Page 5

ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग शीर्ष तीन दलका नेताहरूले गरेको छलफल सकिएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।
उनीहरूबीच झण्डै साढे २ घण्टा छलफल भएको हो । दिउँसो साढे ३ बजेबाट भएको छलफल भर्खरै सकिएको हो । छलफलका विषयहरू सार्वजनिक भएका छैनन् ।

जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएर आयोगमै सात दिनभित्र उपस्थित भई बयान दिन भनिएको छ।
आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ। यसैक्रममा पूर्वगृहमन्त्री लेखकलाई पत्र पठाइएको हो।
आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

विभिन्न चार कम्पनीको लाभांश घोषणा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले लाभांश पाउने छन् ।
यता, एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आवको नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिले बैठकले ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश ९करसहित० प्रस्ताव गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे शेयरधनीले लाभांश पाउने छन् ।
त्यस्तै बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यता, अपि पावर कम्पनी लिमिटेडले ५.२६प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त कम्पनीको साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।

डिजिटल रूपान्तरणमा एनएमबि बैंकको फड्को, ‘डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५’ प्राप्त

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ।
यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन। एनएमबि बैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो।
यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्बित गर्दछ। एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले पुष ३० गते बोलायो साधारण सभा

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा नेशनल लाइफ भवन केन्द्रिय कार्यालय लाजिम्पाटमा पुष ३० गते बिहान १०.३० बजेका लागि बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ८.५ प्रतिशत नगद र ४ प्रतिशत बोनस लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभाले गत आर्थि वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन, बासलात, आय–ब्यय हिसाब, नाफा–नोक्सान हिसाबममाथि छलफल गरी पारित गर्ने छ । चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको हो ।
सभाको एजेण्डामा कम्पनीको चुक्तापूँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने र प्रबन्धपत्रको दफा ४ (५) को हालको लगानी सम्बन्धी ब्यवस्था थप परिमार्जन गर्ने समेत रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीकोले पुष १७ गते बुक क्लोज गर्ने भएको छ । भदौ १६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ ।
यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।
आज कारोबारमा आएका स्कट मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ अंकको शयर मूल्य घटेको छ । त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सवैभन्दा बढी ७.०१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ । बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ । यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।

कक्षा १२को परीक्षा फाराम खुला

काठमाण्डौं । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि कक्षा १२ को परीक्षा फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले मंगलबार सूचना जारी गर्दै १२ को लागि फाराम खुला गरिएको जनाएको हो ।
यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।
यस्तै छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने छन् ।

निर्वाचन आउन ७२ दिन बाँकी ः यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।
निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।
यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर गरेकालाई अयोग्य घोषणा गरिनेछ ।
नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको भए पनि त्यस्ता उम्मेदवार अयोग्य हुने व्यवस्था छ । सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गेको मितिले छ वर्ष पूरा नभएकासमेत अयोग्य हुने कानुनी प्रबन्ध छ ।
जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएका उम्मेदवार हुन पाउँदैनन् । प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन् ।
नेपालको नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको उम्मेदवार भने योग्य हुने प्रबन्ध छ ।

महाधिवेशनको सन्देश प्रवाह गर्न एमाले प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक आज

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठुलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । दिउसो २ बजे पार्टी कार्यालयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारी देखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ ।
‘११ औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो’ अधिकारीले भने ‘महाधिवेशनले चुनेको नेतृत्व,यसको कार्यभार,वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रस्ट पार्नुहुनेछ ।’
एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि,पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टीपंक्तीमा निर्देशन पठाउने भएको छ । कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।

एमाले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीति, मुलुकको वर्तमान अवस्था तथा आपसी सहकार्यका विषयमा छलफल भएको बुझिएको छ। भेटमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।
गत साता सम्पन्न महाधिवेशनपछि तेस्रो पटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । संसद् पुनःस्थापनाको मुद्दामा कांग्रेस र एमाले एकै धारमा उभिएका छन्।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...