Page 12

एमाले सचिवालय बैठक १ बजे बस्दै

काठमाडौं । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ ।
सचिवालय स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिदैछ । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिँदै आएको छ ।
एमाले महाधिवेशन २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सकिनेछ ।

भोलि १ बजे एमालेको सचिवालय बैठक बस्ने

काठमाडौं । नेकपा (एमाले) ले सचिवालयको बैठक बोलाएको छ ।
बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयनका विषयमा छलफल हुने जनाईएको छ ।
एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ । पार्टीको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो ।
एमालेको ११ औँ महाधिवेशन आगामी शनिबारदेखि सुरु हुँदै छ ।

जेनजी आन्दोलनमा ८४ अर्बभन्दा बढी क्षति

काठमाडौं । जेनजी आन्दोलनबाट भएको क्षति मूल्यांकन तथा पुनर्निर्माण योजना तयार गर्ने समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ संयोजक रहेको समितिले ७५ दिनमा प्रतिवेदन तयार परेको हो ।
समितिका अनुसार आन्दोलनका घटनाले सातै प्रदेशका ५४ जिल्ला र २६२ स्थानीय तहमा प्रभाव पारे। भदौ २३, २४ र त्यसपछि भएका घटनामा गरी कुल ७७ जनाको मृत्यु र २ हजार ४२९ जनाले चोटपटक व्यहोरेका छन्। घाइतेमध्ये १७ जना १३ वर्षमुनिका तथा १३–२८ वर्ष उमेरका १४३३ जना छन् ।
समग्र मूल्यांकनअनुसार आन्दोलनले ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी क्षति पुर्‍यायो । कुल २१६८ निकाय प्रभावित भएकामा २६७१ भवनमा मात्र ३९ अर्बभन्दा बढी क्षति देखिएको छ। १२ हजार ६५९ सवारी साधन नष्ट हुँदा करिब १२ अर्ब ९३ करोड रुपैयाँको नोक्सान भएको छ ।
क्षतिबाट सरकारी क्षेत्रमा ४४ अर्ब ९३ करोड, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड र सामुदायिक क्षेत्रमा ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको नोक्सान भएको उल्लेख छ । संघीय सरकारको हिस्सामा ६८ प्रतिशत क्षति परेको समितिको निष्कर्ष छ ।
समितिले पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने अनुमानसमेत प्रस्तुत गरेको हो ।

एनपीएल ः विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जीत निकाल्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ ।
बिहीबारको विजेता लुम्बिनीले अब उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरविरुद्ध ७७ रनको जीत निकाल्दै लगातार दोस्रोपटक फाइनल यात्रा तय गरेको थियो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो । विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका ५ मध्ये पाँचै बलरले विकेट लिए । तिलक भण्डारीले ३ विकेट लिए । ४ ओभरमा तिलकले ३.७५ को इकोनोमीसहित १५ रन मात्र खर्चिएका थिए ।
अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान २ विकेट लिए भने शेर मल्लको नाममा १ विकेट रह्यो ।
विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा २ चौका र २ छक्का प्रहार गरे । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
ओपनरद्वय मार्टिन गप्टिल र फाफ डू प्लेसिसले क्रमशः २ र ३ रन मात्र जोडे । तेस्रो क्रमका ब्याटर लोकेश बम ‘गोल्डेन डक’ भए, शंकर रानाले ७ रन थपे । बसिर अहमेद र कप्तान तथा मार्की सन्दीप लामिछाने समान ३ रनमा पभेलियन फर्किए । प्रशितक जिसीको नाममा २ रन बन्यो ।
टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो ।
लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा २ चौका र २ छक्कासहित ३४ रन थपे । यी दुवैले ८–१ को स्थितिबाट ६९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । तर ११.२ ओभरमा ७७–२ को स्थितिबाट लुम्बिनी २७ रन जोड्दा १६ ओभरमा १०४–६ को स्थितिमा पुगेको थियो ।
निरोसान डिकवेलाले २२ बलमा ४ चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान १ रनमा पभेलियन फर्किएका थिए ।
विराटनगरका स्पिनर सुवास भण्डारीले ३ विकेट लिए । ४ ओभरमा उनले ३.५० को इकोनोमीसहित १४ रन मात्र खर्चिए । ४ ओभर बलिङ गरेका प्रतिश जिसीले २७ रन खर्चिंदै ३ विकेट लिए । कप्तान सन्दीप लामिछानले ४ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए ।
प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल सुदूरपश्चिम र लुम्बिनीबीच मंसिर २७ गते हुनेछ ।

