काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।
आज बिहान अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।
उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यको निधन
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो । इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपीओमा ‘मेरो शेयर’ अनलाइन वा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले लगानीमा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर पछि सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।
नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै ५।०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो।
सोमबार सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन् । अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो ।
कारोबार रकम भने घटेको छ । आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो । कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन् ।
सोमबार सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर को शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्सको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहँदा शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन् ।
१३ उपसमूहमध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूहमा पनि करिब १ प्रतिशतको वृद्धि देखिएको छ ।
सभापति गगन थापाको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत भएको छ ।
निर्वाचन परिणाम निराशजनक आएपछि सभापति थापाले पदबाट राजीनामा दिएका थिए ।
उपसभापति विश्वप्रकाश शर्मा समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो।
शुक्रबार र आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्दा विभिन्न आधारलाई ध्यानमा राखेर निर्णय गरेको छ।
निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको बैठकको ठहर छ।
सिंहदरबारको ट्राफिक र सुरक्षा व्यवस्थापन गर्न गृहमन्त्री अर्यालको निर्देशन
काठमाण्डौं । सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आईतबार मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारी सहितको बैठकले नवनिर्वाचित संघीय सांसदको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबारभित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।
बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद् अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिए । सुरक्षाको आवश्यकीय प्रबन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगले हालै सम्पन्न गरेको निर्वाचनलाई अहिलेसम्मकै उत्कृष्ट निर्वाचनको रूपमा मूल्याङ्कन गरिएको जनाएका छन् ।
आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी, दुई जना आयुक्तहरू, सचिवसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाएको उनले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार उक्त अवसरमा निर्वाचन आयोगले निर्वाचनलाई सुशासनका हिसाबले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको दाबी गरेको छ ।
उनले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीज्यू, दुई जना माननीय आयुक्तज्यूहरू, सचिवज्यू र समग्र टोली यहाँ आउनु भयो र निर्वाचन सम्पन्न भएको प्रतिवेदन सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई बुझाउनुभयो। यो निर्वाचन पहिलाका निर्वाचनभन्दा धेरै राम्रो भयो भन्ने मूल्याङ्कन गरिएको छ।’
उनका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गर्दै यस निर्वाचनलाई इतिहासमा सुनौलो अक्षरले लेखिने उल्लेख गरेकी छन् ।
‘निर्वाचन सुशासनका हिसाबले अहिलेसम्म कै सबैभन्दा राम्रो निर्वाचन भएको हामीले महशुस गर्यौं र प्रधानमन्त्री ज्यूले र प्रमुख आयुक्त, माननीय आयुक्त ज्यूहरु लगायत निर्वाचन आयोगका समग्र टिमलाई धेरै आभार प्रकट गर्नुभएको छ । यो इतिहासमा सुनौलो अक्षरले नाम लेखिनेछ । उहाँले गरेको कामलाई इतिहासले उच्च मूल्याङक गर्नेछ भन्ने सन्देश दिनुभएको छ,’ उनले भने ।
प्रभु बैंकले ‘ग्लोबल मनी विक’ मा विभिन्न स्थानहरुमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टक’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्तरगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम चैत २ गते देखी आरम्भ भई ०८ मा सम्पन्न गरेको छ ।
बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रमहरु आयोजना गरेकोे छ ।
बैंकले विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोे छ । बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ ।
अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।
कार्यक्रम संचालन भएका प्रदेश तथा शाखाहरु
वाग्मती प्रद्श–४७ शाखा, गण्डकी प्रदेश–५२ शाखा, लुम्बिनी प्रदेश–१६ शाखा, कोशी प्रदेश–३९ शाखा, मधेश प्रदेश–२९ शाखा, कर्णली प्रदेश–१४ शाखा र सुदुरपश्चिमका १९ शाखाहरुबाट कार्यक्रम संचालन गरिएको थियो ।
बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छा’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको विज्ञप्तिमा उल्लेख छ ।
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
काठमाडौँ । नबिल बैंकले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।
चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गरेको उल्लेख गरे ।
“नबिल बैंकले सुरु गरेको अभियानमार्फत हालसम्म १२३ विद्यालयमार्फत एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध खानेपानी प्रदान गर्न सफल भएका छौं”, अध्यक्ष चौधरीले भने, “यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन र विस्तार गरिनेछ ।”
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको उक्त अभियान विद्यार्थीको स्वास्थ सुधार, सरसफाइ प्रवर्द्धन र खानेपानीको दिगो पहुँच सुनिश्चित गर्नमा केन्द्रित छ । बैंकले सरकारी र सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
यो अभियान मुलुकका सात वटै प्रदेशमा सञ्चालन गरिएको छ । बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका आठ, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशका १५ र सुदुरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग रहेको जनाइएको छ ।
नेपालका विद्यालयहरुमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच अझै पनि एक प्रमुख चुनौतीका रुपमा रहेको छ । नेपाल सरकारको तथ्यांकअनुसार करिब ९८ प्रतिशत विद्यालयमा पिउने पानीको पहुँच छ, त्यसमध्ये करिब ६८ प्रतिशत विद्यालयमा पानी शुद्धीकरण गर्ने प्रणाली नै छैन । उक्त समस्यालाई सम्बोधन गर्नका लागि नबिल बैंकले विद्यालय सरसफाइ र स्वच्छता कार्यक्रम प्रमुख प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ ।
अव्यवस्थित जल व्यवस्थापन, कृषिजन्य बहाव र घरायसी ढलको निकासका कारण पानीका स्रोतहरुमा प्रायः आर्सेनिक, फलाम र हानिकारक किटाणुको संक्रमण हुन्छ । जसले गर्दा बालबालिकाहरु असुरक्षित पेय पदार्थसँग सम्बन्धित बढ्दो स्वास्थ्य जोखिमहरुको सामना गर्न बाध्य हुन्छन् ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नबिल एसएसई मार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
महालक्ष्मी विकास बैंकले देशैभरी गर्यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत ०२ गतेदेखि आजसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, विरगंज, धनगढी, सुर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन, चिप्लेढुङ्गा लगायतका विभिन्न शाखा कार्यालयहरु तथा प्रादेशीक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लागि वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
‘स्मार्ट मनी टक्स’ भन्ने मुल नाराका साथ देशभरी आयोजना गरिएको कार्यक्रमहरुमा एक हजार जना भन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।
नेपाल राष्ट्र बैंक लगायतका विभिन्न संस्थाहरुले आयोजना गरेको वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रमहरुमा समेत बैंकले उत्साहजनक रुपमा सहभागिता जनाएको छ ।
ग्लोबल मनी विक २०२६ को अवसर पारेर यस बैंकको नेपालगंज शाखाले युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज, बाँकेमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु समेत वितरण गरेको छ ।
साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यमहरुबाट समेत विभिन्न सचेतनामूलक जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मी र कम्पनी सचिव बिनोदकुमार भुजेलले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्नुहुने सम्पूर्ण संचालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्नुहुने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८३ को अग्रीम शुभकामना समेत व्यक्त गरे ।
आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।

















