जेनजी आन्दोलनमा ८४ अर्बभन्दा बढी क्षति

काठमाडौं । जेनजी आन्दोलनबाट भएको क्षति मूल्यांकन तथा पुनर्निर्माण योजना तयार गर्ने समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ संयोजक रहेको समितिले ७५ दिनमा प्रतिवेदन तयार परेको हो ।
समितिका अनुसार आन्दोलनका घटनाले सातै प्रदेशका ५४ जिल्ला र २६२ स्थानीय तहमा प्रभाव पारे। भदौ २३, २४ र त्यसपछि भएका घटनामा गरी कुल ७७ जनाको मृत्यु र २ हजार ४२९ जनाले चोटपटक व्यहोरेका छन्। घाइतेमध्ये १७ जना १३ वर्षमुनिका तथा १३–२८ वर्ष उमेरका १४३३ जना छन् ।
समग्र मूल्यांकनअनुसार आन्दोलनले ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी क्षति पुर्‍यायो । कुल २१६८ निकाय प्रभावित भएकामा २६७१ भवनमा मात्र ३९ अर्बभन्दा बढी क्षति देखिएको छ। १२ हजार ६५९ सवारी साधन नष्ट हुँदा करिब १२ अर्ब ९३ करोड रुपैयाँको नोक्सान भएको छ ।
क्षतिबाट सरकारी क्षेत्रमा ४४ अर्ब ९३ करोड, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड र सामुदायिक क्षेत्रमा ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको नोक्सान भएको उल्लेख छ । संघीय सरकारको हिस्सामा ६८ प्रतिशत क्षति परेको समितिको निष्कर्ष छ ।
समितिले पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने अनुमानसमेत प्रस्तुत गरेको हो ।

LEAVE A REPLY