नेपाल लाइफको बोनस दर सार्वजनिक

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१, ८२ का लागि बोनस दर घोषणा गरेको हो । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१, ८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखअन्तर्गत नयाँ बोनस दर लागू हुनेछ ।
विषम आर्थिक परिस्थितिका बीच पनि नेपाल लाइफले आफ्नो बोनस दरलाई स्थिर राख्न सफल भएको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरु, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् । कम्पनीले लिएका रणनैतिक निर्णयहरुका कारण नै बोनस दरलाई स्थिर राख्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जनाए ।
कम्पनीका अनुसार सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदय एकल) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ । सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजारमा ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष बढी अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, सावधिक जीवन बीमालेख (जीवन समुनन्त) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना– विकल्प १ विकल्प २) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६५ रुपैयाँ कायम कायम गरिएको छ । सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना विकल्प १० एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ५५ रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ कायम गरिएको छ । सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ । सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि–१५ वर्ष, जीवन समृद्धि–१५ वर्ष) अन्तर्गत बीमालेखमा १५ वर्षे अवधि र २० वर्षे अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ ।
अग्रिम भुक्तानी सावधिक ९धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ । अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि) मा अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ ।
अन्य (जीवन सारथी) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८५ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

माघ १४ देखि १७ गतेसम्म काठमाडौँ महोत्सव हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा माघ १४ गतेदेखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौँ महोत्सव २०८२’ हुने भएको छ । उक्त महोत्सवबारे आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिएका हुन् ।
नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकिय केन्द्रका रूपमा रहेका काठमाडौँ उपत्यकाको पहिचानलाई अझ सबल बनाउन, स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न तथा उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्न उद्देश्यका साथ यो महोत्सव आयोजना गर्ने लागिएको हो ।
करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिनेछ , जसमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।
प्रदर्शकहरूको सहभागिता स्वदेशी औद्योगिक उत्पादन कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स–होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन र मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एण्ड टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था र जिल्लागत विशेष उत्पादनजस्ता विविध व्यवसायिक क्षेत्रहरूबाट रहनेछ, जसले यस महोत्सवलाई बृहत् राष्ट्रिय व्यापारिक मञ्चमा रूपान्तरण गर्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जनाए ।
अवलोकनकर्ताहरूमा सर्वसाधारण, उद्यमी, व्यवसायी, युवा–उद्यमी, विद्यार्थी, स्टार्टअपहरू, पर्यटक, फुड–लवर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता हुनेछन् ।

आइएमई लाइफको लाभांश घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१, ८२ को मुनाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीआज बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको कुल १० दशमलव ५२३६२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

वैवाहिक वर्षगाठमा श्रीमतीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । काठमाडौं सामाखुसीस्थित ‘डिजाइन फेशन कलेक्सन’ का सञ्चालक बगुवा गोरखा निबासी सुमन श्रेष्ठले आफ्नो श्रीमती चम्फा श्रेष्ठलाई बीमा पोलिसी उपहार दिएका छन् । उनले वैवाहिक वार्षिकोत्सवको अवसरमा उक्त बीमा पोलिसी उपहार दिएका हुन् ।
उनले नेशनल लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँ बीमांकको १५ बर्षे अमृतश्री योजना बीमा उपहारस्वरूप दिएका हुन् । नेशनल लाईफ इन्स्योरेन्सका चिफ बिजिनेस मेनेजर सुमन श्रेष्ठले बेलैमा जीबनबीमा गरेमा आफ्नो र परिबारको आर्थिक सुरक्षा हुने र ढुक्कले जिउन सकिने कुरा जनाए।
नेशनल लाइफ इन्स्योरेन्स कलन्की शाखाका प्रमुख रामचन्द्र घिमिरेले आजकाल बीमाको महत्व जनमानसले बुझ्दै गएको र अन्य जिन्सी सामग्री भन्दा बचत र सुरक्षा प्रत्याभूत हुने जीबनबीमा नै उपहारको रुपमा दिने प्रचलन लोकप्रिय हुँदै गएकोले सवैलाइ बीमाको दायरामा आउन आग्रह गरेका छन् ।

 

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।
आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ । यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ ।
आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दाबी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

जेनजी आन्दोलनपछि नेपाललाई विश्वले हेरिरहेको छ ः राष्ट्रपति

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन अपिल गरेका छन् ।
७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको जनाएका छन् ।
‘देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्छ’, सन्देशमा उनले भनेका छन् ।
विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ बढी अग्रसरता लिनुपर्ने उनले उल्लेख गरेका छन्।
सन्देशमा भनिएको छ, ‘मानवले मानवजस्तो भएर बाँच्न पाउने जीवनको आधार मानव अधिकार भएकाले आज विश्वमा मानव अधिकार दिवसलाई उच्च महत्वका साथ मनाइँदैछ, मानव अधिकार जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषय नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान पुर्‍याएको छ।’
व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको राष्ट्रपति पौडेलको भनाइ छ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...