Page 15

सोपान फर्मास्युटिकल्सले चैत्र ९ देखि आईपीओ निष्काशन गर्ने

0

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस निष्काशनमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर बिक्री गरे पछि कम्पनीले दोस्रो चरणमा आमसर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा २१ रोपनी ९ आना क्षेत्रफलमा उद्योग सञ्चालन गरिरहेको छ ।

एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक

0

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाईएको छ ।
स्वर्गीय ओलीका दुई छोरा, तीन छोरी छन् ।

सबै देशलाई रूसी तेल किन्न अमेरिकाले दियो ३० दिनको अनुमति, मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

0

काठमाडौं । अमेरिकाले विश्वभरका देशहरूलाई रूसी तेल खरिद गर्न ३० दिनको अस्थायी छुट दिएको छ । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धले विश्वव्यापी तेल आपूर्तिलाई असर गरेपछि अमेरिकाले यस्तो निर्णय लिएको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यो अनुमति पहिले नै जहाजहरूमा लोड गरिएको र समुद्रमा अड्किएको रूसी तेलमा मात्र लागू हुन्छ ।
यस छुटअन्तर्गत देशहरूले सीमित मात्रामा रूसी तेल खरिद गर्न सक्नेछन् । अमेरिकाले यसले बजारमा तेल आपूर्ति बढाउने र मूल्य नियन्त्रण गर्न मद्दत गर्ने जनाएको छ ।
युद्धले गर्दा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । यो अगस्ट २०२२ पछिको सबैभन्दा धेरै बढेको हो । युद्धले विश्वव्यापी तेल बजारमा चिन्ता बढाएको छ ।

निगमले दुबईबाट आज १६४ नेपालीलाई उद्धार गर्दै

0

काठमाण्डौं । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई शुक्रबार पनि उद्धार गर्दैछ ।
निगमले मध्यपूर्वमा जारी युद्धका कारण फसेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याइरहेको छ ।
निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो।
विशेष उद्धार उडानको सो विमानमार्फत काठमाण्डौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्‍याइएको थियो।
शुक्रबार पनि दुबईबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याउनेछ ।
फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो। अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो।

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

0

काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले जनाए ।
भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन् ।
यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ ।

तीन दिनभित्र समानुपातिक उमेदवार छनोट गरी पेस गर्न आयोगको पत्राचार

0

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।
आयोगले बिहीबारै समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४, ४ सिट पाएका छन् ।

धनुषा १ का रास्वपा उम्मेदवार किशोरीलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

0

काठमाण्डौं । सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ ।
साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले उनको नाम कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झाले जानकारी दिए ।
निर्वाचन आयोगले भने उनको उम्मेदवारी खारेज गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । निर्वाचनमा साह उम्मेदवार रहेको घण्टी चुनाव चिह्नमा सर्वाधिक मत रहेको जनाईएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाद्वारा बीमा दावी भुक्तानी

0

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाउँ निवासी टेकु भुसाललाई घातक रोग सुरक्षा योजना अन्तर्गत बीमा रकम प्रदान हो ।
भुसालले करिब २ वर्षअघि आफ्ना छोरा देवराज ढकालको नाममा ४ लाख रुपैयाँ बराबरको “सिटिजन बाल भविष्य बीमा योजना” गर्नु भयको थियो र तेस योजनामा प्रस्ताबक आमा टेकु भुसाल रहेकी थिइन् । सोही योजनासँग सम्बन्धित घातक रोग सुरक्षा योजना अन्तर्गत आफूलाई क्यान्सर रोग लागेपछि दाबी परेपछि बीमा कम्पनीले बीमाङ्क रकम भुक्तानी गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाले आवश्यक प्रक्रिया पूरा गरेपछि कर कटौती पश्चात ३ लाख ८४ हजार ८६९ रुपैयाँ बीमित भुसाललाई प्रदान गरिएको जनाएको छ ।

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ

0

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश गर्न सहज बनाउने उद्देश्यले यस प्रकारको पहुँच दिएको हो ।
एजेन्सी मेनेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफुले गरेको बीमा प्रस्ताव स्वीकृतीको लागि कम्पनीमा पेश गर्न सकिने व्यवस्था मिलाएको छ । एजेन्सी मेनेजरले बीमा प्रस्तावको लागि तोकिएका कागजात तथा विवरणहरु एजेन्सी पोर्टलमा पेश गरे पछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रकृया पुरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने प्रवन्ध गरिएको छ ।
एजेन्सी मेनेजरलाई दिईएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ । कम्पनीले एजेन्सी मेनेजरलाई दिएको सुविधाको कारण बीमा प्रस्ताव स्वीकृती छिटो, छरितो र सहज रुपमा हुने भएको छ ।
कम्पनीले एजेन्सी मेनेजरहरुलाई अण्डरराईटारको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित शर्तहरु पुरा गरे पछि एजेन्सी मेनेजरहरुलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले जानकारी गराए ।
कम्पनीले एजेन्सी मेनेजरलाई पहुँच दिईएको एजेन्सी पोर्टलबाट व्यवसाय सम्बन्धी रिपोर्ट लगायतका विवरणहरु जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गरी कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजान प्रयास भईरहेको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना

0

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ ।
बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका हुन् ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।
बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।
विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने छ ।
विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।
सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरुको विकास तथा विभिन्न १० देशभन्दा बढि देशमा रहेका बैंकका कर्मचारीहरुमार्फत् बैंकिङ सेवाहरु प्राथमिकतामा प्रदान गर्दैआएको छ ।
विदेशमा रहेका ग्राहकहरुले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ ।
विभागको उद्घाटन गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने जनाए ।
यसै अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने जनाए ।
उक्त शुभारम्भ कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ व्यवस्थापकहरुको उपस्थिती रहेको थियो ।
बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दोे बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
यस विभागको कार्यालय ग्लोबल आइएमई बैंकको काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ । साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।
बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाईसेवा प्रदान गर्दै आइरहेको छ ।

लेटेष्ट समाचार

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त...

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको...

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला...