काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशूल्क पौष्टिक भोजन वितरण गरेको छ ।
अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गरिब तथा विपन्न बिरामी तथा कुरुवाहरूका लागि पौष्टिक भोजन आवश्यक रहने अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो ।
उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सी।एस।आर। प्रमुख सुशिल पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो । भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकलाई धन्यवाद ज्ञापन गरिन् । साथै, गरिब तथा विपन्न बिरामी एवम् उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका ब्राण्डिङ तथा सी।एस।आर। प्रमुख पौडेलले जनाए ।
आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।
कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशूल्क भोजन वितरण
मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ।
यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी ०१, कैलाली स्थित सेती प्रादेशिक अस्पताल लाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।
उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ। यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
त्यसैगरी, बैंकले गोकर्णेश्वर स्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हीलचेयर सहयोग प्रदान गरेको छ । उक्त सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पु¥याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सभा सम्पन्न भएको हो ।
सभामा कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । सोअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरी वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ। त्यस्तै आर्थिक वर्ष २०८१, ०८२ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन भएको हो ।
साथै कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्था र त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्न र बोनस शेयर जारीपश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन आए सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते एक दिन बूक क्लोज गरेको थियो ।
जन्मदिनमा श्रीमतीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगरका श्यामबहादुर बमले श्रीमती दीपा मल्ललाई जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्। पछिल्लो समय विभिन्न उत्सव तथा विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुको सट्टा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ।
पेशाले शिक्षक रहेका बमले श्रीमतीको दीर्घायु, सुरक्षा र परिवारको भविष्यलाई ध्यानमा राख्दै सात लाख रुपैयाँ बीमाङ्कको सावधिक जीवन बीमा पोलिसी उपहार दिएका हुन्। उनले क्षणिक मनोरञ्जनभन्दा भविष्यलाई सुरक्षित बनाउने योजना महत्वपूर्ण हुने भएकाले बीमालाई प्राथमिकतामा राखेको जनाए।
उक्त बीमा पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखामार्फत जारी गरिएको हो। शाखा प्रमुख मोहनबहादुर बोहराले जन्मदिनको शुभकामना दिंदै पोलिसी हस्तान्तरण गरेका थिए। एजेन्सी म्यानेजर रमेश ढाँटको सहकार्यमा दीपा मल्लकै कार्यकक्षमा पुगेर पोलिसी हस्तान्तरण गरिएको हो।
पछिल्लो समय जन्मदिन, विवाह वर्षगाँठ तथा अन्य विशेष अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसले अनावश्यक खर्च घटाएर बचत तथा आर्थिक सुरक्षाप्रति मानिसको आकर्षण बढाएको कम्पनीले जनाएको छ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।
बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुनेछ ।
यसैगरी, बिहान १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आ।व।२०८३्, ०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।
बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
साथै “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने कार्यसूची छ।
मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
चीन पुगे रुसी राष्ट्रपति पुटिन, विदेशमन्त्री वाङले गरे स्वागत
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि मंगलबार राति चीन पुगेका छन् । उनलाई बेइजिङ विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले स्वागत गरे ।
भ्रमणको क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्नेछन् ।
चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताले दुई देशबीचको सम्बन्ध, व्यापार, रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी परिस्थितिबारे छलफल गर्नेछन् । पुटिनले चिनियाँ प्रधानमन्त्रीसँग पनि भेट गर्ने जनाईएको छ ।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङको भ्रमण गरेका थिए ।
श्रम मन्त्रालयमा कर्मचारीका लागि नयाँ आचारसंहिता लागू
काठमाण्डौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा यस अन्तर्गतका निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ।
मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।
सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भने कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ।
पद तथा अधिकारको दुरुपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत तथा साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ।
आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था समेत स्पष्ट गरेको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ ः पहिलो चरणको बैठक सकियो, दिउँसो फेरि बस्ने
काठमाण्डौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठक सकिएको छ ।
सिंहदरबारमा मंगलबार बिहान बसेको बैठकमा विपक्षी दलका सांसदहरूले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफलबिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त नहुने जनाएपछि पहिलो चरणको बैठक सकिएको हो ।
बैठकले सुनवाइका लागि नयाँ कार्यतालि पनि तए गरेको छ । जसअनुसार समितिले उजुरीकर्तासँग प्रत्यक्ष छलफल सुरु गर्नेछ ।
शर्माविरुद्ध प्राप्त भएका १६ वटा उजुरीका सम्बन्धमा उजुरीकर्ताका गुनासा र उनीहरूका भनाइ सुन्नका लागि यो समय तोकिएको हो ।
त्यसपछि दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सुनुवाइका लागि बोलाइएको छ । शर्माले आफ्नो ६ वर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गर्नेछन् भने सांसदले उनीमाथि प्रश्नोत्तर गर्नेछन् ।
यसअघि बसेको बैठकमा एमाले र नेकपाका सांसदहरूले उजुरी र कार्ययोजना अध्ययनका लागि पर्याप्त समय नभएको भन्दै सुनुवाइ प्रक्रिया स्थगित गरेर बुधबाका लागि बैठक सार्न माग गरेका थिए । तर, समितिले उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश दुवैको सुनुवाइ प्रक्रियालाई मंगलबार नै निरन्तरता दिने निर्णय गरेको हो ।
ट्रम्पले स्थगित गरे आज इरानमाथि हुने भनिएको आक्रमण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) हुने भनिएको इरानमाथिको योजनाबद्ध आक्रमण स्थगित गरिएको जनाएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै यो जानकारी गराएका हुन् ।
उनले कतार, साउदी अरेबिया र युएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि अझै केही दिनको समय मागेको उल्लेख गर्दै आक्रमण स्थगित गरेको जनाए । उनले गम्भीर वार्ता भइरहेको, अमेरिका र मध्य पूर्व देशहरूले स्वीकार गर्नसक्ने सम्झौतामा पुग्न सकिने समेत जनाए ।
ट्रम्पले अमेरिकी रक्षा सचिव पिट हेगसेथ, संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डेनियल केन र अमेरिकी सेनालाई आक्रमण नगर्न निर्देशन दिए । यद्यपि, ट्रम्पले सम्झौता भएन भने अमेरिकी सेना जुनसुकै बेला ठूलो मात्रामा आक्रमण गर्न तयार हुने उल्लेख गरेका छन् ।
ट्रम्पले प्रस्तावित सम्झौताको सबैभन्दा महत्त्वपूर्ण सर्त इरानसँग आणविक हतियार हुन नहुने उनको भनाइ छ ।
















