काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताको निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो।
यो रिटमाथि सोमबार पनि सुनुवाइ भएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्।
त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।
अर्को सुनुवाइ चैत १२ का लागि तोकिएको छ ।













