काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागि हुन प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन् ।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे जुम्ला प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई प्रधानमन्त्री ओलीले दीक्षित गर्ने कार्यक्रम छ ।
दीक्षान्त समारोह कार्यक्रमको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।
दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा। अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।
प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।