Page 6

फिफा विश्वकप २०२६ को पहिलो खेलमा मेक्सिको विजयी, ३ खेलाडीलाई रातो कार्ड

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
मेक्सिकोका लागि खेलको ९ औं मिनेटमा जुलियन क्विनोन्सले गोल गरे । त्यसपछि ६७ औं मिनेटमा स्ट्राइकर राउल जिमेनेजले उत्कृष्ट हेडर गोल गर्दै अग्रता दोब्बर बनाए ।
मेक्सिको सिटी रंगशालामा भएको उद्घाटन खेलमा तीन जना खेलाडीले रातो कार्ड पाएका थिए ।
दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाए भने मेक्सिकोका सेसर मोन्टेसले अतिरिक्त समयमा रातो कार्ड पाएका थिए ।
दोस्रो हाफको सुरुमै दक्षिण अफ्रिकी मिडफिल्डर सिथोलेले रातो कार्ड पाए । ४९ औं मिनेटमा सिथोलेले ब्रायन गुटिएरेज गोलतर्फ अगाडि बढ्दै गर्दा पछाडिबाट फाउल गरे । रेफ्रीले रातो कार्ड देखाइदिए ।
त्यसपछि ८४ औं मिनेटमा थेम्बा ज्वानेलाई हिंसात्मक आचरणको लागि रातो कार्ड देखाइयो । जसकारण दक्षिण अफ्रिकाले नौ खेलाडीसँग खेल खेल्नुपर्‍यो ।
मेक्सिकोका सेसर मोन्टेसले पनि इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।
जारी विश्वकपको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । खेल मेक्सिकोको ग्वाडालाजारामा बिहान ७ः३० बजे सुरु हुनेछ ।
यी दुई देशबीच अहिलेसम्म चार अन्तर्राष्ट्रिय खेल भएको छ । दुवै टोलीले एक जित र दुई बराबरीसहित एकअर्कासँग बराबरी खेलेको छ ।
फिफा विश्वकपको इतिहासमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेको हो ।
विश्व फुटबल वरियतामा दक्षिण कोरिया २५ औं स्थानमा छ भने चेक गणतन्त्र ४१ औं स्थानमा छ ।

शेयर खरिद गर्न दीपक र शुलभले ४५ करोड कर्जा रकम दुरुपयोग गरेको आरोप

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयर खरिदका लागि करिब ४५ करोड रुपैयाँ कर्जा रकम दुरुपयोग गरिएको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरिएको छ।
विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको वाणिज्य इजलासमा दर्ता गरेको मुद्दामा दीपक भट्ट, शुलभ अग्रवाल, साहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ।
अनुसन्धानअनुसार जगदम्बा स्टिल्सका नाममा लिइएको कर्जा रकम विभिन्न खातामार्फत इन्फिनिटी होल्डिङ्समा पुर्‍याइएको र सोही रकम प्रयोग गरी हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद गरिएको आरोप छ।
प्रहरीले उक्त कारोबारलाई वैध देखाउन जग्गा खरिद–बिक्रीसम्बन्धी कागजात तयार गरिएको दाबी गर्दै वास्तविक लगानी स्रोत कर्जा रकम नै रहेको निष्कर्ष निकालेको छ। बैंक विवरण र वित्तीय कारोबारको विश्लेषणबाट रकमको प्रवाहबारे प्रमाण भेटिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, फुकुवा सम्बन्धी सेवा सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का–फुकुवा गर्ने कार्य कार्यान्वयन शुरु गरेको छ ।
नेपाल सरकारको शासकीय सुधार सम्वन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध लागु गर्न, नागरिकलाई छिटो सहज तथा पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउन तथा सेवा प्रक्रियालाई मुहार विहिन, समयबद्ध तथा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने लक्ष्य अनुरुप बैंकले उक्त सेवा सञ्चालन गरेको हो ।
बैंकले हालसम्म ८०० वटा भन्दा बढी धितो बन्धक रोक्का–फुकुवा सोही प्रणाली मार्फत गरिसकेको छ । यस अघि अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का र फुकुवा गर्ने सम्बन्धमा नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारी भएको थियो ।
धितोको जग्गा रोक्का तथा फुकुवा अनलाइनमार्फत गर्दा प्रक्रिया छिटोछरितो, पारदर्शी एवं सहज हुनुका साथै समय र खर्च बचत एवं ग्राहक सन्तुष्टी अभिवृद्धी हुने अपेक्षा गरिएको छ ।
विसं २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१५ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराइरहेको छ ।

पूर्वस्वीकृति नलिई विश्वकप फुटबल सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृति नलिई विश्वकप फुटबल सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण नगर्न भनेको छ ।
जिप्रका काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै पूर्वस्वीकृति नलिई प्रत्यक्ष प्रसारण गरेर भिड जम्मा नगर्न भनेको हो । फिफा विश्वकप जेठ २९ गतेबाट सुरु हुँदैछ ।
“फिफा विश्वकप फुटबल २०२६ का खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ, संस्था वा कम्पनीले यस कार्यालयबाट पूर्वस्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवम् शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न, नगराउन सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।
खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिको लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा रहेको जनाइएको छ ।
“उक्त निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही यस्तो संघ, संस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइनेछ,” जिप्रका काठमाडौंले भनेको छ ।
सूचनाको अवज्ञा गरी कोही कसैले स्वीकृति बेगर रातको समयमा फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणको नाममा भिडभाड गर्ने तथा अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भएको खण्डमा तत्काल प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

रास्वपा कोशीको सभापतिमा चन्द्र राई विजयी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोशीको सभापतिमा चन्द्र राई विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी गोमा तामाङ (सरीन) लाई पराजित गर्दै जित हासिल गरेका हुन् । उनी यसअघि प्रदेशका कोषाध्यक्ष थिए ।
राईले २८० मत ल्याएका छन् भने सरीनले १४१ मत पाइन् ।
यसैगरी सभापतिकै दाबेदार डा. खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे । पराजित भएसँगै सरीनले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी छिन् ।

कुमारी बैंकले ल्यायो नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म

काठमाण्डौं । कुमारी बैंक लिमिटेडले आइएमएस सफ्टवेयरसँगको सहकार्यमा नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।
कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत आइएमएस को इआरपी सफ्टवेयरमार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ ।
यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ ।
इआरपी प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पुर्‍याउँदै परम्परागत धितो आवश्यकताविनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ ।
यसमार्फत इआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा रु ५ लाख सम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।
यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने परिकल्पनाअनुरूप नवप्रवर्तन र वित्तीय समावेशीकरणप्रति कुमारी बैंकको प्रतिबद्धताको प्रतिविम्ब भएको र यसले विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लाभान्वित गर्ने विश्वास गरिएको छ ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । साथै, यसले उद्यमशीलता प्रवद्र्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।
२८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरहरूको देशव्यापी सञ्जालहरु, सुदृढ बैंकिङ्ग अनुभव तथा प्रविधिक साझेदारहरूसँगको सहकार्यबाट कुमारी बैंक नेपालमा डिजिटल वित्तीय रूपान्तरणको अग्रपंक्तिमा उभिएको र यस पहलले साना तथा मझौला उद्यमीहरुको कर्जा पहुँचमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वासका साथ बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफमा रोजगारीको अवसर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न ६ विभागको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले मानव संसाधन विभाग, सूचना प्रविधि विभाग, ब्रान्ड विभाग, सिए अफिसर लेभल, जुनियर अफिसर म्यानेनजमेन्ट टे्रनीदेखि असिस्टेनसम्मको लागि कर्मचारी माग गरेको छ।

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ ।
नेपाल बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था गर्दै आफ्नो वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधाहरु समावेश गरी सबै बर्गका ग्राहकहरुका लागि समान पहूँच सुनिश्चितता गरेको छ ।
नयाँ व्यवस्था अन्तर्गत वेबसाईटमा स्क्रिन रिडर मैत्री संरचना, अक्षर आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट विकल्प तथा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरुलाई लक्षित अन्य आवश्यक पहुँच सम्बन्धी सुविधाहरु समावेश गरिएको छ । समावेशी बैंकिङ सेवाप्रति बैंक प्रतिबद्ध रहेको र सबै नागरिकलाई सहज, सुरक्षित तथा पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने आफ्नो दायित्वलाई निरन्तर सुदृढ गर्दै जाने विश्वास बैंकले व्यक्त गरेको छ ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु(याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिनेछ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अद्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न अपिल गरेका छन्।
पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्।
त्यस बाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि पार्टीले दिएको छ।
महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अद्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरे ।
उनले कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै, प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अद्यावधिक गर्न आग्रह गरे ।
नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ।
कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अद्यावधिक अभियान गाउँगाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। विगतमा अरूले फाराम भरिदिँदा केही सदस्यता फर्जी पनि हुन सक्ने भएकाले धेरै सदस्यता देखिएको र अहिले आफैले अनलाईनबाट भर्नु पर्ने भएकाले वास्तविक सदस्यता विवरण तयार हुन लागेको नेताहरूले जनाएका छन् ।
विगतमा सदस्यको नामबाहेक अन्य विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित र अद्यावधिक हुन लागेको छ।

आजबाट सुरु हुँदैछ फुटबलको महाकुम्भ

काठमाडौं । विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ ।
फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा ​​आजदेखि आयोजना हुन लागेको हो ।
विश्वकप आजमा मेक्सिको सिटीमा उद्घाटन हुनेछ । प्रतियोगिताको पहिलो खेल आज राति सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ ।
उद्घाटन खेल अघि संगीत र मनोरञ्जन जगतका धेरै प्रमुख व्यक्तित्वहरूको सहभागितामा एक भव्य समारोह हुनेछ । शकिरा उद्घाटन कार्यक्रमको मुख्य आकर्षण हुने जनाईएको छ । उनले बर्ना ब्वाय, जे बाल्विन, ड्यानी ओशन, बेलिन्डा, लिला डाउन्स, लस एन्जलस एजुल्स र मानासँगै प्रस्तुति दिनेछिन् । सबै कलाकारहरूले फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमबाट प्रत्यक्ष गीतहरू प्रस्तुत गर्नेछन् ।
यसपटक पहिलोपटक विश्वकपमा ४८ टोलीले भाग लिनेछन् । १०४ खेल खेलाइनेछ र १६ शहरहरूले यो विश्वव्यापी फुटबल महोत्सव आयोजना गर्नेछ । अघिल्ला संस्करणहरूमा ६४ खेल खेलिएको थियो । यसपटक फुटबलप्रेमीहरूले पहिलेभन्दा धेरै खेल देख्न पाउनेछन् ।
सन् १९३० मा सुरु भएको विश्वकपको इतिहासमा पहिलोपटक टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएको छ । यसले धेरै देशहरूलाई विश्व मञ्चमा आफूलाई प्रमाणित गर्ने मौका दिनेछ ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । अर्जेन्टिनासहित ब्राजिल, जर्मनी, स्पेनजस्ता राष्ट्रहरूको विश्वकपमा दबदबा छ ।
२०२६ को विश्वकप उपाधि नयाँ राष्ट्रले जितेर इतिहास रच्छ कि फेरि पहिले जित्दै आएका राष्ट्रले जित्छ खेल हेर्न रोचक हुनेछ ।
समूह चरणको खेल पूरा भएपछि राउन्ड अफ ३२ खेलहरू जुन २९ मा सुरु हुनेछन् । यसपछि जुलाई ४ मा प्रि–क्वार्टरफाइनल, जुलाई ९ मा क्वार्टरफाइनल र जुलाई १४ र १५ मा सेमिफाइनल खेलहरू हुनेछ ।
प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा हुनेछ । विश्वकपले नयाँ विश्व च्याम्पियन टोली पाउनेछ ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...