कृषि विकास बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

0

काठमाडौं । कृषि विकास बैंक लिमिटेडका ग्राहक, कर्मचारी तथा तिनका परिवारले अब काठमाडौं मेडिकल कलेजमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
काठमाडौं मेडिकल कलेज र कृषि विकास बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मेबाइल बैंकिङ सेवा उपयेग गरिरहेका ग्राहकाहरु कार्यरत कर्मचारी, पूर्व कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार अस्पतालमा उपलब्ध सेवाहरुमा पहिलो प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट सुविधा प्रदान गरिनेछ । छुट सुविधा प्राप्त गर्न बैंकको आधिकारिक चेकबुक, मान्य डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा बैंक खातासम्बन्धी अन्य प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले फोटोसहितको वैध परिचयपत्र, पूर्व कर्मचारी परिचयपत्र तथा नाता खुल्ने कागजात वा बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । यसका साथै, केएमसी दुवाकोटले उपचारका लागि आउने सम्पूर्ण सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सीटि स्क्यान र एमआरआई बाहेक अस्पतालमा उपलब्ध सेवाहरुमा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको छ ।

LEAVE A REPLY