विभिन्न चार कम्पनीको लाभांश घोषणा

0

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले लाभांश पाउने छन् ।
यता, एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आवको नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिले बैठकले ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश ९करसहित० प्रस्ताव गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे शेयरधनीले लाभांश पाउने छन् ।
त्यस्तै बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यता, अपि पावर कम्पनी लिमिटेडले ५.२६प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त कम्पनीको साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।

LEAVE A REPLY