Page 15

मलाई होइन, बालेनको श्रीमतीलाई ‘आमा’ भन ः सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ नभन्न आग्रह गर्दै प्रधानमन्त्री बालेन साहकी श्रीमतीलाई ‘आमा’ भन्न कटाक्ष गरेकी छन् ।
एक सञ्चारकर्मीले ‘आमा दर्शन’ भनेर सम्बोधन गरिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो भनेकी हुन् ।
शनिबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा कार्कीले भनिन्, ‘कोले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’ कार्कीले यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर प्रधानमन्त्री बालेनप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी छन् ।
कार्कीले प्रधानन्यायाधीश सिफारिसमा चौथो वरीयतामा रहेका डा. मनोज शर्मालाई नियुक्ति गलत भएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी थिइन् ।
संवैधानिक परिषद्ले वरिष्ठताको परम्परा तोड्दै चौथो वरीयताका न्यायाधीश शर्मालाई सिफारिस गरेपछि कार्कीले न्यायालयको स्वतन्त्रता र विश्वसनीयतामाथि गम्भीर असर पर्ने चेतावनी पनि दिएकी थिइन् ।

कामु प्रधानन्यायाधीशको आक्रोश–सरकारले न्यायालयलाई नियन्त्रण गर्न खोज्यो

काठमाण्डौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिशमा सरकारप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा कायम मुकायम प्रधानन्यायाधीश मल्लले अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाएर आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन भन्दै प्रश्न गरिन् ।
प्रधानन्यायाधीश सिफारिशमा सरकारको निर्णयप्रति संकेत गर्दै उनले सक्षमताको परीक्षण के आधारमा गरियो प्रश्न गरिन् ।
समक्षता कामबाट देखिने भन्दै उनले प्रधानन्यायाधीशमा सिफारिश मनोजकुमार शर्माको मुद्दाको लगत गलत देखाइएको दाबी गरिन् ।
न्यायालयलाई सरकारले नियन्त्रण गर्न प्रयोग गरेको टिप्पणी गर्दै उनले प्रधानन्यायाधीश सिफारिशमा वरिष्ठताको परम्परा तोडिएको जनाईन ।
‘यहाँ व्यक्ति को भन्दा पनि सरकारको स्वच्छेचारिता देखिएको छ । सरकारले न्यायालयलाई नियन्त्रण गर्न खोजेको छ’, मल्लले भनिन् ।
सम्झौता गर्ने र समपर्ण गर्ने न्यायालय बनाउने प्रयास भएको आरोप लगाउँदै उनले न्यायालयमा अहिलेका डर बहुमत, सत्ता र शक्तिको रहेको पनि टिप्पणी गरिन् ।
न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न उनले आग्रह गरिन् । ‘न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुन्डो बनाउने कुत्सित प्रयासमा त लागिरहेका छैनौँ’, उनले प्रश्न गरिन् ।
आगामी दिनहरूसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालीक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको उनको भनाइ छ ।
उनले दुई तिहाइ सरकार वा महाभियोगको डरबाट समेत मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गरिन् ।
‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस् । चाहे त्यो महाभियोगको डर नै किन नहोस् ।’

रास्वपाले आजदेखि सांसदहरूलाई प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।
आज र भोलि (वैशाख २६ र २७ गते) ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्नेछन् । संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न यो प्रशिक्षण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ । जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिनेछन् ।
त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्ने छिन् ।
दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिनेछिन् भने परराष्ट्रशन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् । साथै, सहमहामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने छन् । सभापति लामिछानेले पार्टीको मुल एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता र जनउत्तरदायी सांसदको रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे मार्गनिर्देशन गर्नेछन् ।

