दोहोरो अंकले घट्यो शेयर बजार, साढे ११ अर्ब बढीको कारोबार

0

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटे पनि कारोबार रकम भने साढे ११ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२५ अंकले घटेको हो । ०.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९८.४४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि लगानी र अन्य समूह क्रमशः ०.०८ र ०.४६ प्रतिशत बढेका छन् । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३३० कम्पनीका २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १ सय ४३.११ रुपियाँ बराबरको कारोबार भएको छ ।
सुपरमाई हाइड्रो, रिडी पावर र खानीखोला हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८ र ९.९७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सुपरमाई हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ३ लाख ४८ हजार १ सय ५५.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY