Page 11

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले उत्पादन र बिक्री गर्ने गरेको ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिको तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषको बिक्री खुल्ला

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आजदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रिमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डबाट मिति २०८२, ०९, १३ गते प्रति इकाई रु. १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपियाँ बराबरको १६ करोड इकाई मध्ये बीज पूँजीबापत १५ प्रतिशत इकाई, जसमध्ये १४ (चौध) प्रतिशत अर्थात २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ (एक) प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो ।
उक्त फण्डको न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । नेपाल लाइफ म्युचुअल फण्ड अन्र्तगतको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ । फण्डको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएिस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि आश्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

सेयर बजारमा ३१.१२ अंकको वृद्धि, साढे ८ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार पनि नेप्से १.५२ अंकले बढेको थियो । बिहीबार भने नेप्से बन्द थियो ।
आइतबार नेप्सेमा कुल ८ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ ।
आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सबै समूहको सेयर मूल्य उकालो लागेको छ ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि हुँदै

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आइतबारदेखि सुरु हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले पहिलो खेलमा थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ ।
नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको जनाएकी छन् । प्रतियोगिता शुरु हुनुभन्दा एकदिन अघि शनिबार प्रि–म्याच कन्फेरेन्समा उनले १८ वर्षपछि मौका पाएकाको र अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पाएकाले मनोबल बढेको जनाईन ।
यस्तै आइतबार नै अरू २ खेल पनि हुँदैछन् । दुवै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आयरल्यान्ड र पपुवा न्यू गिनीको खेल बिहान ९ बजे शुरु हुनेछ भने बङ्गलादेश र अमेरिकाको खेल दिउँसो १ बजे शुरु हुनेछ । प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् ।
समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् । तालिकाअनुसार नेपालले पहिलो खेलमा आइतबार थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।
१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू सुपर–सिक्समा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

बेलायतसहित यी ८ देशहरूमा ट्रम्पले लगाए १० प्रतिशत कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क, बेलायत, फ्रान्स र अन्य युरोपेली संघका देशहरूमाथि ग्रिनल्याण्डलाई गाभ्ने योजनाको विरोध गरेको भन्दै १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन् । ट्रुथ सोसलमा एक पोस्ट लेख्दै ट्रम्पले यो फेब्रुअरी १ ​​देखि लागू हुने जानकारी गराएका हुन् ।
ट्रम्पका अनुसार यदि ग्रिनल्याण्डलाई जुनसम्ममा सबै तरिकाले नियन्त्रण गरिएन भने यो शुल्क जुन १ देखि २५ प्रतिशतमा बढाइने चेतावनी पनि दिएका छन् । ट्रम्पको यो निर्णय युरोपेली देशहरूले शुक्रबार चेतावनी जारी गरेको एक दिन पछि आएको हो ।
ट्रम्पका अनुसार यो भन्सार शुल्क डेनमार्क, बेलायत, फ्रान्ससहित नर्वे, स्वीडेन, जर्मनी, नेदरल्याण्ड्स र फिनल्याण्डमा लागू हुनेछ ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि खनिजले भरिपूर्ण ग्रिनल्याण्डलाई अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको भन्दै आएका छन् । उनका अनुसार ग्रिनल्याण्डलाई चीन, रुसले कब्जा गर्नबाट जोगाउन यसलाई अमेरिकी नियन्त्रणमा ल्याउनु आवश्यक छ ।

 

रास्वपा केन्द्रीय समितिको बैठक २ बजे बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने जनाईएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने जनाईएको छ ।
निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् ।

