बिहार विधानसभा चुनाव २०२५ ः कुन दलका कति उम्मेदवारले जिते ?

काठमाडौं । भारतको बिहार राज्यको विधानसभा चुनाव २०२५ को नतिजा सार्वजनिक भएको छ ।
सत्तारुढ गठबन्धन एनडीएले प्रचण्ड बहुमत प्राप्त गरेको छ । सत्तारुढ भाजपाले सबैभन्दा धेरै ८९ सिट जितेको हो, त्यसपछि मुख्यमन्त्री नीतीश कुमारको जेडीयू दोस्रो स्थानमा रह्यो । जेडीयूले ८५ सिट, लोक जनशक्ति पार्टीले १९ सिट र जितन राम माझीको पार्टी एचएएमले ५ सिट जितेको छ ।
विपक्षी महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलका २५ उम्मेदवारहरू मात्र विजयी भए । कांग्रेस पनि ६ सिटमा सिमित भयो । यसअघि २०२० मा १२ सिट जेतेको भाकपा (माले) पनि २ सिटमा सिमित रह्यो ।
असदुद्दीन ओवैसीको पार्टी, एआईएमआईएमले २०२० मा जस्तै २०२५ को विधानसभा चुनावमा पाँच सिट जित्यो । अन्य दलहरूले नौ सिट जिते ।
बिहारमा नोभेम्बर ६ र ११ मा दुई चरणमा क्रमशः १२१ र १२२ सिटका लागि मतदान भएको थियो । सबै २४३ सिटको मतगणना शुक्रबार एकैसाथ गरिएको थियो ।

LEAVE A REPLY