Page 14

दोहोरो अंकले घट्यो शेयर बजार, साढे ११ अर्ब बढीको कारोबार

0

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटे पनि कारोबार रकम भने साढे ११ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२५ अंकले घटेको हो । ०.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९८.४४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि लगानी र अन्य समूह क्रमशः ०.०८ र ०.४६ प्रतिशत बढेका छन् । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३३० कम्पनीका २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १ सय ४३.११ रुपियाँ बराबरको कारोबार भएको छ ।
सुपरमाई हाइड्रो, रिडी पावर र खानीखोला हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८ र ९.९७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सुपरमाई हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ३ लाख ४८ हजार १ सय ५५.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउने गगन थापाको घोषणा

0

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा ल्याउने घोषणा गरेका छन् ।
आइतबार एक भिडिओ सन्देश जारी गर्दै थापाले ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने जनाएका हुन् ।
उनले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय बीमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको जनाए ।
उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको भन्दै थापाले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता रहेको औँल्याएका छन् ।
उनले भनेका छन् ‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो,हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’ स्वास्थ्य बीमा सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले धेरै बिरामीलाई भेटेर समस्या बुझेपछि यो योजना अघि सारेको जनाए । उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको ।’
थापाले स्वास्थ्य बीमा सुधारका लागि चारवटा मुख्य आधारस्तम्भ प्रस्तुत गरेका छन् । पहिलो आधारका रूपमा उनले ‘विश्वव्यापी पहुँच’ (युनिभर्सल कभरेज) लाई लिएका छन् ।
दोस्रोमा अनौपचारिक क्षेत्रलाई समेट्दै प्रत्येक नेपालीको अनिवार्य बीमा गरिने र प्रिमियम तिर्न नसक्ने अति विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिने उनले बताए । यसका लागि रक्सी, चुरोटजस्ता वस्तुमा विशेष कर लगाएर सो रकम सिधै स्वास्थ्य बीमा कोषमा जाने व्यवस्था मिलाइने उनको योजना छ ।
तेस्रोमा तीन तहका सरकारका कामलाई प्रणालीगत रूपमा एकीकृत गर्ने योजना रहेको उनले सुनाएका छन् । चौथोमा ‘गभर्नेन्स’को विषय रहेको उनले औँल्याए । ‘यतिधेरै चुहावट छ, यसलाई रोक्ने उपाय खोज्नुपर्छ,’ उनले भने, ‘रियल टाइम डिजिटलाइजेन गर्नेमा हामी छलफल गरिरहेका छौँ ।’
चौथोमा ‘गभर्नेन्स’को विषय रहेको उनले औँल्याए । ‘यतिधेरै चुहावट छ, यसलाई रोक्ने उपाय खोज्नुपर्छ,’ उनले भने, ‘रियल टाइम डिजिटलाइजेन गर्नेमा हामी छलफल गरिरहेका छौँ ।’
उनले अगाडि भनेका छन् यसमा सरकारको जिम्मेवारी छ । यो जिम्मेवारी पूरा गर्न स्वास्थ्य बीमाको कार्यक्रम नै हो । यसमा हामीले योजना बनाएका छौँ ।’

कांग्रेसको मधेश सभा फागुन ६ गते , गगन थापाले सम्बोधन गर्ने

0

काठमाण्डौं । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो ।
शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकमा मधेस सभाको तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट सहभागीहरू बोलाउने निर्णय गरिएको छ ।
उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिएका छन् ।

नेपाली टोलीलाई जितको शुभकामना दिँदै ओलीले भने– नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ

0

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमा शुभकामना सन्देश राख्दै अध्यक्ष ओलीले विश्वकप खेल्न लागेका नेपाली खेलाडीहरूलाई जितको शुभकामना दिएका हुन् ।
‘अहिले मुम्बईमा टी–२० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन् । खेलाडीहरुको मेहनत र पसिनाका लागि हामीले रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पुर्‍याउनुपर्छ ।’ अध्यक्ष ओलीले भने ।
नेपाली खेलाडीहरुलाई मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका नेपालीहरूको समेत साथ रहेको अध्यक्ष ओलीले जनाए । ‘तपाईंहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ, हामी तपाईंहरूका साथमा छौँ । विपक्षी जतिसुकै बलियो होस्, तपाईंहरूले विपक्षीको हिसाब गर्ने होइन, आफूमा कुनै प्रकारको हिनताबोध ग्रन्थ पलाउन दिने होइन,नेपाली युवाको रगत र आत्मविश्वास तपाईंहरुसँग छ । उचाई चढ्दै गरेको श्रृखला तपाईंहरुको साथमा छ ।’ ओलीले भने ।
अध्यक्ष ओलीले नेपालले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ ।’ हार जित खेलको पाटो भए पनि जित्ने उद्देश्यका साथ मैदान उत्रिनुपर्नेमा उनले जोड दिए ।
विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्वविजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ ।
विश्वकपमा नेपालका सबै खेल मुम्बईमा हुनेछ ।

पाकिस्तानविरुद्ध नेदरल्यान्ड्सले दियो १४८ रनको लक्ष्य

0

काठमाडौँ । आईसीसी टी २० विश्वकप २०२६ को पहिलो खेलमा नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार श्रीलंकाको कोलम्बोमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो ।
उसका लागि कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यान २०, आर्यान दत्तले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इडवार्ड्सले इनिङ सम्हालिरहेका थिए ।
उनी आउट भएपछि नेदरल्यान्ड्सको इनिङ ध्वस्त भयो । १७ औं ओभरमा नेदरल्यान्ड्सले दुई विकेट गुमायो । दुवै विकेट साइम अयुवले लिए ।
बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन तथा साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट लिँदा साहिन शाह अफ्रिदीले एक सफलता हात पारे ।

वरिष्ठ कलाकार थापाको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

0

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ कलाकार सुनील थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘बलिउडमा समेत पहिचान भएका हाम्रा कलाकार सुनील थापाको निधनको खबर सुनेर अत्यन्त दुःखी छु ।’ सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले भने, ‘नेपाली सिनेमाको इतिहासमा उहाँको नाम अमर रहनेछ । भावपूर्ण श्रद्धाञ्जली सुनील थापा, हामी सधैं सम्झिरहने छौँ ।’
थापाको आज बिहान हृदयाघातका कारण निधन भएको थियो ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

0

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
भोलि आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकमा तीन वटा एजेन्डामा छलफल हुने जनाईएको छ ।
बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल हुने जनाईएको छ ।

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामै राख्ने आदेश सदर

0

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त आदेशलाई कायम राखेको हो। नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले अधिकारीलाई थुनामा पठाएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
विशेष अदालतको आदेशविरुद्ध अधिकारी सर्वोच्च पुगेका थिए, तर सर्वोच्चले थुनामै राख्ने निर्णयलाई सदर गरेको छ।

निर्वाचनमा ड्रोनको प्रयोग गर्न नपाइने

0

काठमाण्डौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको छ ।
गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रिय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाए ।
बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले संचालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधी गर्नेलाई कानूनी दायरामा ल्याई कारवाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिवन्ध लगाउने, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णय गरेको प्रवक्ता काफ्लेले जनाए ।

झापा सूर्यमय हुने केपी शर्मा ओलीको दाबी

0

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दाबी गरेका छन् ।
आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरेका हुन् । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता, कार्यकर्ता तथा समर्थकलाई आ आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको जनाउँदै युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने धारणा व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ता र युवाहरूको ठूलो उपस्थितिमा भव्य स्वागत गरिएको थियो।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...