
मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।
नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

चलचित्र ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज

काठमाण्डौं । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शनिबार नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ ।
उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ ।
चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ ।
सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार–चढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भएपनि दर्शकलाई जोडेर राख्छ ।
‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ । भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ ।
यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमालगायत देशभरका हलमा रिलिज भएको छ ।
‘धागो मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । साथै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापालगायतका कलाकारले साथ दिएका छन् । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम।घोघले गरेका हुन् ।
फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस चलचित्रमा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन् । नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ ।

बिहार विधानसभा चुनाव २०२५ ः कुन दलका कति उम्मेदवारले जिते ?

काठमाडौं । भारतको बिहार राज्यको विधानसभा चुनाव २०२५ को नतिजा सार्वजनिक भएको छ ।
सत्तारुढ गठबन्धन एनडीएले प्रचण्ड बहुमत प्राप्त गरेको छ । सत्तारुढ भाजपाले सबैभन्दा धेरै ८९ सिट जितेको हो, त्यसपछि मुख्यमन्त्री नीतीश कुमारको जेडीयू दोस्रो स्थानमा रह्यो । जेडीयूले ८५ सिट, लोक जनशक्ति पार्टीले १९ सिट र जितन राम माझीको पार्टी एचएएमले ५ सिट जितेको छ ।
विपक्षी महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलका २५ उम्मेदवारहरू मात्र विजयी भए । कांग्रेस पनि ६ सिटमा सिमित भयो । यसअघि २०२० मा १२ सिट जेतेको भाकपा (माले) पनि २ सिटमा सिमित रह्यो ।
असदुद्दीन ओवैसीको पार्टी, एआईएमआईएमले २०२० मा जस्तै २०२५ को विधानसभा चुनावमा पाँच सिट जित्यो । अन्य दलहरूले नौ सिट जिते ।
बिहारमा नोभेम्बर ६ र ११ मा दुई चरणमा क्रमशः १२१ र १२२ सिटका लागि मतदान भएको थियो । सबै २४३ सिटको मतगणना शुक्रबार एकैसाथ गरिएको थियो ।

नेकपा एमालेले आज देशैभरि जनसभा गर्ने

काठमाडौँ । नेकपा एमालेले आज देशैभरि जनसभा गर्दैछ । उसैको भाषामा प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रमु अन्तरगत आज जिल्ला सदरमुकाम वा ठुला सहरहरुमा जनसभाको आयोजना गर्न लागिएको हो ।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरि अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ’ गौतमले भने ।
गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको छ । २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरूमा जनसभा हुँदैछन् । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
आजको जनसभामा महासचिव शङ्कर पोखरेलले नेपालगन्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नेछन्।
यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छविलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको बिर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन्। कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटामा आयोजना गरिने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि पुग्यो आयोग

काठमाडौं । प्रगतिशील लोकताान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।
नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पदबाट राजीनामा दिएका सन्तोष परियारबीच एकताको सहमतिपछि आयोग पुगेको हो ।
स्रोतका अनुसार, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई अद्यावधिक गर्ने गरी सहमति भएको छ । सहमतिपछि दर्ताका लागि आयोगमा निवेदन पुगेको हो ।

मधेश प्रदेश प्रमुखको कार्यालयमा सेना परिचालन

काठमाण्डौं । जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन् ।
पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् ।
पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग्दै नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवम कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् । उनीहरुले मधेश भवन अगाडि दुबैतर्फ सडक आवत जावत ठप्प बनाएर सडकमै बसेका छन् ।
उनीहरुले जंगली मुख्यमन्त्री चाहिँदैन, एकलौटी सभामुख राजिनामा दे लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन् । उनीहरुले आईतबारसम्म अदालतको निर्णय आउने भनेकाले सो दिनसम्म विरोध गर्ने जनाएका छन् ।
यस्तै तनावपूर्ण बनेको प्रदेश प्रमुख कार्यालय परिसरमा प्रदेश प्रमुखको सुरक्षार्थ सेना परिचालन गरिएको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभमाथि असुरक्षा बढेपछि सेना परिचालन गरिएको जनाईएको छ।

प्रधानमन्त्रीद्वारा मतदाता नामावलीको म्याद थप गर्न आग्रह, ५ दिन थप्ने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छिन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग आज भएको टेलिफोन कुराकानीमा म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् ।

 

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...