Page 18

शेयर बजारमा ३२.०८ अंकको गिरावट, साढे २१ अर्बको कारोबार

0

काठमाडौं । यही फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको जनादेशले हौसिएको शेयर बजारमा आज उच्च अंकको करेक्शन आएको छ ।
हिजो लगातार तेस्रो पटक पोजेटिभ सर्किट लागेसँगै कारोबार स्थगित गर्नु परेको थियो । तर हिजोको उत्साह एक दिन पनि टिक्न सकेन । बजार घटेसँगै आज साढे २१ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.०८ अंकले घटेको छ । १.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८४३.३५ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह क्रमशः ०.५१, १ं३४ र ०.४७ प्रतिशतले बढेका छन् । बाँकी अरु समूह भने राताम्मे भए ।
आज ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३ सय ५३ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार २ सय २०.३४ रुपियाँ बराबरको कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक र थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १०, ९.९९ र ९.०८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै हिमस्टार उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावर लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ९ करोड ७३ लाख ५५ हजार १ सय ५७.२० रुपियाँको शेयर किनबेच भएको छ ।
निर्वाचन पछि हिजो पहिलो दिन सोमबार बजार खुलेको थियो । सोमबार १६२ अंकले बजार बढ्दा ५ करोड ५९ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । गत आइतबार नारी दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।

प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी

0

काठमाडौँ । बिहीबार भएको प्रतिनिधिसभा सदस्यको चुनावअन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।
प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५, नेपाली कांग्रेस १८, नेकपा (एमाले) ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ८, श्रम संस्कृति पार्टी ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार १, १ क्षेत्रमा निर्वाचित भएका छन् ।
त्यस्तै समानुपातिकतर्फको मतगणनामा पनि अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म इलाम– १, सुनसरी– २, भोजपुर– १, ओखलढुंगा, सुङ्खुवासभा, धनुषा– १ र २, महोत्तरी– ४, सप्तरी– १, गोरखा– १ र २, बर्दिया– २ र नवलपरासी पश्चिम– १ बाहेक सबै निर्वाचन क्षेत्रको मत गणना सकिएको छ ।

गगनलाई चन्द्र भण्डारीको सुझाव, पार्टीलाई औषधि खुवाउनुपर्ने बेला छ, छोडेर नहिँड्नु

0

काठमाण्डौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा भन्दा पनि जिम्मेवारी पुरा गर्न सुझाव दिएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने जनाएका हुन् ।
उनले लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
अहिले पार्टीलाई औषधि खुवाउनुपर्ने अबस्था रहेको जनाउँदै उनले भनेका छन् ‘यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो।’

मध्यपूर्वमा जारी तनावले नेपालमा ‘दोहोरो प्रभाव’ देखिन थाल्यो ः व्यापार विज्ञ सैँजु

