Page 16

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरुको नाम दर्ता धमाधम

काठमाण्डौं । नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन आजदेखि काठमाण्डौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशनमा प्रतिनिधिको नाम दर्ता गराउने क्रम जारी रहेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।
७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।
देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको र भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले जनाए । शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरू समेत महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की लगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो ।
आज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती हो र यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सुनको मूल्य तोलामा २८ सयले बढ्यो, चाँदीको पाँच हजारनजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।
यससँगै उपभोक्ताले एक तोला सुन किन्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ ।
यसअघि शुक्रबार (पुस २५) छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।

निर्वाचनमा खटिने कर्मचारीको बीमा गरिने

काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षा तथा उपचार व्यवस्थालाई सुनिश्चित गर्न सामूहिक दुर्घटना बीमा योजना गरिएको छ ।
निर्वाचनमा खटिने कर्मचारीलाई बीमा गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सय सम्बन्धी सम्झौता पनि गरेको छ ।
सम्झौताअनुसार निर्वाचनका विभिन्न चरणमा खटिने कर्मचारीलाई बीमाको दायराभित्र समेटिएको छ । बीमाले दुर्घटनाजन्य कारणबाट हुने मृत्यु, अंगभंग तथा औषधोपचार खर्चलाई समेट्नेछ भने निर्वाचनसँग सम्बन्धित गतिविधिका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक जोखिम पनि बीमाको संरक्षणभित्र रहने व्यवस्था गरिएको छ ।
सम्झौतामा निर्वाचन कार्यका क्रममा घाइते वा गम्भीर अवस्थामा पुगेका कर्मचारीलाई आपतकालीन उपचारका लागि हेलिकप्टर वा हवाइजहाज प्रयोग गर्न सकिने व्यवस्था थप गरिएको छ ।
दुर्गम तथा पहुँच कठिन क्षेत्रबाट उपचारका लागि उद्धार गर्नु परेमा त्यसका लागि आवश्यक खर्च बीमाअन्तर्गत व्यहोर्ने प्रावधान राखिएको छ । यद्यपि, हेलिकप्टर प्रयोग तथा औषधोपचार खर्चको सीमा तोकिएको छ, जसअनुसार कुल खर्च निश्चित गरिएको रकमभन्दा बढी नहुने व्यवस्था गरिएको छ ।
बीमाअन्तर्गत प्रति व्यक्ति बीमांक रकम २० लाख रुपैयाँ कायम गरिएको छ । बीमा अवधि निर्वाचनसँग सम्बन्धित कार्य सुरु हुने मितिदेखि तोकिएको अवधिसम्म लागू हुने जनाइएको छ । यस बीमा योजनाबाट दुई लाखभन्दा बढी कर्मचारी लाभान्वित हुनेछन् ।
राष्ट्रिय बीमा कम्पनीका अनुसार जिल्ला निर्वाचन कार्यालयका स्वीकृत दरबन्दीका तथा निर्वाचन प्रयोजनका लागि काजमा आउने पाँच सय कर्मचारीका लागि २०८२ पुष १५ गतेदेखि ९० दिन बीमा अवधि तोकिएको छ ।
यस्तै, मुख्य तथा निर्वाचन अधिकृतको कार्यालयमा खटिने १ हजार ४८५ कर्मचारीका लागि माघ २ गतेदेखि ७० दिन, मतदान केन्द्रमा खटिने २ लाख ८ हजार ७०१ कर्मचारीका लागि फागुन १० गतेदेखि १५ दिन तथा मतगणना कार्यमा खटिने २ हजार ४७५ कर्मचारीका लागि फागुन २१ गतेदेखि १५ दिन बीमा अवधि लागू हुनेछ ।

काँग्रेसको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोगना गर्ने तयारी गरेका थिए । तर नेता शेखर कोइराला पत्रकार सम्मेलनमा नआउने भएपछि स्थगित गरिएको जनाईएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि काँग्रेसभित्रको विवाद चरम उत्कर्षमा छ ।

एमाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ ।
११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो ।
सोही निर्णयअनुसार शनिबारबाट दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ ।
बैठकले फागुन २१ को निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्नुका साथै केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने छ ।

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको पुस २१ गते सोमबार काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बसेको चौबीसौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।
सभाले बैंकको गत आर्थिक वर्ष २०८१, ८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशतका दरले नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। लाभांश पारित भएसँगै पुस २१ गतेदेखि नै सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश बापत रकम पठाउन थालिएको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ।
साधारण सभाले नगद लाभांशका साथै ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो। बोनस शेयर भने नेपाल स्टक एक्सेचन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपछि मात्रै सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ। लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरेको थियो। तसर्थ नेप्सेमा पुस ६ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन्।
डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका तथा हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी सोसँगै हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर पनि अद्यावधिक गर्न आग्रह गरेको छ। साथै शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको बैंक, वित्तीय संस्थाबाट स्वीकृति पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने बैंकले जनाएको छ।

श्रीमानलाई जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विवाह, व्रतबन्ध, विवाह, पास्नी, जन्मदिन, वार्षिकोत्सव जस्ता चाडपर्वहरूमा फजूल खर्च र महंगो क्षणिक रमाईलोको उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन दिन प्रतिदिन बढ्दै गइरहेको छ।
यसैको पछिल्लो उदाहरण स्वरूप कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका–०५ की सीता कुमारी जोशीले आफ्नो श्रीमानको जन्मदिनमा महंगो उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिएकी छन्।
उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय आईबीआरडीबाट ५ लाख रुपैयाँ बीमांकको सुरक्षित प्लस जीवन बीमा पोलिसी आफ्नो श्रीमानलाई जन्मदिनको उपहार स्वरूप दिएकी हुन्।
श्रीमानको जन्मदिनलाई थप विशेष र स्मरणीय बनाउने उद्देश्यले श्रीमानको भविष्यको जोखिम समेत रक्षावरण गर्ने हेतुले बीमा पोलिसी उपहार दिएको जनाएकी छन्। उक्त बीमालेख शाखा प्रमुख शंकर जैशी र एजेन्सी म्यानेजर राम बहादुर रोकयाले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

अरूको नाममा रहेको सिम अनलाइनबाटै आफ्नो नाममा ल्याउन सकिने

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाका प्रयोगकर्तालाई लक्षित गर्दै सिम कार्डको स्वामित्व आफ्नै नाममा दर्ता गर्न मिल्ने अनलाइन केवाईसी अद्यावधिक सुविधा सञ्चालनमा ल्याएको छ । लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गर्दै आएका वा आफ्नो व्यक्तिगत विवरण अद्यावधिक नगरेका ग्राहकहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।
यस सेवासँगै अब सिम कार्डको स्वामित्व परिवर्तन गर्न वा विवरण सच्याउन टेलिकमको कार्यालय पुग्नुपर्ने झन्झट हटेको छ । कम्पनीले तयार पारेको अनलाइन फारममार्फत ग्राहकहरूले घरमै बसेर आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् ।
अनलाइन केवाईसी अद्यावधिक वा सिमको स्वामित्व दाबी गर्न प्रयोगकर्ताले केही कागजात तथा विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसअन्तर्गत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले प्रयोग गरिरहेको सिमबाट हालसालै सम्पर्कमा आएका पाँचवटा मोबाइल नम्बरको विवरण र हालै खिचिएको एक प्रति डिजिटल फोटो आवश्यक पर्ने टेलिकमले जानकारी दिएको छ ।

सुनको मूल्य तोलाको २१ सय बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज सुनको मूल्य तोलाको २१ सय बढेको हो भने चाँदीको मूल्य प्रतितोला ५५ रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
यसअघि पुस १३ गते सुन हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपियाँमा कारोबार भइरहेको छ । यसअघि पुस २३ गते चाँही हालसम्मकै उच्च ४ हजार ९ सय ३५ रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...