Page 13

लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाण्डौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन्।
नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो।
शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ। त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ।
नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निस्शुल्क उपचार र परामर्श दिँदै आएको छ। जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ।
तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ। जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ।
‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था छ, नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भने, ‘बैंकले चारवटा प्रदेशमा आयोजना गरेको जलन शिविरमार्फत श्रोतको अभावका कारण उपचारको पर्खाइमा बसेका दुरदराजका करिव पाँच सय जना बिरामीले निस्शुल्क उपचार तथा परामर्श सेवा लिए।’
बैंकले यसअघि सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यसप्रकारका शिविर आयोजना गरिसकेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट प्रकारको सेवा उपलब्ध हुन नसकेको अवस्थामा शिविरले जलनका बिरामीलाई धेरै राहत पुर्याएको प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा सुरेश रसाइलीले जनाए।
‘यस प्रकारको सेवा उपलब्ध नभएको ठाउँमा २५ वटा शल्यक्रिया हुनु निकै कल्याणकारी काम हो। जलनको पीडा भोगेका बिरामीको पीडा कम गर्न खटिनुभएका कर्मचारी र आर्थिक रुपमा सहयोग गर्नु हुने नबिल बैंकलाई धन्यवाद दिन चाहन्छु’, डा रसाइलीले भने।
आगामी दिनमा पनि यसप्रकारको सहकार्यको आशा गरेको उनले जनाए।
बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपाचार तथा परामर्श पाएका थिए। यस्तै गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए।

भारतीय विदेश सचिवलाई नेपाल भ्रमणको निम्तो पठाएको पुष्टि

काठमाडौं । भारतले आफ्ना विदेश सचिवलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा प्राप्त भएको पुष्टि गरेको छ।
मंगलबार आयोजित नियमित मिडिया ब्रिफिङमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले भ्रमणको समय दुवै देशको सहमतिअनुसार तय हुने जानकारी दिए।
उनका अनुसार नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नभई राजनीतिक, आर्थिक तथा रणनीतिक सहकार्यसम्म फैलिएको छ। हालै मैरिससमा भएको भेटमा भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको पनि उनले उल्लेख गरे।
भारतले पछिल्ला उच्चस्तरीय संवादहरूलाई दुई देशबीचको विश्वास र सहकार्य थप मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ। साथै आगामी दिनमा पारस्परिक हितका विषयमा समन्वय अझ विस्तार हुने अपेक्षा पनि व्यक्त गरिएको छ।

स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको हो ।
वर्षाका कारण प्रभावित खेलमा नेपालले स्टकल्यान्डविरुद्ध डीएलएस मेथडमार्फत ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । तर, जवाफी ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्रै बनायो ।
गुलशन झा ३५ बलमा ६१ रनमा अविजित रहे। उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५५, रोहित पौडेलले ३२, आसिफ शेखले २१ रन जोड्दा करण केसीले १८ रन बनाए।
बलिङतर्फ स्कटल्याण्डका ब्राड करीले तीन, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले एक–एक विकेट लिए।

सानिमा जिआईसीको आम्दानी बढ्यो

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२, ०८३ को तेस्रो त्रैमाससम्म ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा ७८ प्रतिशतले घटेको देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन भने बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४९ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै कुल बीमा शुल्क पनि बढेर १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।
कम्पनीको कुल आम्दानी ९० करोड १० लाख रुपैयाँमा झरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको थियो। कम्पनीको कुल खर्च ८२ करोड ७६ लाख रुपैयाँ पुगेको छ जबकि अघिल्लो वर्ष यस्तो खर्च ६९ करोड २८ लाख रुपैयाँ थियो।
कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) उल्लेख्य रूपमा घटेको छ। गत वर्ष १५ रुपैयाँ ५७ पैसा रहेको ईपीएस घटेर अहिले ३ रुपैयाँ १९ पैसामा सीमित भएको छ। प्रति शेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५५ दशमलव ५ गुणा कायम भएको छ।
वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति बढेर ८ अर्ब ८८ करोड ६० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति ८ अर्ब १८ करोड १२ लाख रुपैयाँ रहेको थियो। कम्पनीको जगेडा कोष पनि बढेर १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ८५ लाख रुपैयाँ र स्पेशल रिजर्भमा ७७ करोड ५२ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ३ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ।

