Page 14

एसईईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले अहिले १ घन्टाभित्र नतिजा सार्वजनिक गरिने जानकारी दिए । यसपालि परीक्षा भएको १ महिनाभित्रै नतिजा सार्वजनिक गरिँदैछ । विगतमा नतिजा सार्वजनिक गर्न ३ महिना लाग्दै आएको थियो ।
चैत १९ गतेदेखि देशभर सञ्चालन भएको एसईई परीक्षा चैत २९ गते सकिएको थियो । परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए ।

ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेका हुन् ।
ती मध्ये दुई न्यायाधीशले अन्तरिम आदेश जारी हुन नपर्ने राय दिएका छन् ।
पाँच सदस्यीय इजलासमा तीन न्यायाधीशले एउटै राय व्यक्त गरेको हुनाले अन्तरिम आदेश जारी गरेको छ ।

अब नेपाल टेलिकमको ई–सिम अनलाइनबाटै लिन सकिने

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यससँगै अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हटेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले ई–सिमडटएनटीसीडटनेटडटएनपी लगइन गरी त्यहाँ रहेको गेट न्यू प्रिपेड ई–सिममा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ । त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुन्छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिन्छ ।
ई–सिमडटएनटीसीडटनेटडटएनपी लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको हो । योभन्दा पहिलेदेखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध छ ।

प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाल प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन्।
प्रभु स्टक मार्केटको संचालक समितिको वैशाख २५ गते बसेको त्रिसठ्ठिऔं बैठकले प्रभु बैंकका चिफ म्यानेजर रबिन्द्र ढकाललाई प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा चयन गरेको हो। ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने कुरामा प्रतिवद्धता व्यक्त गरेको छ।
प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालय र २६१ एटीएमका साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवल तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित

बुटवल । नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुंगा पार गर्दै, हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरु ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’,‘नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६’ र ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ बाट आधिकारिक रुपमा सम्मानित भएको छ।
यी सम्मानहरू प्रतिष्ठित ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ द्वारा प्रदान गरिएको हो।
सञ्चालनमा आएको जम्मा ६ महिनाभित्रै यस्तो असाधारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान हासिल गर्नु आफैंमा एक दुर्लभ उपलब्धि हो। यी अवार्डहरूले यस होटेलका विश्वस्तरीय सुविधाहरू, आकर्षक कार्यक्रम स्थलहरू, उत्कृष्ट अतिथि सेवा र कुशल नेतृत्वको प्रशंसा गर्दै यसलाई एक प्रमुख गन्तव्यको रूपमा स्थापित गरेको कुरालाई प्रमाणित गर्दछ।
आफ्नो सुरुवातदेखि नै हायात प्लेस बुटवलले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड र न्यानो स्थानीय आतिथ्यताको उत्कृष्ट संयोजन गर्दै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ परिभाषा दिएको छ। विशेष गरी ‘नेपालकै उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’ अवार्डले होटेलको उत्कृष्ट ब्यांक्वेट सुविधाहरू र सपनाको विवाहलाई साकार पार्न होटेलको टोलीले पुर्याएको सुक्ष्म ध्यानलाई सम्मान गरेको छ।
यसैगरी, ‘नेपालकै उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ ले होटेलको यो अभूतपूर्व सफलताको पछाडि रहेको उत्कृष्ट दृष्टिकोण र कुशल नेतृत्वलाई मान्यता दिएको छ।
यस ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै, हायात प्लेस बुटवलका महाप्रबन्धक एवं उत्कृष्ट जीएमको सम्मान प्राप्तकर्ता तुषार नागरले आफ्नो कृतज्ञता र उत्साह यसरी साटासाट गरे ‘सञ्चालनमा आएको छोटो ६ महिनामै २०२६ का लागि यी तीन प्रतिष्ठित अवार्डहरू प्राप्त गर्दा हामी निकै सम्मानित र कृतज्ञ महसुस गरिरहेका छौं। यो हाम्रो सम्पूर्ण टोलीले हरेक दिन देखाउने जोश, समर्पण र वास्तविक आतिथ्यताको उच्च सम्मान हो।
सुरुवाती दिनदेखि नै बुटवलको हस्पिटालिटी अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो एउटा स्पष्ट भिजन थियो। नेपालकै उत्कृष्ट होटेल, उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्युको रूपमा सम्मानित हुनु र महाप्रबन्धकको अवार्ड प्राप्त गर्नुले हामीलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न र हाम्रा अतिथिहरूका लागि अविस्मरणीय क्षणहरू सिर्जना गरिरहन थप ऊर्जा दिएको छ। यस रोमाञ्चक यात्राको एक अभिन्न हिस्सा बनिदिनुभएकोमा हामी हाम्रा सम्पूर्ण अतिथि तथा साझेदारहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।’
हायात प्लेस बुटवलले यस उद्योगमा नयाँ आयामहरू स्थापित गर्दै गर्दा, यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने र जीवनशैलीको उत्कृष्ट अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यमा सदैव केन्द्रित रहनेछ।

