काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्व चयनका लागि दुई प्यानल बनाएर उम्मेदवारी दिइएको छ ।
अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका हुन् ।
भृकुटीमण्डपमा जारी एमालेको ११ औं महाधिवेशनको बन्दसत्रमा सोमबार ओली र पोखरेलसहित नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका हुन् । आज पदाधिकारीसहित केन्द्रीय कमिटीको निर्वाचन हुनेछ ।
दुई पटक पार्टीको नेतृत्व गरिसकेका ओलीले तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनले आफ्नो टिमको महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिएका छन् । पोखरेलले निरन्तरता पाएपछि उपमहासचिव प्रदीप ज्ञवालीले असन्तुष्ट हुँदै उपाध्यक्षमा उम्मेदवार हुन अस्वीकार गरेका छन् । उनले केन्द्रीय कमिटी सदस्यका लागि मात्र उम्मेदवारी दिएका छन् ।
ओली टिमको उपाध्यक्षका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ छन् । पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए । महासचिवको दाबी गरेका गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाइएको हो ।
ओली प्यानलतर्फ उपमहासचिवका उम्मेदवारमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल छन् । रिमाल यसअघि पनि उपमहासचिव थिए भने महासेठ र भट्ट सचिव थिए । ओलीले प्रारम्भिक सूचीमा भट्टलाई सचिवको उम्मेदवार बनाएका थिए । तर उनले अस्वीकार गरेपछि उपमहासचिवमा उठाउने तयारी गरिएका भानभुक्त ढकाललाई सचिवको उम्मेदवार बनाई भट्टलाई उपमहासचिवको उम्मेदवार बनाइएको हो ।
निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।
मुस्लिम महिला कोटामा खाजिदा खातुन सिद्धिकी र प्रवास दक्षिण एसियामा हरिप्रसाद घिमिरे निर्विरोध चयन भएका छन् । अनुशासन आयोगमा अध्यक्ष प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेश घिमिरे निर्विरोध चयन भएका छन् । पिछडिएको क्षेत्र महिला कोटाबाट बदमी कुमारी बुढा पनि निर्विरोध चयन भएकी छन् । यस्तै, लेखा आयोगको अध्यक्ष पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका छन् । केन्द्रीय सदस्य ४० वर्ष मुनिका तर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध चयन भएका छन् ।
महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि केन्द्रीय कमिटीमा ५ प्रतिशत कोटा निर्धारण गरिएको छ, त्यो भनेको १५ जना हो । केन्द्रीय कमिटीमा पदाधिकारी १९ जनामध्ये अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट ९ जनाका दरले ९७२० जना रहनेछन् ।
यस्तै सबै प्रदेशबाट खुला ५, महिला ३ र युवा १ जना पनि हुनेछन् । खुला कोटाको १ सय २५ मा केन्द्रीय सदस्यमध्ये खुला ७१, महिला ५२ र युवा २ छन् । जनजाति, आदिवासी २५ मध्ये खुला १५, महिला ८ र युवा २ चयन हुनेछन् । त्यस्तै, मधेशी कोटामा १९ मध्ये खुला ११, महिला ६ र युवा २ नेता चयन हुनेछन् । प्रवास २ मध्ये भारतबाट १ र अन्य देशबाट १, श्रमिक ३ मध्ये खुला २ र महिला १, अपांगता भएका व्यक्ति १, दलित १२ मध्ये खुला ७, महिला ४ र युवा १ केन्द्रीय सदस्य रहनेछन् ।
थारू ‘क्लस्टर’ बाट ८ मध्ये खुला ५ र महिला ३, मुस्लिम समुदायबाट ५ मध्ये खुला ४ र महिला १ तथा पिछडिएको क्षेत्रबाट २ मध्ये खुला १ र महिला १ रहने गरी ‘क्लस्टर’ तय भएको छ । केन्द्रीय कमिटी ३ सय १ सदस्यीयको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी हुनेछ । त्यसैले अब १९ केन्द्रीय पदाधिकारी, ३३ स्थायी कमिटी र ९९ को पोलिटब्युरो हुनेछ ।
एमाले महाधिवेशनः ३०१ पदका लागि ६०३ उम्मेदवारी
निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल ः ओली नेतृत्वको टिमलाई विजय गराऔँ
काठमाडौं । नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन आज निर्णायक चरणमा प्रवेश गरेको छ । नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानलाई पार्टीको आन्तरिक लोकतन्त्रको महत्वपूर्ण परीक्षा मानिँदैछ ।
यही सन्दर्भमा पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरे । उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
यसै अवसरमा नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे ।
“म सधैं कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु,” भन्दै उनले कार्यकर्ता र प्रतिनिधिसँगको भावनात्मक सम्बन्ध र राजनीतिक प्रतिबद्धता पुनः दोहोर्याए ।
एमालेको भावी नेतृत्व र आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने यस निर्णायक मतदानले पार्टीलाई थप एकताबद्ध, सशक्त र जनउत्तरदायी बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
निर्वाचन तालिका अनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएपछि आजै मतगणना हुने जनाईएको छ ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।
ओली पक्षबाट उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्बीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन् ।
ओली पक्षबाट महासचिवको उम्मेदवार बन्ने तयारी गरेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । महासचिव नपाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर पदाधिकारीमा नबस्ने निर्णय लिएका हुन् ।
त्यस्तै, ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, सचिवमा पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् ।