0

काठमाण्डौं । मध्यपूर्वमा जारी इरान–इजरायल बीचको युद्धले नेपालजस्तो प्रत्यक्ष रूपमा युद्धमा संलग्न नभएको देशलाई पनि गम्भीर आर्थिक प्रभाव पारिरहेको व्यापार विज्ञ रविशंकर सैँजुले जनाएका छन् । उनका अनुसार द्वन्द्वले नेपालमा ‘दोहोरो प्रभाव’ देखिन थालेको छ । एकातिर रेमिट्यान्समा असर पर्ने जोखिम र अर्कोतिर आयात–निर्यातसँग जोडिएको लागत तीव्र रूपमा बढ्ने अवस्था आएको छ ।
सैँजुका अनुसार नेपाल युद्धमा प्रत्यक्ष सहभागी नभए पनि हजारौँ किलोमिटर टाढा भइरहेको द्वन्द्वले अर्थतन्त्रमा प्रत्यक्ष असर पारिरहेको छ । ‘हामीजस्तो देशको अर्थतन्त्र धेरै हदसम्म रेमिट्यान्समा निर्भर छ । त्यो रेमिट्यान्सको झण्डै ५० प्रतिशत हिस्सा मध्यपूर्वका देशबाट आउँछ,’ उनले भने । उनका अनुसार यदि युद्ध लम्बियो र त्यहाँ रोजगारीमा समस्या आयो भने कामदार फर्किन सक्ने र त्यसले नेपालमा आउने रेमिट्यान्स घट्न सक्ने जोखिम बढ्छ ।
नेपालले अधिकांश उपभोग्य वस्तु आयात गर्ने भएकाले युद्धका कारण बढेको इन्धन मूल्य र ढुवानी खर्चले यहाँको जीवनयापन महँगो बनाउने उनले जनाए । ‘हामीले धेरै सामान भारतबाट आयात गर्छौं । यदि विश्व बजारमा इन्धन महँगो भयो भने भारतको उत्पादन लागत पनि बढ्छ र त्यसको प्रभाव अन्ततः नेपालमा पर्ने हुन्छ,’ सैँजुले भने ।
उनका अनुसार समुद्री मार्गमा देखिएको अवरोधले पनि व्यापारमा ठूलो समस्या निम्त्याएको छ । विशेषगरी हर्मुज जलडमरू र आसपासको तनावका कारण जहाजहरूले वैकल्पिक लामो मार्ग प्रयोग गर्न थालेका छन् । ‘सामान सिधा आउने बाटोबाट नआइ अफ्रिकाको केप अफ गुड होप हुँदै आउँदा झन्डै ६,५०० किलोमिटर बढी यात्रा गर्नुपर्छ,’ उनले जनाए । यसले ढुवानी समय मात्र होइन लागत पनि उल्लेखनीय रूपमा बढाएको छ ।
सैँजुका अनुसार अहिले जहाज कम्पनीहरूले ‘वार प्रिमियम’ नाममा अतिरिक्त शुल्क लिन थालेका छन् । ‘४० फिट कन्टेनरमा मात्र ४ हजार डलरसम्म अतिरिक्त शुल्क लिइरहेका छन् । कतिपय अवस्थामा यो ७ हजार डलरसम्म पुगेको खबर आएको छ,’ उनले भने । यसबाहेक बन्दरगाहमा भीड, ढिलाइ र डेमरेज शुल्कले पनि व्यापार लागत अझैं बढाइरहेको छ ।
यो अवस्था नेपालका उद्योगहरूका लागि पनि चुनौतीपूर्ण बन्दै गएको उनले जनाए । उदाहरणका लागि, साउदी अरेबियाबाट ठूलो परिमाणमा प्लास्टिक उद्योगका लागि पोलिथिन ग्रान्युल्स आयात हुने गरेको छ । ‘सात महिनामै साढे तीन अर्ब रुपैयाँभन्दा बढीको प्लास्टिक ग्रान्युल्स नेपाल आएको तथ्यांक छ । यदि यो आपूर्ति अवरुद्ध भयो भने यहाँका प्लास्टिक उद्योग प्रभावित हुन्छन्,’ उनले भने ।
त्यस्तै कतारबाट ठूलो परिमाणमा रासायनिक मल आउने भएकाले आपूर्ति ढिलाइ भए कृषि क्षेत्र प्रभावित हुने खतरा पनि उनले औंल्याए । ‘सात महिनामा करिब साढे दुई अर्ब रुपैयाँ बराबरको मल आयात भएको देखिन्छ । यदि मल समयमै आइपुगेन भने किसानलाई प्रत्यक्ष असर पर्छ,’ उनले जनाए ।