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा योगदानमा आधारित भए–नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ ।
अब बैंकका कर्मचारीहरूको व्यतिगत अभिलेख तथा खाता तयार गरी परिचय पत्र सम्बन्धित कर्मचारीलाई प्रदान गर्ने, बैंकबाट मासिक–वार्षिक रूपमा कोष कट्टी गरी प्राप्त भएको रकम र विवरण सम्बधित कर्मचारी वा बैंकको खाता अद्यावधिक गर्ने, बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।
त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् ।
कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख छ ।

मोदीको निर्देशन– पेट्रोल, डिजेल र ग्यासको प्रयोग कम गर, हामीसँग तेलको कुवा छैन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको अवस्थामा पेट्रोल, डिजेल र ग्यासको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् । मध्यपूर्वमा जारी युद्धका कारण विश्वभर पेट्रोल, डिजेल र ग्यासको मूल्य धेरै गुणा बढेको भन्दै उनले त्यसको प्रयोग कम गर्न भनेका हुन् ।
आइतबार हैदराबादमा भाजपाको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरबाट काम गर्ने लगायतका उपायहरू अपनाउनुपर्नेमा पनि जोड दिए ।
‘भारत यस विश्वव्यापी संकटबाट विशेष गरी प्रभावित छ, किनकि हामीसँग ठूला तेल कुवाहरू छैनन् । आज, हामीलाई घरबाट काम गर्ने जस्ता उपायहरू आवश्यकता छ ।’ मोदीले भने ।
मोदीका अनुसार विगतमा युद्धको समयमा मानिसहरूले सुन दान गर्थे । तर आज त्यो दानको आवश्यकता छैन । ‘तर हामीले एक वर्षसम्म सुन नकिन्ने प्रतिज्ञा गर्नुपर्छ, चाहे कुनै पनि कार्यक्रम किन नहोस् । सुन किन्न वा दान गर्नबाट टाढा रहनु पर्छ । यसले विदेशी मुद्रा पनि बचत गर्नेछ । ’ उनले भने ।
मोदीले एक वर्षसम्म सुन किन्नबाट टाढा रहन अपील समेत गरे । साथै, अनावश्यक सवारी साधनको प्रयोग कम गर्न र मेट्रोमा यात्रा गर्न पनि भनेका छन् ।

काठमाण्डौं अवतरण गर्न लागेको टर्किस जहाजको चक्कामा आगो लाग्यो

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ ।
सोमबार बिहान स्तानबुलबाट आएको उक्त जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो लागेको हो ।
घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो भने सबै यात्रु सुरक्षित रहेको विमानस्थल स्रोतले जानकारी दियो ।
विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको जनाईएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

आजदेखि बजेट अधिवेशन सुरु हुँदै, नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाण्डौं । संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । आज बस्ने संघीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए।
राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रमसमेत संसद्मा प्रस्तुत गर्नेछन्।
नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ।
बैठकमा दिउँसो ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्नेछन् ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची तय गरिएको छ।
सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।
यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ ।

लेटेष्ट समाचार

बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुन्छः अर्थमन्त्री

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत नेपाल...