कृषि विकास बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । कृषि विकास बैंक लिमिटेडका ग्राहक, कर्मचारी तथा तिनका परिवारले अब काठमाडौं मेडिकल कलेजमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
काठमाडौं मेडिकल कलेज र कृषि विकास बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मेबाइल बैंकिङ सेवा उपयेग गरिरहेका ग्राहकाहरु कार्यरत कर्मचारी, पूर्व कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार अस्पतालमा उपलब्ध सेवाहरुमा पहिलो प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट सुविधा प्रदान गरिनेछ । छुट सुविधा प्राप्त गर्न बैंकको आधिकारिक चेकबुक, मान्य डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा बैंक खातासम्बन्धी अन्य प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले फोटोसहितको वैध परिचयपत्र, पूर्व कर्मचारी परिचयपत्र तथा नाता खुल्ने कागजात वा बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । यसका साथै, केएमसी दुवाकोटले उपचारका लागि आउने सम्पूर्ण सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सीटि स्क्यान र एमआरआई बाहेक अस्पतालमा उपलब्ध सेवाहरुमा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको छ ।

नबिल बैंकको नबिल इन्स्ट्यान्ट गोल्ड लोन यस कारण पर्दैछ ग्राहकको रोजाईमा

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको भिडमा अव्वल दर्जाको पहिचान बनाउन सफल नबिल बैंक लिमिटेडले लामो समयदेखि आफना ग्राहकलाई स्तरीय सेवा दिंदै आएको छ । सरल र भरपर्दो सेवा दिंदै आएको बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभाम्भित गर्दै आएको छ ।
विगत ४० वर्षदेखि निरन्तर गुणस्तरीय सेवा दिैंदै आएको बैंकले आउँदा दिनमा पनि सेवालाई अझ परिस्क्रीत गर्दै लगिरहेको छ । स्थापना कालदेखि नै ग्राहकहरुको मन मष्तिष्कमा बस्न सफल बैंकले सामाजिक उत्तरदायिन्व अन्तर्गतका कामहरु पनि निरन्तर गर्दै आएको छ ।
नेपाली बजारमा ग्राहकको आवश्यकतालाई मध्यनजर गरेर विभिन्न बैंकहरुले नयाँ नयाँ योजनाहरु ल्याएका छन् । नबिल बैंकले पनि बजारमा विभिन्न योजनाहरु संचालन गरिरहेको छ । ती मध्यको एक हो नबिल इन्स्ट्यान्ट गोल्ड लोन
नबिल बैंकले आफ्ना ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै नबिल इन्स्ट्यान्ट गोल्ड लोन योजना सञ्चालनमा ल्याएको छ। नेपालमा सुनलाई केवल गहनाको रूपमा मात्र नभई एक सुरक्षित लगानी र संकटको साथीका रूपमा हेरिने गरिन्छ। यही परम्परा र आवश्यकतालाई डिजिटल र आधुनिक बैंकिङसँग जोड्दै नबिल बैंकले यो सेवा प्रवाह गरिरहेको छ।
तल नबिल बैंकको गोल्ड लोन सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिएको छ
नबिल गोल्ड लोनका मुख्य विशेषताहरू
नबिल बैंकको सुन कर्जा छिटो, छरितो र झन्झटमुक्त प्रक्रियाका लागि चिनिन्छ। यसका केही प्रमुख विशेषताहरू यस प्रकार छन्
तुरुन्त कर्जा प्रवाहः बैंकका तोकिएका शाखाहरूमा सुन जम्मा गरेको १ घण्टाभित्रै कर्जा प्राप्त गर्न सकिन्छ।
उच्च मूल्यांकनः बैंकले सुनको प्रचलित बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्दछ।
न्यूनतम र अधिकतम सीमाः ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म (शाखाको क्षमता अनुसार) कर्जा लिन सक्छन्।
बीमाको व्यवस्थाः धितो राखिएको सुनको बैंकले नै बीमा गर्ने हुनाले ग्राहकको सम्पत्ति पूर्ण रूपमा सुरक्षित रहन्छ।
कर्जाको प्रकार