सिमेन्ट उद्योगमा प्रयोग हुने जिप्सम पनि ओमानबाट आयात हुने भएकाले आपूर्ति अवरुद्ध भए उद्योगहरू प्रभावित हुने उनको भनाइ छ । निर्यात क्षेत्र पनि यो संकटबाट अछुतो छैन । सैँजुका अनुसार समुद्री ढुवानीमा ढिलाइ हुँदा सामान समयमै बजारमा पुग्न सक्दैन । ‘अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धी हुन समयमै डेलिभरी गर्नुपर्छ। तर अहिले जहाज ढिलो आउने भएकाले नेपाली निर्यातकर्तालाई समस्या भइरहेको छ,’ उनले भने ।हवाई कार्गो ढुवानी पनि महँगो हुँदै गएको उनले जनाए । नेपालबाट धेरैजसो सामान यात्रुवाहक विमानमार्फत पठाइने भएकाले फ्लाइट ढिलाइ वा रद्द हुँदा निर्यात प्रभावित हुने गरेको उनको भनाइ छ ।
सैँजुका अनुसार यस्तो परिस्थितिले नेपाललाई दीर्घकालीन रूपमा व्यापार र आपूर्ति प्रणाली विविधीकरण गर्नुपर्ने पाठ सिकाएको छ । ‘हामीले एउटै क्षेत्र वा मार्गमा धेरै निर्भर हुनु जोखिमपूर्ण हुन्छ भन्ने कुरा अहिलेको परिस्थितिले स्पष्ट देखाएको छ,’ उनले भने ।
रेमिट्यान्स र समग्र अर्थतन्त्रमा प्रभाव पर्नसक्ने प्रभाव कम गर्न सरकारले रणनीति बनाउनुपर्ने आवश्यकता रहेको व्यापार विज्ञ सैँजुले जनाएका छन् । हालको परिस्थितिलाई केवल चुनौतीका रूपमा मात्र नभई भविष्यका लागि ‘पाठ’ का रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले नेपालले व्यापार, ऊर्जा र श्रम बजारलाई विविधीकरण नगरेसम्म यस्ता अन्तर्राष्ट्रिय संकटले प्रत्यक्ष असर पारिरहने जनाए ।
सैँजुका अनुसार नेपाल अहिले धेरै क्षेत्रमा एउटै बजार र आपूर्तिमा निर्भर छ । ‘हामीले दीर्घकालीन रूपमा सोचेनौँ भने यस्तै सानो समस्या हुँदा पनि त्यसको प्रभाव सिधै नेपालमा पर्छ । अहिलेको अवस्था त्यसको उदाहरण हो,’ उनले भने ।
इन्धन आपूर्तिमा जोखिम
नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले मध्यपूर्वको तनावले अप्रत्यक्ष रूपमा नेपाललाई पनि असर गर्न सक्छ । भारतले प्रयोग गर्ने कच्चा तेलको ठूलो हिस्सा मध्यपूर्वबाट आउने भएकाले त्यहाँको आपूर्ति प्रभावित हुँदा भारतमा समेत लागत बढ्ने र त्यसको असर नेपालमा पर्ने सैँजुको भनाइ छ ।
उनका अनुसार भारतले प्रयोग गर्ने कच्चा तेलमध्ये झण्डै ५० प्रतिशत तेल होर्मुज जलडमरूमध्यबाट आउने गर्दछ । यदि उक्त मार्ग प्रभावित भयो भने भारतले भेनेजुएला वा रुसजस्ता अन्य स्रोतबाट तेल ल्याउनुपर्ने हुनसक्छ, जसले लागत बढाउनेछ ।
‘भारतले उच्च मूल्यमा कच्चा तेल आयात गर्नुप¥यो भने त्यसको असर नेपालले पनि भोग्नुपर्छ,’ उनले भने । सैँजुका अनुसार पछिल्लो एक हप्तामा नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य व्यापक रुपमा बढेको छ । अन्र्तरािष्ट्रय सञ्चार माध्यमहरुका अनुसार यसअघि करिब ६० डलर हाराहारीमा रहेको मूल्य अहिले सोमबार सम्म २५ प्रतिशतले बढेर प्रतिव्यारेल ११५ डलर नजिक पुगेको छ ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य १५–१५ दिनमा समीक्षा हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेमा आगामी दिनमा नेपालमा पनि मूल्य बढ्ने सम्भावना रहेको उनले जनाए ।
आपूर्तिमा कोटाको सम्भावना
भारतमा आन्तरिक माग बढ्दै गएपछि एलपीजी ग्यास लगायत पेट्रोलियम पदार्थमा कोटा प्रणाली लागू गर्नुपर्ने बहस सुरु भएको खबर पनि आएको सैँजुले जनाए । ‘यदि भारतमै आपूर्ति व्यवस्थापन गर्न कठिन भयो भने नेपाललाई चाहिएको जति सहज रूपमा दिन सक्ने अवस्था नहुन सक्छ,’ उनले भने । यसले नेपालमा इन्धन र एलपीजी ग्यासको अभाव हुने सम्भावना रहेको उनको भनाइ छ । इन्धनको मूल्य बढेपछि यातायात खर्च बढ्ने र त्यसले वस्तु तथा सेवाको मूल्यमा समेत असर पर्ने उनले जनाए ।
ऊर्जा प्रयोगमा परिवर्तन आवश्यक
यस्तो जोखिम घटाउन नेपालले ऊर्जा प्रयोगको ढाँचामा परिवर्तन गर्नुपर्ने सैँजुको सुझाव छ । उनका अनुसार उद्योगहरूलाई जलविद्युतमा आधारित बनाउने र घरायसी प्रयोगमा ग्यासको सट्टा विद्युत प्रयोग बढाउने नीति आवश्यक छ ।
‘ग्यास धेरै प्रयोग गर्ने हाम्रो बानी छ । अब बिस्तारै इन्डक्सन चुल्हो जस्ता विद्युतीय उपकरणतर्फ जानुपर्छ,’ उनले भने । हाल नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा यसले पेट्रोलियममा निर्भरता घटाउन मद्दत गर्ने जनाए ।
रेमिट्यान्समा पनि असरको चिन्ता
मध्यपूर्वमा काम गर्ने नेपाली श्रमिकहरूको सुरक्षालाई लिएर पनि चिन्ता बढेको सैँजुले जनाए । उनका अनुसार उक्त क्षेत्रमा करिब १६–१७ लाख नेपाली काम गरिरहेका छन् ।
‘त्यहाँ काम गर्ने नेपाली र उनीहरूको परिवारमा मनोवैज्ञानिक चिन्ता बढेको छ,’ उनले भने । यदि द्वन्द्व बढेर श्रमिकहरू फर्कनुपर्ने अवस्था आयो भने नेपालमा रोजगारीको समस्या झनै बढ्न सक्ने उनले चेतावनी दिए ।
श्रम र व्यापार बजार विविधीकरणको सुझाव
नेपालको अर्थतन्त्र अहिले रेमिट्यान्समा अत्यधिक निर्भर भएको भन्दै सैँजुले सरकारले श्रम बजार विविधीकरणमा ध्यान दिनुपर्ने जनाए । उनका अनुसार नयाँ श्रम गन्तव्य खोज्ने, दक्ष जनशक्ति विदेश पठाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति आवश्यक छ । ‘नेपाल अहिले कृषि प्रधान भन्दा पनि श्रम आपूर्ति प्रधान अर्थतन्त्र जस्तो बनेको छ,’ उनले भने ।
उत्पादन क्षेत्रमा अवसर
विश्व व्यापार र उत्पादन प्रणालीमा भइरहेको परिवर्तनले नेपाललाई अवसर पनि दिन सक्ने सैँजुको भनाइ छ । भारत अहिले उत्पादन केन्द्रका रूपमा विकसित हुने प्रयासमा रहेको र विश्व उत्पादनमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको उनले जनाए ।
‘चीन अहिले विश्व उत्पादनको झण्डै २८ प्रतिशत हिस्सा ओगटेको छ । भारतको हिस्सा करिब ३–४ प्रतिशत मात्रै छ, तर उसले आगामी पाँच वर्षमा त्यसलाई ७ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ,’उनले भने । भारतमा उत्पादन विस्तार हुँदा नेपालले सहायक उद्योग र आपूर्ति शृंखलामा सहभागी हुने अवसर खोज्नुपर्ने उनको सुझाव छ ।
