Page 4

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठकलगत्तै संसदीय दलको बैठक पनि बस्नेछ ।
केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार बैठक संसदीय दलको नेता सम्बन्धमा बस्न लागेको हो ।
गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन साहबीच ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं. ४ मा लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । सोहीअनुसार आज बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी रास्वपाको छ ।
नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ ।

नवनिर्वाचित सांसद्को शपथग्रहण आज, ५४ जनाले मातृभाषामा शपथ लिने

0

काठमाण्डौं । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउँदै छन् । शपथ ग्रहण बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ ।
केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको जनाए ।
उनले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ ।
सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ ।
साथै शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ ।
५४ जनाले मातृभाषामा शपथ लिने
नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने छन् । बुधबार साँझ ५ बजेसम्म ५४ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका छन् । यो सङ्ख्या अझै बढ्न प्र्रवक्ता गिरीले जनाए ।
नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित सदस्यको शपथपछि कार्यकाल सुरु हुने छ ।

नक्कली सुनको कारोबार गर्ने ४ जना रौतहटबाट पक्राउ

0

रौतहट । नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो । अवैध सुनको किनबेच भइरहेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बङ्गाल ९मिलिगुडी०का ३० वर्षीय संजोक बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाइएको धातु १ थान, पोलेर कालो बनाई टुक्रा पारिएको धातु २ थान, दूरबिन १ थान र मोबाइल ६ थान बरामद गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नक्कली सुनलाई सक्कली भनी सर्वसाधारणलाई झुक्काएर बिक्री गर्ने उद्देश्य राखेको खुलेको छ ।
पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ । घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको खोजी कार्य समेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

0

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए । यसअघि मंगलबार बसेको बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको उनले जनाए ।
यसैगरी, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा छलफल भएको उनले जनाए ।
बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

ज्येष्ठ सदस्य केसीको शपथ आज, भोलि अन्य सांसदको, पर्सी प्रधानमन्त्रीको शपथ

0

काठमाण्डौं । प्रतिनिधिसभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २६५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।
प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई बिहीबार दिउँसो २ बजे सिंहदरबार पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सांसदहरुले शपथ लिएको भोलिपल्ट अर्थात शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
चैत १३ गते शुक्रबार शाहले राष्ट्रपति पौडेलसँग शीतल निवासमा प्रधानमन्त्री को पद तथा गोपनीयताको शपथ लिने निश्चित भएको छ । तर, समय भने यकिन भइनसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताको निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो।
यो रिटमाथि सोमबार पनि सुनुवाइ भएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्।
त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।
अर्को सुनुवाइ चैत १२ का लागि तोकिएको छ ।

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी

0

काठमाण्डौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटना र क्षतिबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नै आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएको छ ।
आयोगको प्रतिवेदनको काम–कारवाही नयाँ सरकारको जिम्मा लगाउने मनसाय सुशीला सरकारले राखे पनि दबाब बढेपछि सार्वजनिक गर्ने तयारी भएको हो । आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई दोषी देखाएको चर्चा छ ।

नेपाली बाहेकको भाषामा शपथ लिन ४७ सांसदले टिपाए नाम

0

काठमाडौं । नेपाली बाहेकको भाषामा शपथ लिन ४७ जना सांसदले नाम टिपाएका छन् । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसद्ले ४७ सांसदले टिपाए नाम टिपाएको जानकारी दिएका हुन् ।
२१ फागुनको निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिँदैछिन् ।
सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन् । सांसदद्वय गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषामा शपथ लिने भनेर नाम टिपाएका छन् ।
सांसदद्वय विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिँदैछन् । २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए ।
२०६४ को संविधानसभामा २६४ जनाले आआफ्ना मातृभाषामा शपथ लिएका थिए । उनीहरूले मैथिली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारू, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, उर्दु, राजवंशी, थकाली, शेर्पा, राना थारू, धिमाल, कुमाल, दार्चुला पश्चिमी भाषा, अवधी, माडवारी, जिरेल, चेपाङ, बाँतर, माझी, सुनुवार, बराम लगायतका भाषामा शपथ लिएका थिए ।

ज्योति विकास बैंकले मनायो ‘ग्लोबल मनि विक २०२६’, वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

0

काठमाडौं । ज्योति विकास बैंकले २०८२ चैत्र ०२ गते देखि ०८ गते सम्मग्लोबल मनी विक मनाएको छ ।
यस अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स” भन्ने विषयवस्तुमा केन्द्रित भई युवा तथा लक्षित वर्गलाई विभिन्न वित्तीय जानकारी प्रदान गर्ने हेतुले एक सातासम्म बैंकको विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो ।
बैंकले डिजिटल माध्यम र सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । यस अभियानमार्फत करिब २२०० जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन्।
सो कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपी सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी ३० वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
साथै, बैंकले ग्लोबल मनी विक अवधि भर बैंकका सामाजिक सञ्‍जालहरुमा विभिन्न अडियो भिजुअल सामग्रीहरु प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरु आयोजना गरि विभिन्न वित्तीय सूचनाहरु पनि प्रवाह गरेको जनाएको छ । फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूको साथै लक्षित वर्गलाई केन्द्रीत वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न र सुशुचित वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकले विश्वास गरेको छ ।

लुम्बिनी विकास बैंकले सातै प्रदेशका करिब हजार विद्यार्थीलाई दियो वित्तीय साक्षरता

0

‘काठमाण्डौं । ग्लोबल मनि विक २०२६’ को अवसरमा लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरुमार्फत विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
त्यस अवसरमा वित्तीय अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा बिद्यार्थीहरुलाई बैंकले गर्ने कार्यहरु जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरु समेटि विद्यालयहरुमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको बैंकले जनाएको छ ।
साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरुबाट वित्तीय जानकारी मुलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो । ‘स्मार्ट मनी टक्स ‘ भन्ने नाराका साथ यो वर्ष ९२०२६० को ग्लोबल मनि विक, १६ देखि २२ मार्चमा युवा बिद्यार्थीहरुलाई लक्षित गरि बैंकले पनि सो कार्यक्रमहरु सम्पन्न गरको थियो । यसबाट बैंकिङ्ग प्रणाली सुदिृढ हुनुका साथै युवा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास भएको विश्वास बैंकले लिएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...