नबिल बैंकले मुख्यतया दुई प्रकारका सुन सम्बन्धी कर्जाहरू उपलब्ध गराउँछ
पहिलो इन्स्ट्यान्ट गोल्ड लोनः घरमा रहेको सुनको गहना वा सिक्का धितो राखेर नगद आवश्यक्ता पुरा गर्न लिइने ऋण।
र अर्को नबिल ढुक्क सुन खरिद कर्जाः यो विशेष गरी नयाँ सुनका गहना खरिद गर्न चाहनेहरूका लागि लक्षित छ। यसमा ७० प्रतिशतसम्म फाइनान्सिङको सुविधा हुन्छ र १० वर्षसम्मको किस्तामा रकम भुक्तानी गर्न सकिन्छ।
आवश्यक कागजातहरू
यो कर्जा लिनका लागि धेरै कागजातको झन्झट हुँदैन। सामान्यतया निम्न कागजातहरू आवश्यक पर्दछन्
कर्जा आवेदन फारम।
आवेदकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो।
आयस्रोत खुल्ने सामान्य विवरण (बैंकको आवश्यकता अनुसार)।
धितो राखिने सुन वा सुनका गहनाहरू।
ब्याजदर र शुल्क
नबिल बैंकले अन्य व्यक्तिगत कर्जाको तुलनामा सुन कर्जामा प्रतिस्पर्धी ब्याजदर कायम गरेको छ। ब्याजदर बैंकको आधार दरमा केही प्रिमियम थप गरेर निर्धारण गरिन्छ। कर्जा स्वीकृत गर्दा न्यून सेवा शुल्क लाग्ने गर्दछ। ब्याजको गणना दैनिक मौज्दातका आधारमा गरिन्छ भने भुक्तानी त्रैमासिक रूपमा गर्नुपर्ने हुन्छ।
यो कर्जा किन लिने ?
अचानक आइपर्ने व्यक्तिगत खर्च, शिक्षा, स्वास्थ्य उपचार वा सानो व्यवसाय विस्तारका लागि यो कर्जा उत्तम विकल्प हो। अन्य ऋण लिनका लागि घर, जग्गा धितो राख्ने लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, तर गोल्ड लोनमा बैंकले सुनको शुद्धता परीक्षण गरेकै भरमा तुरुन्तै पैसा दिन्छ।
निष्कर्ष
नबिल बैंकको गोल्ड लोन सुविधाले निष्क्रिय अवस्थामा रहेको सुनलाई उत्पादनमूलक कार्यमा प्रयोग गर्न सघाउँछ। सुरक्षित भण्डारण, कम कागजी प्रक्रिया र छिटो सेवाका कारण यो सेवा नेपाली ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। यदि तपाईंसँग सुन छ र तत्काल नगदको आवश्यकता छ भने नबिल बैंकको नजिकैको सुन कर्जा उपलब्ध हुने शाखामा सम्पर्क गर्न सक्नुहुन्छ।
नबिल बैकले नेपालमै उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले नेपाली समाजको अबश्यकता पहिचान गरी फरक र नयाँ किसिमका योजना पस्कन सफल र रक्षम रहेको छ । आर्थिक रुपमा सुदृढ, सम्पन्न साथै बैंकको वित्तीय अवस्था सवल रहेको छ l

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशतले सुधार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हिजो (सोमबार) सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन् । गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको छ ।
कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड अर्थात् उत्तीर्ण भएका छन् । भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थीहरू ‘नन ग्रेडिङ’ मा परेका छन् ।
सार्वजनिक नतिजाअनुसार २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी रहेका छन् ।
यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२, २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
त्यस्तै, २ देखि २.४ जीपीए ल्याउने ५ हजार १९०, १ देखि २ जीपीए ल्याउने विद्यार्थी रहेको परीक्षा बोर्डले जनाएको छ ।
त्यसैगरी, प्रदेशगत रूपमा कोशीमा ५० हजार ८९० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै, मधेशमा ४४ हजार ५९२ जना, बागमतीमा ७७ हजार ११३ जना, गण्डकीमा २६ हजार ५५० जना, लुम्बिनीमा ४४ हजार २५६जना, कर्णालीमा १९ हजार ०९५ जना र सुदूरपश्चिममा २१ हजार ६६४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