सैँजुका अनुसार वर्तमान संकटले नेपाललाई आर्थिक, ऊर्जा र श्रम नीतिमा दीर्घकालीन सोच आवश्यक रहेको स्पष्ट सन्देश दिएको छ ।
भ्यालु चेन र डिजिटल म्यानुफ्याक्चरिङमा केन्द्रित आर्थिक स्वतन्त्रतामा वृद्धि
सैँजुका अनुसार नेपालले भ्यालु एडिसन र डिजिटल म्यानुफ्याक्चरिङमा जोड दिँदै राष्ट्रिय उत्पादन र निर्यात क्षमतामा सुधार ल्याउनुपर्ने अवस्था आएको छ । विश्व अहिले ‘चाइना प्लस वन’ नीतिमा केन्द्रित भइरहेको छ भने भारतले आफैँलाई वैकल्पिक उत्पादन र डिजिटल मञ्चमा स्थापित गर्न सक्रिय छ ।
‘हामीले पनि उनीहरूको रिजनल भ्यालु चेनमा आफूलाई लिंक गर्नुपर्छ । त्यहाँको उत्पादनको केही चरण नेपालमै निर्माण गर्न सकिने हो भने, यहाँ उत्पादन र जब क्रिएसन दुवै हुनेछ,’ उनले भने । उनले डिजिटल क्षेत्रमा पनि नेपालले तीव्रता लिनुपर्ने जनाए ।
‘भारतले डेटा सेन्टरमा लगानीकर्तालाई करमुक्त सुविधा दिइरहेको छ । हामीले पनि नेपालमा डेटा सेन्टर र डिजिटल म्यानुफ्याक्चरिङमार्फत त्यस्तै अवसर सिर्जना गर्न सक्ने थियौँ,’ उनले भने । यसले सफ्टवेयर, डेटा र डिजिटल सेवाहरूमा निर्यात वृद्धि गर्न सहयोग गर्ने उनले जनाए ।
सैँजुका अनुसार म्यानुफ्याक्चरिङ र भ्यालु एडिसन गर्ने क्षमता अभिवृद्धि भएमा सरकारको राजस्व स्थिर रहन्छ र देशमा रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । उनले उदाहरण दिँदै भने, ‘साना वर्कशप र म्यानुफ्याक्चरिङ हब खोल्दा स्थानीय युवाहरूलाई प्रशिक्षण र रोजगारी मिल्छ, जसले दीर्घकालीन रूपमा आर्थिक स्थिरता ल्याउँछ ।’
उनले नेपालमा पेशागत सीप र उत्पादनमा लगानीको कमी, शिक्षा प्रणालीको चुनौती र बाहिर जाने प्रवृत्तिलाई चिन्ताजनक भने । ‘हाम्रो एजुकेशन सिस्टमले विद्यार्थीलाई यथार्थमा सिप र क्रियटिभ सोचमा केन्द्रित प्रशिक्षण दिन सकिरहेको छैन । त्यसैले युवा अवसर खोज्दै बाहिर जान्छन् । यसलाई सुधार्न स्थानीय स्तरमै उत्पादन र प्रशिक्षण प्रणाली सुदृढ गर्नुपर्छ,’ सैँजुले बताए । सैँजुले विदेशसँगको व्यापारिक र डिप्लोमेटिक सम्बन्धलाई पनि सुदृढ बनाउनुपर्ने जोड दिए ।
उनले भने, ‘हाम्रो ट्रेड डिप्लोमेसी कमजोर छ । भारत, युरोप वा अन्य देशसँगको व्यापारिक नेगोसिएसनमा सक्रिय भएर भ्यालु चेन र निर्यातमा नेपाललाई समावेश गराउनुपर्छ । यसले लागत घटाउने, ढुवानीमा सजिलो र प्रतिस्पर्धात्मक लाभ ल्याउनेछ ।’
सैँजुका अनुसार नेपालले रेमिट्यान्समा निर्भरता घटाउँदै, घरेलु उत्पादन, डिजिटल सेवा, सिपमूलक म्यानुफ्याक्चरिङ र रणनीतिक व्यापारिक नेगोसिएसनमार्फत दीर्घकालीन आर्थिक स्वतन्त्रता र स्थिरता सुनिश्चित गर्नुपर्छ । उनी भन्छन,‘थ्रेट होइन, यो चुनौतीलाई लर्निङको अवसरका रूपमा लिनुपर्छ र रणनीतिक दृष्टिकोणले अगाडि बढ्नुपर्छ ।’

