काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सोमबार दिउँसोको १ बजे बैठक बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाईएको छ ।