अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

{"caption":"u0924u0938u094du092cu093fu0930u0903 u0907u091cu0941u0915u0947u0936u0928 u0907u0928u094du091fu0930u0928u0947u0936u0928u0932u0915u094b u091fu094du0935u0940u091fu0930u092cu093eu091f u0964","photographer":"","alt_text":""}

काठमाडौं । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस भएकी छन् । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।
सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको जनाईएको छ ।
संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुनेछ ।

LEAVE A REPLY