रुस र युक्रनेबीच तीन दिने यद्ध विराम भएको ट्रम्पको घोषणा

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेनबीच तीनदिने युद्धविराम हुने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ९–११ मेसम्म युद्धविराम लागू हुने जनाएका हुन् ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि अमेरिकी पहलमा युद्ध अन्त्यका लागि तीनदिने युद्धविराममा सहमति भएको पुष्टि गरेका छन् ।
रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभका अनुसार अमेरिका, रुस र युक्रेनबीच टेलिफोन संवादमार्फत सहमति जुटाइएको हो । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच हालै भएको वार्तामा पनि युद्धविरामबारे छलफल भएको जनाएका छन् ।
युद्धविराम अवधिमा सबै सैन्य गतिविधि रोक्ने तथा दुवै देशले एक–एक हजार युद्धबन्दी आदानप्रदान गर्ने सहमति भएको जनाइएको छ ।
ट्रम्पले यो कदम लामो र घातक युद्ध अन्त्यतर्फको सुरुआत हुन सक्ने जनाएका छन् । उनले सन् २०२४ को चुनावी अभियानमा युक्रेन युद्ध अन्त्यलाई मुख्य एजेन्डा बनाएका थिए । यद्यपि, शान्ति वार्तामा अझै प्रगति हुन सकेको छैन ।

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

धनगढी । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ ।
बिहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले जनाए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसद, पराजित उम्मेदवार, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधको सहभागिता रहेने रसाईलीले जनाए ।
कांग्रेसले समीक्षासँगै आगामी कार्यदिशा पनि तय गर्ने सहमहामन्त्री रसाईलीको भनाई छ ।
समीक्षा कार्यक्रम बिहान १० बजेदेखि धनगढीको सौराई ब्याङ्केटमा हुनेछ ।

हर्क साम्पाङ र सुदन किरातीबिच एकता गर्ने सहमति

काठमाण्डौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकता गर्ने सहमति भएको छ ।
बिहीबार राति साम्पाङ र किरातीबीच एकतासम्बन्धी सहमति भएको हो ।
किराती समूहले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ । किराती पार्टीमा वरिष्ठ नेता रहनेछन् ।
सहमतिसँगै शुक्रबार एकता घोषणा गरिँदैछ । एकता घोषणा कार्यक्रम अपराह्न ३ बजे बागबजारको हार्दिक होटल हुँदैछ ।
पूर्वमाओवादी नेता किराती चुनावअघि माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । पछि उनले पार्टी परित्याग गरेका थिए । किराती पर्यटनमन्त्री समेत बनेका थिए ।

मन्त्रिपरिषद्को बैठक ११ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो ।
यही वैशाख २४ गते स्वीकृत भएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।
इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत दरखास्त दिन सक्ने जनाइएको छ ।
सम्बन्धित कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा राखिएको मन्त्रालयले जनाएको छ ।

पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीको पीएको हत्या

काठमाडौं । पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ ।
मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् ।
लामो समयदेखि त्रिणमूल कांग्रेस नेता ममता बनर्जीको निकट सहयोगी भएर काम गरेका शुभेन्दु अधिकारीले हालैको विधानसभा निर्वाचनमा भाजपा प्रवेश गरी ममतालाई नै हराइदिएका थिए ।
पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गर्दै राज्यमा पहिलो पटक सरकार बनाउने तयारीमा छ । त्यही बेला चर्चित नेता अधिकारीका पीएको गोली हानी हत्या भएको हो ।
अधिकारीका पीए चन्द्रनाथ रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका भारतीय मिडियाहरुले लेखेका छन् ।
घटनामा उनका चालक बुद्धदेव बेरासमेत घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई कोलकातास्थित अस्पतालमा भर्ना गरिएको छ ।
प्रारम्भिक जानकारीअनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीहरूले योजनाबद्ध रूपमा हमला गरेका थिए ।
घटनापछि भाजपा नेता तथा कार्यकर्ताहरूमा तीव्र आक्रोश फैलिएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

काठमाडौं । संघीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो ।
सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्वीर समेत खिचिने जनाएको छ । तस्वीर खिच्ने कार्यक्रम समेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।
सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ । सोही समयमा अर्थ समितिका सदस्यहरू र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ । कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरिएको छ ।
भोलि शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ । पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।
महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।
यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा समितिका सदस्यहरू र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई समेत छुट्टाछुट्टै सभाकक्षमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ ।

लेटेष्ट समाचार

आज हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो...

फिफा विश्वकप २०२६– दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश

काठमाण्डौं । जारी फिफा विश्वकप २०२६मा सहआयोजक मेक्सिकोले सानदार जित निकालेको छ । ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको...