काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ ।
महामन्त्री थापाले विशेष महाधिवेशनमा सोमबार (पुस २८) राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री शर्माले भने सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन पारित भएसँगै मंगलबारका लागि विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।
महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदन पारित
काँग्रेस विशेष महाधिवेशन ः सभापतिका लागि चारजनाले लगे फारम
काठमाडौं । नेपाली काँग्रेसको जारी विशेष महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ताका लागि चारजनाले फारम लिएका छन् ।
साँझ ५ बजेसम्म चार जनाले फारम लगेका हुन्। निर्वाचन समितिले आजै साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।
आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेकोमा मतदान भने सर्न सक्ने सम्भावना देखिएको हो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्यायको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो ।
युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकवर्गहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउनेछ ।
यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ।
सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकवर्गहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्। इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैंकले जानकारी गराएको छ।
यस कार्डको शुभारम्भमार्फत एनआईएमबी बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ। आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक–मैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहने बैंकले जनाएको छ ।
बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
माछापुच्छ्रे बैंकको ‘वीच्याट पे’ सञ्चालनकर्ता ‘टेनपे’सँग प्रत्यक्ष साझेदारी
काठमाडौं । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले टेनपे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेडसँग प्रत्यक्ष सम्झौता गरेको छ ।
टेनपे चीनमा वीच्याट पे सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकले ‘वीच्याट पे’को माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ ।
जस अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपियाँमा रकम प्राप्त गर्नेछन् । यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगदरहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेख्निय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाबाट १२ प्रतिशत लाभांश पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
सभाले गत आवको नाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ५५८ जनाले गरे रक्तदान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
बैंक पुस १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ रक्तदाताहरुले रक्तदान गरेका छन् ।
बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
काठमाण्डौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना थालेका छन् । यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ताको समय तोकेको थियो । आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा अनुपस्थित अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरिएको थियो ।
नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार रहेका छन् । दलगत रूपमा सबैभन्दा धेरै जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै भएको एकतापछि बन्दसूची मिलान गर्न नाम फिर्ता लिने र नयाँ व्यवस्थापन गरिएको सम्बन्धित दलले जनाएको छ । आयोगका अनुसार अन्तिम नामावली सार्वजनिक हुँदा फिर्ता लिने उम्मेदवारको सङ्ख्या अझै परिवर्तन हुनसक्छ ।
यस निर्वाचनका लागि समानुपातिकतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक र १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।
नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ ।
पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे शपथ ग्रहण सुरु हुनेछ ।
पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ ।
कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति रहने जनाईएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा विशेष अधिवेशनको बन्दसत्र जारी रहेको अवस्थामा बैठक बोलाइएको हो ।
महामन्त्रीद्वय थापा र शर्माले बोलाएको विशेष महाधिवेशन जारी रहँदा पार्टी फुटको दिशातर्फ अगाडि बढिरहेको छ ।
कांग्रेस विशेष महाधिवेशन लम्बियो
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ ।
दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न बाँकी रहेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।
विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको जनाए ।
मंगलबार नै नेतृत्व चयन थालिने समेत उनले जनाए ।
उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।

















