काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको उदघोष गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको उदघोष गरेका हुन् ।
उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको पनि जानकारी दिए । यस्तै सभापति लामिछानेले सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने जनाए ।
यस्तै सभापति लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको जनाएको उल्लेख गरेका छन् । त्यसअघि प्रहरीले पनि सहकारीमा आफूलाई दोषी नदेखाएको उनले जनाए । यस्तै सभापति छामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै राजनीतिबाट राजीनामा दिनु नपर्ने जानकारी दिए ।