आईसीसी विश्वकप लिग २ – आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाण्डौीं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ।
नेपालले आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग खेल्दै छ । खेल ९ः३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।
नेपालले गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको थियो भने अर्को खेल पराजय भोगेको थियो भने नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।

कसैको इतिहास मेट्न होइन, सबैको सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न खोजेका हौँ ः प्रदीप पौडेल

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कसैको इतिहास मेट्न नभई सबैको इतिहास सुरक्षित गर्न सदस्यता अद्यावधिक गर्न थालिएको जनाएका छन् ।
सुर्खेतमा आयोजित कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा स्थानीय तह केन्द्रीत प्रशिक्षणमा सम्बोधन गर्दै सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका उनले पहिल्यै सदस्यता लिएकाहरूले इतिहास मेट्न खोजेकोमा सशंकित नहुन आग्रह गरे ।
‘एक अग्रज नेताले बिपीबाट लिएको सदस्यताको इतिहास मेट्न खोजिएको भनेर अन्तरवार्ता दिनुभएको सुनेँ,’ उनले भने, ‘म उहाँलाई आदरपूर्वक आग्रह गर्न चाहन्छु । तपाईंको इतिहास मेट्न होइन सुरक्षित गर्न खोजेका हौँ ।’
इतिहास कसैले नबिर्सने गरी डिजिटलकृत गरिने उनले जनाए । महामन्त्री पौडेलले देशमा चुनाव लडेको १६५ मध्ये १७ क्षेत्रमा क्रियाशील सदस्य बराबर मत समेत पाउन नसकिएको भन्दै यस आधारमा क्रियाशिललालाई नयाँ ढंगबाट अद्यावधिक गर्न जरुरी ठानेको जनाए ।
‘यसपाली चुनावमा पहिले जति आमसमा भएन, जुलुश भएन, फोटो टाँसिएन । तर प्रचारै नगरी कसैले चुनाव जितेको होइन । फेरिएको प्रचारको तरिका हामीले त्यो आत्मसाथ गर्न सकेनौँ,’ उनले भने, ‘हिजोको शैलीले प्रचार गरेर जित्न सकिँदैन भनेरै सदस्यलाई डिजिटल फ्रेममा आबद्ध गर्न खोजेका हौँ ।’
अद्यावधिक गर्दा नबनेका सदस्यलाई बनाउन नखोजिएको र एकलौटी रूपमा मनपरी गर्न पनि नखोजेर भएको इतिहास सुरक्षित गर्न खोजेको उनले जनाए । उनले अबको डिजिटल प्रणालीका सदस्यले नीतिगत परिवर्तनका सवालमा पार्टी र नेतृत्वलाई सिधै प्रविधिका माध्यमबाट सुझाव दिन सक्ने उनले जनाए ।
‘जरालाई केन्द्र र केन्द्रलाई जरासँग जोड्न सदस्यता अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘यसले पार्टीलाई वैचारिक पक्षबाट सबै सदस्यलाई जोड्छ । सदस्य भएकोमा गर्व गर्ने बनाउँछ ।’
स्थानीय र प्रदेश निर्वाचन नजिक रहेको भन्दै उनले भने, ‘यो अघि सदस्यता अद्यावधिक गर्न सके सबै सदस्यलाई पार्टीका उम्मेदवार जिताउन सक्रिय बनाउन सक्छौँ ।’

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

काठमाडौं । सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ ।
सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने जनाएका हुन् ।
उनले भने,‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइनेछ ।’ उनको अनुसार सूचना प्रविधिलाई राष्ट्रिय उद्योग घोषणा गरि एआई निर्यात प्रवद्र्धन गरिने नीति सरकारले लिएको छ ।
साथै, विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै उनले श्रम प्रदान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिने पनि जानकारी दिए ।

लेटेष्ट समाचार

राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाण्डौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार...

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त...

इजरायल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत

काठमाडौं । इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका...