Page 7

मध्यपूर्वमा फेरि तनाव ः इरानमाथि अमेरिकी आक्रमण, होर्मुज जलमार्ग बन्द

काठमाडौं । दुई महिनाको अस्थायी युद्धविरामपछि पछिल्लो घटनाक्रमहरूले मध्यपूर्वमा फेरि तनाव बढाएको छ । अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले बुधबार राति राजधानी तेहरानसहित धेरै इरानी शहरहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
इरानी विभिन्न शहरहरूमा ठूला विस्फोटहरू पनि सुनिएका छन् । यसले दुई देशबीचको तनावलाई अझ बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै यो कारबाही इरानको आक्रमणको प्रतिक्रियामा भएको जनाएको छ ।
यसअघि इरानले अमेरिकी सैन्य हेलिकप्टरलाई निशाना बनाएर ध्वस्त पारेको थियो, त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई बदला लिन निर्देशन दिएका थिए ।
अमेरिकी अधिकारीहरूले आक्रमणहरू आवश्यक परेमा जारी रहने जनाएका छन् ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले पहिले नै अमेरिकाले बुधबार राति इरानमा ठूलो आक्रमण गर्ने संकेत दिएका थिए, र आवश्यक परेमा कारबाही जारी राख्नसक्ने चेतावनी दिएका थिए ।
अमेरिकाले हर्मुजको जलडमरूम नजिकै तेल ट्याङ्करमा पनि मिसाइल आक्रमण गरेको छ । जसकारण जहाजको इन्जिन कोठामा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, इरानले अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको भन्दै सबै जहाजहरूका लागि होर्मुज जलडमरूम जलमार्ग बन्द गरिएको घोषणा गरेको छ । उसले जलडमरूम पार गर्न खोज्ने कुनै पनि जहाजलाई तुरुन्तै आक्रमण गर्ने चेतावनी जारी गरेको छ ।
इरानले होर्मुज मात्र नभई बाब–एल–मन्देब लगायतको महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेको हो । इरानले त्यहाँ कुनै पनि जहाज चलिरहेको वा नजिक आउँदा ‘शत्रुलाई सहयोग गरेको’ मानिने र कारबाही गरिने भनेको छ ।

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

काठमाडौं । देशका केही भूभागमा तातो हावाको लहर चल्दा केही स्थानमा भने वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा केही ठाउँमा भने तातो दिन हुने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने जनाएको छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभाग साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा, हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अध्यादेशमार्फत पदाधिकारी हटाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । अध्यादेशबाट सरकारी निकायका पदाधिकारी हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ ।
कानुनले निर्धारण गरेको चार वर्षे अवधि नपुगी अध्यादेशमार्फत पदबाट हटाइएका सीटीईभीटीका सदस्य सचिव महेश भट्टराई र सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य कुमारी कौशल्या ओझाले सर्वोच्चमा दिएको रिटमा सुनुवाइ हुन लागेको हो ।
सर्वोच्चले अध्यादेशबाट सरकारी निकायका पदाधिकारीलाई हटाउनुको कानुनी आधार र कारणसहित जेठ २५ गतेभित्रै लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो ।
यसैबीच, यो रिटमा बहसका लागि संवैधानिक इजलासलाई सहयोगका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट आठजना एमिकस क्युरी खटाइएको छ ।
संवैधानिक इजलासको माग अनुरुप सर्वोच्च अदालत बारबाट चारजना र नेपाल बारबाट चारसहित आठजना एमिकस क्युरी पठाइएको छ । दुवै बारले सोमबार ९जेठ २५० आठजना संविधान र कानुनका विज्ञलाई सुनुवाइमा बहसका लागि खटाएको हो ।
नेपाल बारबाट वरिष्ठ अधिवक्ता युवराज भण्डारी, संविधानविद् डा।चन्द्रकान्त ज्ञवाली, अञ्जिता खनाल र ल कलेजमा प्राध्यापनरत तेजमान श्रेष्ठलाई एमिकस क्युरीमा पठाइएको छ ।
सर्वोच्च अदालत बारले पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, पूर्वकानुनमन्त्री गोविन्द वन्दी, संविधानविद् भिमार्जुन आचार्य र नेपाल बारकी पूर्वउपाध्यक्ष रहेकी वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकलाई बहसमा खटाएको छ ।
संवैधानिक इजलासले जेठ १३ को आदेशअनुसार तटस्थ बहसकर्ताको रूपमा एमिकस क्युरी उपस्थित गराइदिन भनेको थियो । इजलासले आफूसमक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भिरतालाई विचार गरी कुनै विवादमा निक्र्योलमा पुग्न न्यायमा सहयोग र सहजीकरणका लागि एमिकस क्युरी डाक्ने अभ्यास छ ।
प्रधान न्यायाधीश डा।मनोजकुमार शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाल, डा।नहकुल सुवेदी, विनोद शर्मा र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले अध्यादेश प्रकरणमा प्रारम्भिक सुनुवाइपछि सरकारसँग लिखित जवाफ माग गर्दै एमिकस क्यूरीसमेत झिकाएको हो ।

इरानमाथि अमेरिकी हवाई आक्रमण

काठमाडौं । अमेरिकी सेनाले मंगलबार राति इरानमा हवाई आक्रमण गरेको छ ।
इरानको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले सिरिक र मिनाब शहरहरू साथै केश्म टापुमा धेरै विस्फोटहरू सुनिएको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले यो कारबाही होर्मुजको जलडमरूम नजिकै अमेरिकी अपाचे हेलिकप्टर खसालेको प्रतिक्रियामा भएको जनाएको छ ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गस्ती गरिरहेको अमेरिकी एएच–६४ अपाचे हेलिकप्टर खसालेको दाबी गरेका थिए । यद्यपि, उनले दुवै पाइलट सुरक्षित रहेको जनाएका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अमेरिकाले यो आक्रमणको जवाफ दिनैपर्छ ।’
हेलिकप्टर दुर्घटनाबारे फरक–फरक दाबी आइरहेको छ । यसअघि अपाचे हेलिकप्टर इरानी ड्रोनसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको दाबी गरिएको थियो ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी सेनाले कुनै पनि आक्रमणको जवाफ दिने जनाएका छन् । उनले युद्धभूमिमा अमेरिका पराजय भए पनि उसले अझै पनि इरानको दृढ संकल्पको परीक्षण गरिरहेको टिप्पणी गरे ।
अराघचीलेले अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘यदि सुरक्षित रहन चाहन्छौ भने हाम्रो क्षेत्र छोड ।’

दिल्लीस्थित इन्द्रप्रस्थ हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । नयाँ दिल्ली भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र काठमाडौंस्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतासँगै इन्द्रप्रस्थ अस्पतालमा प्रभु बैकंका कर्मचारी, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डवाहकहरुले १० प्रतिशत छुट पाउने भएका हुन् । सम्झौता अनुसार भर्ना भएका बिरामीहरुलाई औषधि र उपभोग्य सामाग्रीबाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्कबाहेकका शुल्कहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोला हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्रबाबु विष्टले हस्ताक्षर गरेका छन् । यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ ।
प्रभु बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटिएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

नबिल बैंक र धुलिखेल अस्पतालबीच स्वास्थ्य सेवामा ६ करोडको साझेदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा विशेष गरी जलनको उपचार, पुनःस्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षहरु यस क्षेत्रमा सहकार्य गर्ने आशयपत्रमा उल्लेख छ ।
रणनीतिक साझेदारीअन्तर्गत, नबिल बैंकले नेपालभरि जलनका बिरामीहरुको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरुमा पनि यस्तै सुविधाहरु विस्तार गरिनेछ । यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाईहरु स्थापना गर्न र डायलासिस सेवाहरुलाई थप सुदृढ बनाउन पनि सहयोग गरेको हो ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले यस सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
“हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आएका छौँ, सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा हामीले जहिले पनि कति जनाको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्यौँ भन्ने मानक राख्ने गर्दछौँ । धुलिखेल अस्पताल पनि यस्तै उद्धेश्यका साथ संचालित अस्पताल हो । यही कारण अस्पतालसँगको यस सहकार्यद्वारा हामीले सँगै धेरै मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सक्छौं भन्ने मलाई विश्वाश छ,” अध्यक्ष चौधरीले भने ।
सिइओ ज्ञवालीले यस साझेदारीमार्फत समग्र मुलुक र विशेष गरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । “नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व नभई बैकंको समाजप्रतिको प्रतिबद्धताको रुपमा लिने गरेको छ । आज हामीले धुलिखेल अस्पतालसँग जुन उद्देश्यका साथ काम सुरु गरेका छौँ त्यसमा कुनै कमी हुन नदिने म प्रतिबद्धता जनाउँछु,” उनले भने ।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा..रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालले स्थापनाकालदेखि नै समुदायलाई गुणस्तरीय र सुलभ चिकित्सा सेवा प्रदान गर्दै आएको उल्लेख गरे ।
“धुलिखेल अस्पताल समुदायमा आधारित अस्पताल हो, हामीले सुरुदेखि नै हजारौं मानिसहरूलाई गुणस्तरीय र सुलभ सेवा दिँदै आएका छौँ । नबिल बैंकसँगको यो साझेदारीले हामीलाई जलन, कृत्रिम अंगसम्बन्धी उपचार र पुनःस्थापनाका साथै डायलासिस सेवामा थप सेवा प्रदान गर्न मद्दत गर्नेछ”, श्रेष्ठले भने ।
सम्झौता तीन वर्षसम्म लागू हुने बैंकले जनाएको छ ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरूसँगको साझेदारीमा स्वास्थ्य क्षेत्रमा विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । हालै बैंकले सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा जलनका बिरामीहरूका लागि शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । जसबाट ५०० जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए । त्यसमध्ये १३० जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
बैंकले नवलपरासी सुस्ता पूर्वको प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अंग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ । यी केन्द्रहरूले ३०० भन्दा बढी लाभग्राहीहरूलाई निःशुल्क कृत्रिम अंग प्रदान गरिसकेका छन् ।
ज्ञवालीका अनुसार बिमारीहरुलाई गुणस्तरीय उपचार प्रदान गर्ने, कृत्रिम अंग र पुनर्वास सेवा र डायलिसिस उपचार सेवा प्रदान गर्ने भनी बैंकले लिएको उद्देश्य नेपाल सरकारले देशभरका बिरामीहरुलाई सुलभ र पहुँचयोग्य उपचार सुनिश्चित गर्ने भनी लिएको लक्ष्यसँग पनि मिल्दछ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।
यसअघि हिजो सोमबार बसेको बैठक सुरू हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेटपछि पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको थियो ।
संसदमा प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको हो ।
प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, उद्घाटन रविले गर्ने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीलेको प्रदेश अधिवेशन आजदेखि सुरु हुदैछ ।
आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न लागेको हो ।
बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडास्थित हिमालयन दरबारमा हुने छ भने अधिवेशनको उद्‍घान पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ ।
रास्वपाले वडा, पालिका, जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ ।

इरानी राष्ट्रपति भन्छन्– हामीले न त मैदान त्यागेका छौँ न त वार्ताको टेबल

काठमाडौं । मध्यपूर्वमा जारी तनावकाबीच इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशको सर्वोच्च प्राथमिकता राष्ट्रिय सुरक्षा र जनताको शान्ति रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले इरानले दृढतापूर्वक आफ्नो अधिकारको रक्षा गर्ने र कुनै पनि खतराको सामना गर्दा पछि नहट्ने जनाएका हुन् ।
‘कूटनीति र रक्षा राष्ट्रिय शक्तिका दुई पाङ्ग्रा हुन्, हामीले न त मैदान त्यागेका छौँ न त वार्ताको टेबल ।’ उनले ट्वीटरमा लेखेका छन् ।
राष्ट्रपति पेजेश्कियानले देशको शक्ति रक्षामा मात्र नभई संवादमा पनि निहित रहेको उल्लेख गरेका छन् । उनका अनुसार इरानले न त आफ्नो रक्षा तयारी त्यागेको छ न त वार्ताको ढोका बन्द गरेको छ ।

अबदेखि १ मन्त्रालयमा एकै सचिव, यी ६ सचिव अतिरिक्त समूहमा

काठमाण्डौं । सरकारले विभिन्न १८ मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ ।
सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको छ । २ सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाएर १ मात्र कायम गर्ने गरी कूल २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ ।
सरकारले ६ सचिवको विभिन्न निकायमा कार्यभार तोकी सरुवा गरिएको छ । नयाँ जिम्मेवारीअनुसार सचिव भुपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चीरञ्जिवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ ।
यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पछुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २, २ जना सचिव रहेका थिए ।
सरकारले ६ जना सचिवलाई अतिरिक्त समूहमा राखेको छ । अतिरिक्त समूहमा लोकनाथ पौडेल (साविकको युवा तथा खेलकुद मन्त्रालय), कृष्णहरि पुष्कर (उपराष्ट्रपति कार्यालय), हरिप्रसाद मैनाली (सार्वजनिक खरिद अनुगमन कार्यालय), डा. गोविन्दप्रसाद शर्मा (साविकको वन तथा वातावरण मन्त्रालय), डिल्लीराम शर्मा (साविक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) र डण्डुराज घिमिरे (हाल निलम्बन) छन् ।
सचिव डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारीसहित अतिरिक्तमा ल्याइएको छ । अतिरिक्त समूहका अर्को १ जना सचिवलाई सूचना प्रविधि (आईटी) को समन्वय हेर्ने गरी नयाँ जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...