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने, पार्टी कार्यालय नछोड्ने

काठमाण्डौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्षले आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
शनिबार बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको यो निर्णय अवैधानिक, एकतर्फी र दुषित मनसायबाट प्रेरित भएको बैठकले निष्कर्ष निकालेको जनाए।
उनले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई आयोगको उक्त निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको जनाए।
उनले भने, ‘उपस्थित संख्या समेत नहेरी एकतर्फी रूपमा गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’
महतले निर्वाचन आयोगले आफूहरूलाई आफ्नो पक्ष राख्ने मौका समेत नदिएको गुनासो गरे। ‘आयोगले हामीलाई बोलाउँदा पनि बोलाएन। हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि पूरा गरेन,’ महतले भने, ‘नजीर, विधान र निर्वाचनसम्बन्धी कानुनको पालना नगरी अन्यायपूर्ण निर्णय गरियो।’
साथै उनले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने जनाउँदै आइतबार सर्वोच्च अदालत जाने तयारी रहेको जानकारी दिए।
महतले भने, ‘सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाइ गर्ने ठाउँ हो। भोलि हामी यसको खिलाफमा सर्वोच्च जान्छौँ। हामीलाई विश्वास छ, सर्वोच्चबाट न्याय हुन्छ र स्टे अर्डर आउन सक्छ।’
उनले भने, ‘अहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।’
महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपाको पाटी कार्यालय छोड्ने प्रश्नै नउठ्ने जनाए।
निर्वाचन आयोगले शुक्रबार कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गरेको थियो । देउवा पक्षीय कांग्रेसले उक्त निर्णयको प्रतिवाद गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी १ बजे सुरु भएको छ ।
अर्पण व्याङक्वेट, नयाँ बानेश्वरमा सुरु भएको बैठक पार्टीलाई कसरी एक ढिक्का बनाएर कसरी लैजाने, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुनेछ ।
निर्वाचन आयोगले मान्यता दिएपछि बस्न लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले शनिबार साँझ मान्यता दिएको थियो ।

‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ ः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने जनाएका छन् ।
नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने जनाएका हुन् ।
निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। “पार्टीभित्रका अग्रज नेतालाईसँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एकदुई दिनभित्र सिङ्गो काँग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,” उनले भने ।
उनले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई अगाडि बढाउने दृढता व्यक्त गरे ।

निर्वाचन प्रहरीमा आवेदन दिने म्याद थपियो

काठमाण्डौं । निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नआएपछि आवेदन दिने समय थप गरिएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेपछि शनिबारसम्म म्याद थप गरिएको हो ।
दरखास्त संख्या न्यून भएपछि आवेदन दिने समय थपिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दरखास्त दिने अन्तिम दिन तोकिएको थियो ।
कास्कीलगायत उच्च जनघनत्व भएका केही जिल्लामा समेत दरखास्त कम परेपछि म्याद थप गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो जिल्लास्थित कार्यालयबाट पुस २५ गते निर्वाचन प्रहरीका लागि भर्ना खुलाएका थिए । एक साताको समय तोकिएकामा करिब २ लाखको आवेदन परेको थियो । अधिकांश जिल्लामा मागभन्दा बढी आवेदन परेको छ । तर भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन् ।
२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा परिचालन गर्न नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ ।
मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो । वैशाख २०७९ को स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाउँदा तेब्बर अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो ।
तर यो पटक पहिलेभन्दा बढी आवेदन माग गरिएपनि कम आवेदन परेकाले समय थप गरिएको हो । नेपाल प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पूर्वम्यादी प्रहरी, पूर्वसुरक्षाकर्मी र वन रक्षकसमेत छन् ।
आसन्न निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्न केन्द्रीय सुरक्षा समिति बैठकले स्वीकृति दिइसकेको छ । जसअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति परिचालित हुँदै छन् ।
यसबाहेक ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी छ ।
निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् ।
एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुनेगरी ४० दिनको ३४ हजार रुपैयाँ तलब र जिल्ला दर निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता पाउँछन् ।
निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलअन्तर्गत छनोट हुने निर्वाचन प्रहरीको तालिम छुट्टाछुट्टै हुनेछ र उनीहरूको पोसाक पनि फरक रहनेछ ।
नेपाल प्रहरीमार्फत भर्ना हुने म्यादी निर्वाचन प्रहरीलाई प्रत्यक्ष रूपमा मतदान केन्द्रमा खटाइनेछ भने सशस्त्र प्रहरी बलमार्फत भर्ना हुनेलाई बाहिरी गस्ती तथा कार्यालय सहयोगका कार्यमा परिचालन गर्ने तयारी छ ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...