प्रचार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने अग्नि खरेल र लालबाबु पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, अरुण नेपाल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र रघुजी पन्तले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउन आदेश
काठमाडौं । पतञ्जली जग्गा हिनामिना गरेको प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्धको मुद्दामा साक्षी झिकाउन अदालतले आदेश दिएको छ ।
आज विशेष अदालतका न्यायाधीस न्यायाधीश नारायण प्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले वादीका साक्षीहरू विशेष सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत र प्रतिवादीका साक्षीहरू प्रतिवादी माधव नेपालमार्फत नै झिकाइ भौतिक उपस्थिति वा भिडियो कन्फ्रेन्समार्फत बकपत्र गराउन आदेश जारी गरेको हो ।
भारतीय २०० र ५०० दरका नोट नेपालमा खुला गर्ने सरकारको निर्णय
काठमाण्डौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
आयोगको सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २०० तथा भारतीय रुपैयाँ ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था सरकारले गरेको छ ।
विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको उनले जनाए ।
संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिह्ना र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सदस्य हुन् भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका उनले जानकारी दिए ।
महासचिव नपाएपछि प्रदीप ज्ञवालीले दिए केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् ।
उनले महासचिव पदका लागि दावी गरिरहेका भएपनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षको सूचीमा राखेपछि असन्तुष्टि जनाउँदै उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् ।
उनी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर मतदानस्थलबाट घर हिँडेका छन् ।
पेट्रोलमा प्रतिलिटर रु. २ मूल्य बढ्दा मट्टीतेल र डिजलमा रु. ४ घट्यो
काठमाडौं । पेट्रोलको मूल्य बढेको छ भने र मट्टीतेलरडिजलको मूल्य घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ मूल्य बढाएको हो भने डिजेल र मटिट्तेलमा प्रतिलिटरमा ४ रुपियाँ मूल्य घटाएको हो ।
समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
रिलायबल नेपाल लाइफ डुम्रे शाखाद्वारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको डुम्रे शाखा कार्यालयले प्रस्तावकको मृत्यु भएपछि बीमित बच्चाको आमा मन कुमारी गुरुङलाई बीमा दाबी भुक्तानी गरेको हो ।
दाबी भुक्तानी कार्यक्रमका क्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख विरोध श्रेष्ठ, सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ र मेगा स्टार नन्द लाल भट्टले बीमितको परिवारलाई दाबी रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रिलायबल नेपाल लाइफको सुलभ बाल प्लस बीमा योजना अन्तर्गत उक्त बीमाको प्रस्तावक अमित सुवालको दुर्घटनामा असामयिक निधन भएपछि आवश्यक कागजात पूरा गरी बीमा दाबी प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
सबै प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी भुक्तानी बापत तोकिएको रकम ५ लाख र मासिक आय सुवीधा ५ हजार भुक्तानी गरेको हो । मासिक आय सुवीधा अब बच्चाले १६ वर्ष नपुगुन्जेलसम्म प्राप्त गर्दछ । दाबी रकम प्राप्त गरेपछि बीमित बच्चाको आमाले कठिन समयमा आर्थिक सहयोग प्राप्त भएको भन्दै कम्पनीप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधिले बीमाले विपद् तथा आकस्मिक अवस्थामा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै सबैले आफ्नो क्षमताअनुसार जीवन बीमा गर्नुपर्ने जनाए ।
कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा, ईभी गाडीमा परिवर्तन गर्न थप अनुदान
काठमाडौं । कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
दिगो, समावेशी तथा जिम्मेवार बैंकिङको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्वारा ब्यवस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतिय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट) मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउनेछन् ।
त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतिय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने छ ।
यसका लागि ऋणीहरुले परियोजनामा आवद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतिय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।
यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरुले ऋणिहरुको शुरुवाती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतिय सवारी साधनको प्रयोगसँगै प्रदुषण समेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभहरु प्राप्त हुने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले जनाए ।
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा छुट
काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्ट बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा, टाईगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थल स्थित होराईजन लाउन्ज र आन्तरिक विमानस्थल स्थित होराइजन क्याफेमा बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

