धनुषा – १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

0

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम घोषणा नगर्न आदेश दिएको छ ।
आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल परिणाम घोषणा नगर्न भनेको हो ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । साथै सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न अदालतले आगामी २९ गते पेसी तोकेको छ । सो दिन निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबीच छलफल भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय हुनेछ ।
कालोसूचीमा परेको हुँदा योग्यता नपुग्ने भन्दै आयोगले साहको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवार साह सर्वोच्च अदालत गएको थाहा पाएपछि आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक गरेको छैन ।
साहले २० हजारभन्दा धेरै मत पाएका जनाईएको छ । उनी अग्र स्थानमा छन् ।

गोरखा १ बाट रास्वपाका सुधन गुरूङ विजयी

0

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उम्मेदवार सुधन गुरूङ विजयी भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई पराजित गरेका हुन् ।
गुरूङले २९ हजार ८ सय ९६ मत ल्याउँदा खत्रीले १५ हजार ३ सय ९८ मत पाए । नेकपाका उम्मेदवार हरिराज अधिकारीले ११ हजार १ सय २४ मत ल्याएका छन्।

 

इलाम –१ मा कांग्रेसका निश्कल राई निर्वाचित

0

इलाम । इलामा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई पराजित गरेका हुन् । राईले १४ हजार ५४३ मत पाउँदा लिम्बुले १३ हजार ६३२ मत पाए ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गरेका छन् ।

हिमालयन पावर ५३ करोड २७ लाखको हकप्रद निष्काशन गर्ने

0

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपियाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज उक्त कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।
सेबोनबाट अनुमति पाएसँगै उक्त कम्पनीले १ः०.५ को अनुपातमा ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्ने छ ।
हकप्रद निष्काशनका लागि कम्पनीले यसअघि नै ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट

0

काठमाडौं । नेपाली बजारमाुहट एण्ड स्पाइसी नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ुकरेन्ट नुडल्सुको उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट करेन्ट मार्टको काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले आजबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।
यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा यो दोस्रो शाखा विस्तार गरेको हो ।
आज यस नयाँ शाखाको उद्घाटनको अवसर पारेर ग्राहकहरुलाई करेन्ट मार्टु मा उपलब्ध सम्पूर्ण उत्पादनहरुको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कपनमा अवस्थित यस ‘करेन्ट मार्ट’ को भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जीपी शाह र डाइरेक्टर प्रकाश पौडेलज्यूले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरु, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस करेन्ट मार्टमा उपभोक्ताहरुले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरु एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुनेछन् । त्यसैगरी चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध रहेका छन् ।
उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जीपी शाहले भने, “बानेश्वर शाखामा उपभोक्ताहरुले ुकरेन्ट मार्टु लाई देखाउनुभएको माया र विश्वासले हामीलाई काठमाडौँको अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न उत्साहित बनाएको हो । कपन र यस आसपासका उपभोक्ताहरुले अब आफ्नै टोलबाट हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरु सहज रूपमा खरिद गर्न सक्नुहुनेछ । साथै आजको १० छुटको अफरबाट भरपुर फाइदा लिन पनि हामी सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गर्दछौँ ।’
सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले करेन्ट ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरु उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ । आफ्ना उत्पादनहरु नेपालभरी र विश्वका २२ भन्दा बढी देशहरुमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

शिखर पावरको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन

0

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गते आइतबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । यसअघि फागुन २२ गतेसम्मको अवधि रहे पनि चुनावको बिदामा कारण आवेदन दिने समय थप गरिएको हो ।
आज बिहानसम्म उक्त कम्पनीको आईपीओका लागि २२ लाख ७७ हजार जनाले आवेदन दिइसकेका छन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो । अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर खुला गरेको हो ।
कम्पनीले आफ्नो ९८ करोड रुपियाँ जारी पुँजीको ३२।६५ प्रतिशत अर्थात् ३२ करोड रुपियाँ बराबरका ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो ।
त्यस्तै, २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।
अब कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपियाँ बराबरका १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।
उक्त शेयर १ लाख ८४ हजार २ सय ६० जनाले १०–१० कित्ताका दरले पाउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

लेटेष्ट समाचार

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त...

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको...

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला...